Sunday, June 28सत्यम खबर
Shadow

श्रम/रोजगार

समाज रुपान्तरणका लागि सबै क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक छ : मन्त्री तुम्बाहाम्फे

समाज रुपान्तरणका लागि सबै क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक छ : मन्त्री तुम्बाहाम्फे

आर्थिक, प्रदेश २, श्रम/रोजगार, समाचार
पोखरा, २५ फागुन – भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री डा.शिवमाया तुम्बाहाम्फेले समाज रुपान्तरणका लागि महिलाहरुको सबै ठाउँमा अर्थपूर्ण सहभागिताका लागि सहकारी र स्थानीय सरकारका बीच समन्वय आवश्यक रहेको बताउनु भएको छ ।राष्ट्रिय महासंघले मन्त्रालयको सहयोगमा पोखरामा आयोजना गरेको सहकारी मार्फत आर्थिक समृद्धिका लागि प्रदेश तथा स्थानीय तहको भूमिका विषयक २ दिने गण्डकी प्रदेश स्तरीय गोष्ठीको उद्घाटन पछि बोल्दै उहाँले यस्तो बताउनु भएको हो । संविधानले महिलाको ३३ प्रतिशत सहभागिता ग्यारेण्टी गरेको छ, तर अझै पनि राज्यका निकाय तथा सामाजिक संघ संस्थाहरुमा महिलाहरुको अर्थपूर्ण सहभागिता छैन, मन्त्री तुम्बाहाम्फेले भन्नुभयो– ‘सहभागिता र संलग्नता मात्रै होइन समाज रुपान्तरणका सबै महत्वपूर्ण क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यकता छ ।’ मुलुकको समृद्धिका लागि स्थिरताका लागि सहकारी क्ष...
१० दिने महिला लक्षित पत्रकारीता तालिम सम्पन्न

१० दिने महिला लक्षित पत्रकारीता तालिम सम्पन्न

प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ फागुन – मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप) र नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ को आर्थिक सहयोगमा महिलाहरुलाई लक्षित १० दिने पत्रकार तालिम समापन भएको छ ।कार्यक्रममा बोल्द नेपालगन्ज उपमहानगरपालिका मेयर डा. धवल शम्सेर राणाले पत्रकारिता पेसालाई ईमान्दार रुपमा अगाडी बढाउन मिसन पत्रकारिताको थालिनी गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रमा लागेका महिला पत्रकारको कामको मुल्याङ्कनसंगै प्रोत्साहन गर्ने चलन कमै मात्र भएकोले अब प्रोत्साहन बढाउने काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तालिममा सहभागि महिला पत्रकारहरुको क्षमता अभिबृद्ध देखेर हर्षित भएको बताउँदै पत्रकारीता तालिमका लागि आवश्यक सयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तालिमको समापन कार्यक्रममा पत्रकार उदायबहादुर सिहं श्रेष्ठलाई सम्मान गरिएको थियो । पत्रकारीता मार्फत नागरिकको आर्थिक साम...
आदर्श सञ्चारकर्मी पन्तलाई केशव बडाल सहकारी पत्रकारिता पुरस्कार प्रदान

आदर्श सञ्चारकर्मी पन्तलाई केशव बडाल सहकारी पत्रकारिता पुरस्कार प्रदान

प्रदेश २, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
पोखरा, २५ फागुन – आदर्श सञ्चार सहकारी संस्था लिमिटेडका सहसम्पादक सिर्जना पन्तलाई केशव बडाल सहकारी पत्रकारिता सम्मान २०७७ प्रदान गरिएको छ ।नेपालको सहकारी अभियानका शिर्ष व्यक्तित्व केशव बडालको नाममा स्थापना गरिएको नगद १५ हजार सहितको उक्त सम्मान मंगलवार पोखरामा आयोजित सहकारी मार्फत आर्थिक समृद्धिका लागि प्रदेश तथा स्थानीय तहको भूमिका विषयक प्रादेशिक गोष्ठीका अवसरमा पन्तलाई प्रदान गरिएको हो । राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्लले उक्त पुरस्कारको स्थापना गर्नु भएको हो ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा.शिवमाया तुम्बाहाम्फेले पुरस्कृत पन्तलाई नगद १५ हजार, कदरपत्र सहित पुरस्कृत गर्नु भएको हो । सो अवसरमा बोल्दै मन्त्री तुम्बाहाम्फेले पत्रकारहरुले समाज रुपान्तरणका लागि महत्वपूर्ण भूमिका खेल्ने भएकाले सक...
हुलाक टिकट टाँस्ने कार्यको अवधी पत्रकार संघ नेपाल बाँके शाखाद्वारा विरोध

