Sunday, June 28सत्यम खबर
Shadow

श्रम/रोजगार

स्वास्थ्य शाखा प्रमुखको मनोमानीले कर्मचारीको मनोबल घट्दै

स्वास्थ्य शाखा प्रमुखको मनोमानीले कर्मचारीको मनोबल घट्दै

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
शमशेरगन्ज, ८ बैशाख – स्वास्थ्य शाखा प्रमुखले मनोमानी तवरले कर्मचारी समायोजन गरेपछि पहिलेदेखि नै काम गर्दै आएका तर कर्मचारी समायोजनमा नपरेका कर्मचारीको मनोबल घटेको बताइएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिकामा विगत दुई वर्षदेखि कार्यरत कर्मचारीलाई बेवास्था गर्दै नयाँ कर्मचारीलाई मनोमानी तवरले पदस्थापना गरेपछि स्वास्थ्य शाखा प्रमुख सुरेश शर्माले मनोमानी गरेको तथ्य बाहिर आएको हो । कर्मचारी समायोजन गर्दा दुई वर्षदेखि समायोजन संशोधन भई आएकालाई पदस्थापना नगरी नयाँ समायोजन संशोधन भई आएकालाई शाखा प्रमुख शर्माले आफूपायक पदस्थापना गरेका छन् । शर्माले दुई जना चौथो तहका र एक जना छैठौं तहका कर्मचारीलगायतलाई समायोजन गरेको खुल्न आएको छ । जब कि सोही तहका पुराना कर्मचारी हुँदाहुँदै पनि उनले आग्रह र पूर्वाग्रहका आधारमा नयाँ समायोजन भई आएका कर्मचारीलाई पदस्थापना गरेका हुन् । यसरी आफूपायक कर्मचारी सम...
रामपुर हाईब्रिड–१० को उत्पादन अब नेपाल मै, कृषक हर्षित

रामपुर हाईब्रिड–१० को उत्पादन अब नेपाल मै, कृषक हर्षित

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ बैशाख – (कोडिभ–१९) कोरोना भाईरसले विश्व आक्रान्त भएको बेला नेपाल पनि अछुतो रहन सकेन । यसै भाईरसले गर्दा नेपालका कृषकहरु बिउबिजनदेखि खेतमा प्रयोग गर्ने मल समेत नपाएको कुरा कसैबाट लुकेको छैन भनी डुडुवा गाउँपालिका वडा नं. २ का किसानहरु बताउँछन् । विगतको लकडाउनले गर्दा बाँकेका किसानहरुलाई बिउबिजनको लागि धेरै समस्या खेप्नु परेको स्मरण गर्दै यहाँका कम्पनीहरुले नेपाल मै बिउ उत्पादन गर्ने निर्णय गरी डुडुवा गाउँपालिका बेहतनी वडा नं. २ मा ३ हेक्टर (६० कठ्ठा) क्षेत्रफल भित्र रामपुर हाईब्रिड–१० नामक मकैको बीट उत्पादन गर्ने तयारी गरेका छन् ।यसै सन्दर्भमा आज मंगलबार डुडुवा गाउँपालिका वडा नं. २ मा रामपुर हाईब्रिड–१० उत्पादन गर्न प्रयोग गरिएको ३ हेक्टर (६० कठ्ठा) क्षेत्रफल भित्र सम्बन्धित जानकारहरुको टीम भेला भई उक्त विषयमा बृहत छलफल गरेका छन् ।विभिन्न जिल्लामा बिउबिजन सम्बन्धी काम गर्...
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीलाई स्वागत

