अनलाईनका उपाध्यक्ष अन्सारीकाे संयाेजकत्वमा बृहत् रक्तदान गरिने निर्णय
नेपालगन्ज, १५ चैत - अनलाइन पत्रकार संघ बाँकेको दोस्रो नियमित बैठक कमल न्याैपानेकाे अध्यक्षतामा अाईतबार नेपालगन्जमा बसेको छ । उक्त बैठकले कोरोना संक्रमणको अबस्थामा हुने रगत अभावलाई ध्यानमा राखेर बैशाख पहिलो साता नयाँ बर्षको अवसरमा बृहत रक्तदान कार्यक्रम गर्ने लगायतका चारवटा महत्वपूर्ण निर्णय गरेको छ ।रक्तदान कार्यक्रमका लागि संघका उपाध्यक्ष जावेद अन्सारीको संयोजकत्वमा भीष्म लोध र प्रेणा गिरी सदस्य रहेको तीन सदस्यीय रक्तदान कार्यक्रम उपसमिति गठन समेत गरेको छ ।
बाँके शाखालाई अनलाइन पत्रकार संघ नेपालको केन्द्रीय कमिटीले देशभरकै पहिलो जिल्ला शाखाका रूपमा अनुमोदन गरी मान्यता प्रदान गरेकोले बैठकले संघको केन्द्रीय समितिलाई धन्यवाद समेत दिएको छ ।
बैठकले बाँकेमा सञ्चालन भैरहेका अनलाइनहरूलाई संघको सदस्यमा आबद्ध हुने आग्रह गर्ने र यसका लागि सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्ने निर्णय पनि ...