हुलाक टिकट टाँस्ने कार्यको अवधी पत्रकार संघ नेपाल बाँके शाखाद्वारा विरोध

प्रदेश ५, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, २५ फागुन – नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले पत्रिकाहरुमा टिकट टाँसे मात्र सो पत्रिकाहरु सम्बन्धित जिल्ला हुलाक कार्यालयले वितरण गर्ने प्रावधान ल्याएपछि बाँके जिल्ला हुलाक कार्यालयले जिल्लाबाट प्रकाशित हुने विभिन्न पत्रिकाहरुको वितरण कार्य रोक्दै प्रकाशित पत्रिकाहरु कार्यालयमा वितरण गराउन ल्याउँदा अनिवार्य रुपमा टिकट टाँस्ने कार्यमा पत्रपत्रिकाहरुलाई कडाई गरेको छ । जसको कारण बाँके जिल्लाबाट प्रकाशित साप्ताहिक पत्रिका र अन्य कैयन दैनिक पत्रिकाहरु आफ्नो पत्रिकाहरु बाहिरी जिल्ला र विभिन्न गाउँपालिकाहरुमा पठाउँदै आएका थिए । सो पत्रिका वितरण नभई हुलाक कार्यालयमा फर्किएको छ ।यस सम्बन्धमा बाँके जिल्ला हुलाक कार्यालयले एक सूचना टाँस गरि पत्रिकाहरु जिल्ला भित्र वितरण गर्दा २ रुपैयाँको टिकट अनिवार्य रुपमा प्रति पत्रिका टाँस्नु पर्ने र बाहिर जिल्लामा वितरणका लागि पठाउ...
मल्लाज सहकारीका महिला सदस्यलाई सहकारी सचेतना

मल्लाज सहकारीका महिला सदस्यलाई सहकारी सचेतना

आर्थिक, प्रदेश ३, श्रम/रोजगार, समाचार
पर्वत, २५ फागुन – अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर पर्वतको जलजला गाउँपालिका वडा नं. ३ स्थित मल्लाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थाका महिला शेयर सदस्यहरुका लागि एक दिने सहकारी सचेतना कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन तथा सामाजिक रुपमा सशक्त बनाउनका लागि तालिमको आयोजना गरिएको संस्थाका अध्यक्ष लालबहादुर अधिकारीले जानकारी दिनुभयो । सहकारी सदस्यहरुको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र हो, अध्यक्ष अधिकारीले भन्नुभयो–सहकारीमा लागेका महिलाहरुलाई आयआर्जन गर्न, खर्च व्यवस्थापन गरी वचत गर्न तथा समुदायमा सहकार्यको भावना विकास गर्नका लागि सहकारी सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेका हौ । तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक राम बहादुर जिसीले सहकारी क्षेत्रमार्फत महिलाहरुको आर्थिक विक...
कृषि एपको सहयोगबाट मौसम अनुसार उत्पादनमा बृद्धि गर्न सकिने तालिम

कृषि एपको सहयोगबाट मौसम अनुसार उत्पादनमा बृद्धि गर्न सकिने तालिम

प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
रोहितकुमार मिश्रनेपालगन्ज, २४ फागुन – जानकी गाउँपालिका वडा नं. १ पचपोखरामा एक दिने तरकारी सम्बन्धी तालिम दिईएको छ ।आज सोमबार घरेलु महासंघ नेपालगन्जका मेराज बागवान, भिमी बुढाथोकी तथा विशाल विष्टले संयुक्त रुपमा जानकी वडा नं. १ पचपोखरामा २० जनालाई सहभागी गराई गाउँबाट उत्पादन हुने तरकारीलाई गाउँ मै बसी खरीद–बिक्री गर्न सकिने, तरकारीमा मौसम अनुसार कसरी उत्पादन बढाउन सकिन्छ भन्ने जानकारी एपबाट लिन सकिने तथा उत्पादित तरकारीमा कति मात्रामा मल (खाद्य) प्रयोग गरिन्छ लगायतका बारे जानकारी गराएका थिए । एक दिने तालिमबाट आफूहरु घर मै बसी अब आउने दिनमा बढीभन्दा बढी तरकारी उत्पादन गर्न सकिने बताउँदै तालिममा सहभागी उमेशनाथ मिश्रले भन्नुभयो– एपले गर्दा हामी अब घरबाट उत्पादन बृद्धि गर्न सक्छौं र उत्पादित तरकारी बिक्री गर्न समेत सकिने भएको हुँदा लाभदायक रहेको बताउनुभयो । तालिममा कृषि सामाग्रीलाई...
युनेस्को क्लबहरुको क्षमता विस्तारमा राष्ट्रिय आयोग सक्रिय

युनेस्को क्लबहरुको क्षमता विस्तारमा राष्ट्रिय आयोग सक्रिय

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २३ फागुन - युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगले यस क्षेत्रका विभिन्न जिल्लामा रहेका युनेस्को क्लबहरुका लागि नेपालगन्जमा नेतृत्व सम्बन्धि तालिमको आयोजना गरेको छ । बाँके युनेस्को क्लबसंगको समन्वयमा आयोगले बाँके, बर्दिया, प्युठान र रुकुममा रहेका युनेस्को क्लबहरुका पदाधिकारी र कार्यसमिति सदस्यहरुका लागि आईतवार यहाँ लिडरशिप तालिमको आयोजना गरेको थियो । सो तालिमको उदघाटन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणाले सामाजिक कार्य र अन्य विभिन्न गतिविधिमा युनेस्को क्लबहरुको भूमिका महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले कोभिड १९ महामारीमा बाँके युनेस्को क्लबले गरेको कार्य अति नै प्रशंसनीय रहेको पनि बताउनुुभयो । सो तालिममा युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा. बाबुराम अधिकारीले युनेस्कोको बारेमा विस्तृत रुपमा जानकारी गराउँदै आयोगको पनि काम कार...
कशौधन वैश्य महिला मञ्चबाट फुट एण्ड फन फेयर कार्यक्रम आयोजित