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीलाई स्वागत

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
राप्तीसोनारी, ५ बैशाख – राप्तीसोनारी गाउँपालिकामा हालै सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीलाई एक कार्यक्रमका बीच स्वागत गरिएको छ । राप्तीसोनारी गाउँपालिका कार्यालयमा आईतबार(आज) एक कार्यक्रमका बीच उहाँलाई स्वागत गरिएको हो । राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीको सभापतित्वमा भएको कार्यक्रममा निर्वतमान प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बिक, शिक्षा शाखा प्रमुख जीवन न्यौपाने लगायत विभिन्न शाखाका प्रमुख तथा कर्मचारीले स्वागत गर्नु भएको हो । स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष खत्रीले कर्मचारी र जनप्रतिनिधीबीचको सहकार्यले मात्र गाउँपालिकाको विकास सम्भव भएको बताउनु भयो । जनप्रतिनिधी र कर्मचारीबीचको सम्बन्ध नङ र मासु जस्तै भएको उल्लेख गर्दै उहाँले कर्मचारीलाई जनप्रतिनिधीले काम गर्ने वातावरण सिर्जना गरिरहेको बताउनु भयो । सो क्रममा प्रमुख प्रशा...
आदर्श सञ्चारका शेयर सदस्यहरुलाई स्वास्थ्य सचेतना

आदर्श सञ्चारका शेयर सदस्यहरुलाई स्वास्थ्य सचेतना

आर्थिक, प्रदेश ३, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
बागलुङ, ५ बैशाख – आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यहरुका लागि स्वास्थ्य सम्बन्धी चेतना अभियान शुरु गरेको छ । सदस्यहरुलाई स्वास्थ्य सुरक्षाका बारेमा सचेतना प्रदान गरी स्वस्थ सदस्य बनाउने अभियानका साथ बरेङ गाउँपालिकाबाट अभियान शुरुवात गरिएको संस्थाले जनाएको छ ।सदस्यहरुको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर अभियान सञ्चालन गर्ने संस्थाको १४ औं वार्षिक साधारणसभाको निर्णय अनुसार स्वास्थ्य सचेतना अभियान थालिएको संस्थाका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु) ले जानकारी दिनुभयो । सहकारीका सदस्यहरुलाई रोग लाग्नबाट कसरी बच्ने र रोग लागि सकेपछि घरेलु औषधीहरुको प्रयोग कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिनका लागि स्वास्थ्य सचेतना कार्यक्रम अगाडि बढाएको अध्यक्ष जिसीले बताउनुभयो ।बरेङ गाउँपालिकाका शेयर सदस्यहरुको सहभागितामा आयोजित कार्यक्रममा सहजीकरण गर्दै धौलागिरी आयुर...
अवधी पत्रकार संघद्वारा अवधी भाषी पत्रकारहरुलाई सम्मान (तस्वीरहरुको केही झलक सहित)

अवधी पत्रकार संघद्वारा अवधी भाषी पत्रकारहरुलाई सम्मान (तस्वीरहरुको केही झलक सहित)

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ बैशाख – नेपाल पत्रकार महासंघको चैत २५ गते सम्पन्न भएको निर्वाचनमा निर्वाचित अवधी भाषी पत्रकारहरुलाई अवधी पत्रकार संघ नेपालको जिल्ला कार्यसमिति बाँकेले स्वागत सम्मान तथा नव वर्षको शुभकामना आदानप्रदानको कार्यक्रम भब्य रुपले सम्पन्न गरेको छ । सम्मान तथा नव वर्षको शुभकामना आदानप्रदान कार्यक्रम नेपालगन्ज–४ श्री शिवपार्वती मन्दिर प्राङ्गण तथा अवधी पत्रकार संघ भवन निर्माण स्थलमा शनिवार सम्पन्न गरिएको छ ।कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य मो.आरिफ अन्सारी, प्रदेश परिषदका मेराज सल्मानी, सदस्यतर्फ भीष्म लोध, जावेद अन्सारी, जावेद हलुवाईलाई सम्मान गरिएको थियो भने प्रदेश परिषदका मुस्ताक अहमद जसगढ, सदस्य दिनेश ठाकुर अस्वस्थ भएको कारण कार्यक्रममा अनुपस्थित रहेका थिए । स्वागत तथा सम्मान कार्यक्रममा पत्रकार महासंघका संस्थापक अध्यक्ष वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी लियाक...
प्रशासकीय अधिकृत रेग्मीलाई उपमहानगरपालिकामा स्वागत

