सहकारी बैंकको कर्जा अब सिंगल डिजिटमा
लतिपुर, १० भाद्र – राष्ट्रिय सहकारी बैंक लिमिटेडले सदस्य सहकारी संस्थाहरुलाई प्रदान गर्ने कर्जाको ब्याज १० प्रतिशत भन्दा कम भएको छ ।बैंकले भदौ १० गतेदेखि लागु हुने गरी परिवर्तन गरेको कर्जाको ब्याजदर सिंगल डिजिटको बनाएको हो । न्यूनतम साढे ६ प्रतिशतदेखि बढीमा साढे दश प्रतिशतसम्मको ब्याजदर कायम भएको बैंकद्वारा जारी सूचनामा उल्लेख छ । बैंकका अधिकांश कर्जाको ब्याज सिंगल डिजिडको बनाइएको अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिनुभयो ।
कृषि तथा कृषि परियोजना कर्जामा साढे ६ प्रतिशतदेखि ९ दशमलव २५ सम्म तथा परियोजना कर्जामा ६ दशमलव ७५ देखि ९ दशमलव ९९ सम्म कायम भएको बैंकले जनाएको छ ।बैंकले सदस्य सहकारी संघ संस्थाहरुलाई प्रदान गर्ने कर्जामा सबै भन्दा बढी दीगो सहकारी कर्जा र चालु पूँजि कर्जामा साढे १० प्रतिशत कायम गरिएको छ ।बैंकले आवधिक कर्जामा ८ देखि १० दशमलव २५, हायर पर्चेज कर्जामा ९ दशमलवव ९९ तथा लघ...









