
नेपालगन्ज, ८ चैत्र – नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेको नेतृत्वमा किशोर आचार्य निर्वाचित भएका छन् । शनिबार भएको सातौं जिल्ला अधिवेशनबाट आचार्य निर्वाचित भएका हुन् ।
अन्तिम समयसम्म सर्वसम्मत नेतृत्व चयनका लागि अग्रजहरुले गरेको प्रयास सफल हुन नसकेपछि निर्वाचन प्रक्रियामा गएको महासंघको निर्वाचनमा भारी मतान्तरले आचाय बिजयी भएका हुन । आचार्य सँगको चुनावमा मन्दिरा पाण्डे प्रतिस्पर्धी रहेकी थिईन ।
आचार्यले ८६ मत ल्याउँदा पाण्डेले ५९ मत ल्याईन् । निर्वाचनमा अध्यक्षसँगै द्वितीय उपाध्यक्ष र सचिवको समेत मतदान भएको थियोे । प्रथम उपाध्यक्षमा सागर ज्ञवाली, सहसचिव मोतिप्रसाद सुवेदी, कोषाध्यक्ष मोहन चन्द सहित कार्यसमितिका १४ जना सदस्य निर्विरोध निर्वाचित भएका थिए । द्वितीय उपाध्यक्ष प्रदिप सापकोटाले ९२ मत ल्याई बिजयी भए भने निकटतम प्रतिद्वन्द्वी असरफ खानले ५४ मत प्राप्त गरे ।
सचिवमा मिना डाँगीले ७५ मत ल्याई विजयी भएकी छन् भने उनको निकटम प्रतिद्वन्द्वी सविन लुइँटेलले ६९ मत प्राप्त गरे । यस्तैगरि कार्यसमिति सदस्यहरुमा जगदिश ढकाल, कल्पना पौडेल, गोविन्द शर्मा, सुशिलकुमार शर्मा, प्रकाश कंडेल, राजुराज शर्मा, दिलिप रेग्मी निर्विरोध भए । त्यस्तै, निर्विरोध हुनेमा लक्ष्मण कार्की, प्रदिप आचार्य, कृष्ण थापा, ताराप्रसाद खनाल, दिनेश रिमाल, क्षितिज गौतम र कृष्ण अधिकारी रहेका छन् ।
महासंघका शाखा अध्यक्ष शालिक सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न वक्ताहरुले कोरोना कहरका कारण धराशयी हुँदै गएको व्यवसायिक क्षेत्र सम्हाल्न सरकारको सहयोग अपेक्षा गरे । साधारणसभाको बन्द सत्रमा सचिव प्रदिप सापकोटा, कोषाध्यक्ष मिना डाँगीका सांगठनिक तथा आर्थिक प्रतिवेदन अनुमोदन हुनुका साथै आगामी कार्ययोजनासँगै संस्थागत विकासका विभिन्न योजनाहरुमा छलफल भएको थियो ।