प्रशासकीय अधिकृत रेग्मीलाई उपमहानगरपालिकामा स्वागत

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ३ बैशाख – नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सहसचिव हिरालाल रेग्मी सरुवा भई आउनुभएको छ । प्रमुख प्रशासकीय अधिकृत रेग्मीलाई शुक्रबार नेपालगन्ज उपमहानगरपालिाकामा स्वागत गरिएको छ ।सुदुरपश्चिम प्रदेश प्रमुखको कार्यालयमा सरुवा हुनुभएका प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्काको विदाई गरिएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगरलगायतले रेग्मीको स्वागत र खड्काको विदाई गर्नुभयो । २०५७ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गर्नुभएका रेग्मी लामो समयसम्म संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा काम गरेको अनुभव छ । रेग्मीले जिल्ला विकास समिति कालिकोट, अछाम, सुर्खेत, गुल्मी र दैलेखमा स्थानीय विकास अधिकारीको रुपमा काम गर्नुभयो भने धनगढी, टिकापुर, धरान नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्नुभयो ।२०६६ सालमा उपसचिव हुनुभएका रेग...
कोरोना रोकथामका लागि प्रभावकारी कदम चाल्न सरोकारवाला निकायको गम्भीर ध्यानार्कषण

कोरोना रोकथामका लागि प्रभावकारी कदम चाल्न सरोकारवाला निकायको गम्भीर ध्यानार्कषण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २ बैशाख – नेपाल पत्रकार महासंघ बाँके शाखाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बिहिवार सम्पन्न हुँदै विभिन्न निर्णय गरेको छ ।बाँके शाखाको १२ औं निर्वाचन उत्साहप्रद तरिकाले सम्पन्न गर्न अह्म भूमिका निर्वाह गर्नुहुने निर्वाचन समिति, मतदाता एवं साधारण सदस्य, प्रहरी, प्रशासन, नागरिक समाज, मानवअधिकारकर्मी, कानून व्यवसायी, राजनीतिक दल, जिल्ला समन्वय समिति लगायत सरकारी निकाय एवं सार्वजनिक सरोकार राख्ने सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गरिएको छ । यसैगरी कोरोनाको संक्रमण बढेको अवस्थालाई मध्यनजर गर्दै पूर्व सतर्कता अपनाउन बाँकेका सम्पूर्ण सन्चारकर्मी, संचारमाध्यमहरुमा कार्यरत कर्मचारी एवं सर्बसाधारणलाई बिशेष अनुरोधका साथै कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरोकारवाला निकायको गम्भीर ध्यानार्कषण हुनु पर्ने जारी विज्ञप्तीमा ...
श्रीमती मार्न दुबईबाट पैसा पठाउने काजीमानको कथा, शिक्षा र चेतनाको अभावमा भएको विभत्स घटना, गलत निर्णयले परिवार र सम्पूर्ण सपना तहस–नहस ।

श्रीमती मार्न दुबईबाट पैसा पठाउने काजीमानको कथा, शिक्षा र चेतनाको अभावमा भएको विभत्स घटना, गलत निर्णयले परिवार र सम्पूर्ण सपना तहस–नहस ।