कशौधन वैश्य महिला मञ्चबाट फुट एण्ड फन फेयर कार्यक्रम आयोजित

प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
– बिद्रोहीनेपालगन्ज, २२ फागुन – कशौधन वैश्य महिला मञ्चबाट फुट एण्ड फन फेयर कार्यक्रमको आयोजना आज शनिबार गरिएको छ ।कशौधन वैश्य समाजका अग्रज व्यक्तित्व जगदीश प्रसाद वैश्यले शनिबार दिन सो कार्यक्रमको रिबेन काटी उद्घाटन गर्नु भएको थियो । कशौधन वैश्य महिला मञ्चले आयोजना गरेको सो कार्यक्रममा कशौधन वैश्य समाजका गृहणीहरुले कार्यक्रम स्थलमा विभिन्न स्टालहरु अवलोकन गर्नका लागि प्रदर्शनी स्टाल लगाएका थिए । यस्तो स्टालहरुमा गेम ट्राई योर ज्यूसर, दही बडा, क्वालिटी क्याफे, निशा डाल एण्ड कुशन हाउस, कटोरी चाट, होम मेड लगायत आकर्षक स्टालहरु लगाइएको थियो ।सो कार्यक्रममा कशौधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्य, पत्रकार भरतकिशोर वैश्य, अजयकुमार गुप्ता, सन्तोषकुमार गुप्ता, सोनाली गुप्ता, सन्तोषकुमार वैश्य, अमूल्य गुप्ता र मानव अधिकारवादी कृष्णा पाण्डेलगायतको उपस्थिति रहेको थियो ।...
कावासोतीमा सहकारी बैंकको कर्जा तथा जोखिम व्यवस्थापन तालिम

कावासोतीमा सहकारी बैंकको कर्जा तथा जोखिम व्यवस्थापन तालिम

आर्थिक, प्रदेश २, श्रम/रोजगार, समाचार
कावासोती, २२ फागुन – राष्ट्रिय सहकारी बैंक लिमिटेड कावासोती शाखाको आयोजनामा सञ्चालित २ दिने कर्जा तथा जोखिम व्यवस्थापन तालिम बिहीवार सम्पन्न भएको छ ।सदस्य सहकारी संस्थाहरुको वित्तीय व्यवस्थापनका साथै कर्जा परिचालन र जोखिम न्यूनिकरणमा सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको थियो । सहकारी संघ संस्थाहरुले आफ्ना सदस्यहरुलाई प्रवाह गर्ने कर्जालाई व्यवस्थित तथा जोखिम रहित बनाउनका लागि तालिम सहयोगी भएको सहभागीहरुले बताएका थिए ।समापन कार्यक्रममा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीको नियमित कामलाईृ प्रभावकारी बनाउनुका साथै सहकारी क्षेत्रको साख वृद्धि गर्नका लागि कर्जा तथा जोखिम व्यवस्थापनमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो । उहाँले सहकारी क्षेत्रले गर्ने काम प्रभावकारी र प्रतिफलमुखी बनाउन सकेमा सिंगो सहकारी अभियानको भूमिका बढ्ने भएकाले सबै सहकारी...
रेश साना किसान सहकारीका सदस्यलाई सहकारी सचेतना

रेश साना किसान सहकारीका सदस्यलाई सहकारी सचेतना

प्रदेश २, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
बागलुङ, २२ फागुन – रेश साना किसान सहकारी संस्था लिमिटेड काठेखोला गाउँपालिका वडा नं. ७ को आयोजनामा संस्थाका शेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा कार्यक्रम शुक्रवार सम्पन्न भएको थियो ।सहकारीका सदस्यहरुलाई उनीहरुको काम कर्तव्य अधिकारका बारेमा जानकारी गराउनुका साथै सदस्यहरुलाई संस्थाप्रति उत्तरदायी बनाउनका लागि तालिम आयोजना गरिएको संस्थाका अध्यक्ष यामबहादुर कार्कीले जानकारी दिनुभयो । तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक रामबहादुर जिसीले सहकारीको सफलताका लागि शेयर सदस्यहरुको सक्रिय सहभागितामा जोड दिनुभयो ।सदस्यहरु नै सहकारीका मालिक भएकाले उनीहरुलाई बढीभन्दा बढी सहकारीसँग सम्बन्धित बनाउने, उनीहरुलाई संस्थाले सञ्चालन गरेका सबै कार्यक्रममा सहभागी बनाउने योजना आवश्यक रहेको उहाँको भनाई थियो । कार्यक्रममा काठेखोला वडा नं. ७ का वडा सदस्य मु...