नेपालगन्ज, १६ भाद्र – कोभिड–१९ को महामारीबाट विश्व नै आक्रान्त भएको पाईन्छ । कतिपयको घरबार बिहीन हुने अवस्था आएको छ भने कतिपयले आफन्तलाई गुमाई सकेको अवस्था विद्यमान रहेको पाईन्छ । विश्वमा करौडेले आफ्नो रोजगारी गुमाई सकेका छन् भने लाखा–लाखौ व्यक्तिहरु घरभित्र बसी भोकभोकै मर्ने अवस्थाको सृजना भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ बस्ने प्रमोदकुमार सोनीको अवस्था पनि कसैबाट कम भएको आंकलन गर्न सक्ने अवस्था छैन् । उनी विगतमा सुनचाँदी पसलमा नोकरी गर्दै आएका थिए तर लकडाउनले गर्दा नोकरीबाट हात धुनु प¥यो । त्योसँगै भोकभोकै बस्ने अवस्थाको सृजना भयो । भोकै बस्न नपरोस् भनी ठाउँ–ठाउँमा सहयोगको याचना गर्न पुग्छन् ।
सहयोगको याचना गर्नुपर्ने अर्को कारण पनि रहेछ, त्यो कारण हो उनको छोरा । जो जन्मदेखि नै मुटुमा प्वाल (छेद) भएको हुँदा उसलाई उपचारको लागि मासिक करीब ६ हजार औषधीमा खर्च गर्नुपर्ने हुन्छ । त्यस कै लागि उनी कहिले उपमहानगरपालिका प्रमुख डा.धवलशम्शेर राणा कहाँ, त कहिले माननीय प्रतिनिधिसभा सदस्य मोहम्मद ईस्तियाक राई कहाँ धाउने गरेको बताउँछन् सोनीले ।
सोनीको कथन अनुसार हालसम्म वडाअध्यक्ष समिरप्रताप सिंह, उपमहानगर प्रमुख डा. राणा, पूर्वमन्त्री राई, पूर्व जिल्ला अध्यक्ष कमरुद्दीन राई लगायतबाट व्यक्तिगत रुपमा औषधिको लागि आर्थिक सहयोग ल्याएको भएपनि उपचारमा लाग्ने रकमको व्यवस्थापनमा कसैले पनि सहयोग गरेका छनन् । मैले ल्याएको आर्थिक सहयोग औषधीमा खर्च गर्ने गरेको छु तर उसको अप्रेसनमा भारु ३ लाख (नेपाली ४ लाख ८० हजार) लाग्ने भएको हुँदा म जस्तो भोकभोकै मार्ने मान्छेले व्यवस्थापन कसरी गर्ने ? मेरो छोरा बचाई दिन सबैलाई सहयोगको याचना गरेको छु । तर हालसम्म कुनै सरकारी वा गैरसरकारी संघ संस्थाहरुले हातेमालो गरेका छैनन् भनी रुँदै सोनीले आफ्नो दुःखेसो पोखे ।
सोनीले भने– ‘मेरो ५ जनाको परिवार हो, दैनिक मजदुरी गरी जीविकोपार्जन गर्ने गरेको छु तर यो कोभिड–१९ को लकडाउनले गर्दा नोकरीसम्म गुमाउनु प¥यो, अब मैले परिवार कसरी पाल्ने, बच्चाको औषधोउपचार कसरी गर्ने भन्ने पीडा बाहेक केही छैन ।’ आज यस पीडाको बेला आफ्न्तहरु पनि कोही हातेमालो गर्न आएका छैनन्, जोसित पनि सहयोगको लागि भन्दा ऊ आफै पीडित भएको दुःखेसो पोख्छन् सोनीले ।
सोनीको कथन अनुसार उनको छोरालाई जन्मदेखि नै मुटुमा छेद भएको समस्या रहेको छ, त्यसको लागि मैले नेपालगन्ज नर्सि·होमका डा. पियुस कानोडियामार्फत औषधी गरे । त्यसपछि भारतको चण्डीगढ मेडिकल कलेजमा औषधी गरेर त्यहाँबाट पिजिआई चण्डीगढ अस्पतालमा रिफर भई औषधी गरे तर पिजिआईमा अप्रेसन गर्नुपर्ने भनाई आएपछि म पुनः घर फर्कि पैसाको जोहो गर्ने तर्फ लागेको बताउँछन् सोनी ।