अपराध, प्रदेश १, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २ बैशाख – २०७६ साल फागुन २७ गते अपरान्हदेखि सञ्चार माध्यममा एउटा समाचारले स्थान पाउन थाल्यो । समाचार थियो–तेह्रथुमको आठराई गाउँपालिका–४ तीनसल्लेमा २८ वर्षीया महिलाको विभत्स हत्या ।घटनास्थलको दृश्य दर्दनाक थियो । भान्सा कोठामा २८ वर्षीया महिला बिन्दा पुरीको शव घाँटी रेटी हत्या गरिएको अवस्थामा फेला परेको थियो । घरैमा रहेका १० वर्ष र १५ महिनाका छोरा भने सकुशल थिए । तर, आफ्नै काकाहरुले अवोध बालकहरुको मातृवात्सल्य खोसेर लगे ।बिन्दाको घाँटी मात्रै रेटिएको थिएन, सुरुवाल र भित्री बस्त्र पनि खोलिएको अवस्थामा फेला परेको थियो । घटनास्थलको प्रकृति हेर्दा कसैले बलात्कारपछि हत्या गरेको आशंका गरियो । अन्तर्राष्ट्रिय विमान स्थलमा इन्टरपोलको ज्याकेट लगाएका दुुई प्रहरी बीच काजीमान श्रीमान विदेशमा रहेका बेला गाउँमै एक महिलाको हत्या भएपछि तीनसल्ले गाउँ र पूरै तेह्रथुम डरले काँपेको थियो ।घटनाल...
आन्दोलन गर्ने तयारीमा लेखापढी व्यवसायी संघ

आन्दोलन गर्ने तयारीमा लेखापढी व्यवसायी संघ

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ३० चैत – जिल्लामा रहेका लेखापढी व्यवसायीहरु संगठित हुँदै भूमि सुधार तथा मालपोत कार्यालयसँग सूचना माग गरेका छन् । नेपालको संविधान र प्रचलित लेखापढी व्यवसायी ऐनले गरेको व्यवस्था अनुसार पेशा रोजगार गर्न पाउने भन्दै एक संघर्ष समिति गठन गर्दै सूचना माग गरेका हुन । भूमिसुधार तथा मालपोत कार्यालय बाँकेले चैत २५ गते एक निर्णय गर्दै भूसेवा केन्द्रले तयार गरेको लिखत तथा निवेदनहरु लिई आउनेहरुको मात्र काम हुने सूचना जारी गरेपछि भूसेवा केन्द्रमा दर्ता नभएका लेखापढी व्यवसायीहरु मर्कामा परेको बताएका छन् । हाल जिल्लामा २८ जना लेखापढी व्यवसायीहरु व्यक्तिगत र संस्थागत रुपमा भूसेवा केन्द्र दर्ता गराएका छन् । भू व्यवस्थापन तथा अभिलेख विभागले अपरझट तथा छोटो समयमा सूचना जारी गरेर भूसेवा केन्द्र दर्ता गराउन भनेको तर प्रयाप्त समयको अभावमा जिल्लामा दुई सय बढी लेखापढी व्यवसायीहरु यसबाट बञ्चित भएका छ...
खजुरामा होटल वेटर तालिम

खजुरामा होटल वेटर तालिम

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
खजुरा, ३० चैत – खजुरा गाउँपालिकाको आर्थिक सहयोग र रिसर्च इम्पावरमेन्ट एण्ड सपोर्ट प्रालिको आयोजनामा ३० दिने होटल वेटर तालिम सञ्चालन भएको छ ।खजुरा गाउँपालिका भित्रका बेरोजगार २० जना यूवा यूवतीलाई रोजगारको अवसर दिने उद्देश्यले तालिमको आयोजना गरिएको हो । तालिम पश्चात रोजगारको समेत ग्यारेण्टी दिने गरि आयोजना गरिएको रिसर्च इम्पावरमेन्ट एण्ड सपोर्ट प्रालिका होमबहादुर सुनारले जनाएका छन् । चैत २५ देखि २०७८ बैशाख २५ सम्म सञ्चालन हुने तालिम खजुरा स्थित मिनीपार्क होटलमा सञ्चालन भैरहेको छ । होटल वेटर तालिमले बेरोजगार युवा युवतीलाई रोजगारको अवसर प्राप्त हुने खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले जनाए ।होटल ब्यबसाय क्षेत्रमा वेटरको बढ्दो मागलाई मध्यनजर गर्दै खजुरा गाउँपालिकाले आयोजनागरेको होटल वेटर तालिमले बेरोजगार युवालाई प्रत्यक्ष फाईदा पुग्ने होटल ब्यबसाय संघ बाँकेका अध्यक्ष भिमलाल क...