Wednesday, April 15सत्यम खबर
Shadow

कोरोना कहरः उपमहानगर भित्र १ सय ३९ जनाको मृत्यु, जिम्मेवारी कसले निर्वाह गर्यो ?

नेपालगन्ज, १७ जेष्ठ – कोभिड–१९ कोरोना भाईरसले आक्रान्त बनेको नेपालगन्ज उपमहानगरपालिका भित्र ५८ महिला र ८० पुरुष गरी जम्मा १ सय ३९ जनाको ज्यान गईसकेको तथ्यांकले देखाएको छ ।
नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका २३ वटा वडाहरुलाई मात्र जोडेर यति धेरै संख्यामा कोरोना संक्रमितहरुको मृत्यु भईसक्दा समेत थप मृत्युदर रोकथाम गर्नुको साटो राजनीतिक खिचातानीमा बाँकेका नेता तथा कार्यकर्ताहरुलाई लागेको देखिन्छ ।
यही खिचातानीले गर्दा आम सर्वसाधारणहरुले पाउनु पर्ने निःशुल्क स्वास्थ्य सेवामा समेत काली बजारी भईरहेको समाचार कैयन पटक यसै सत्यमखबरमार्फत आम पाठक वर्ग कहाँ पु¥याईएको छ ।


नेपालगन्ज उपमहानगरपालिका भित्र रहेको तथ्यांकले देखाए अनुसार हालसम्म उपमहानगर भित्र ९ हजार २ सय ४९ जना कोरोना संक्रमित भईसकेका छन् । जसमध्ये महिला ३ हजार ९ सय ९९ जना रहेका छन् भने पुरुष ५ हजार २ सय ५० गरी जम्मा ९ हजार २ सय ४९ जना रहेका छन् ।
सोही अनुसार कोरोना संक्रमितहरुको डिस्चार्ज हालसम्म ८ हजार ६ सय ८९ जना रहेका छन् । जसमध्ये महिला ३ हजार ७ सय ५४ जना रहेका छन् भने पुरुष ४ हजार ९ सय ३३ गरी जम्मा ८ हजार ६ सय ८९ जना रहेका छन् । संक्रमित हुनु कसैको चाहना नहुन सक्छ तर बिरामीलाई सेवा उपलब्ध गराउनु यहाँ च्याउ झै उम्रिएका नेता तथा कार्यकर्ता सबैको जिम्मेवारी हुन जान्छ । जिम्मेवारी कसले निर्वाह ग¥यो ? आम जनता आफै जानकारी छन् ।
नेपालगन्ज उपमहानगरपालिका भित्र उपमहानगरद्वारा सञ्चालित आईसोलेसन वार्डहरु र स्वास्थ्य संस्थाहरु गरी हालसम्म कोरोना संक्रमितहरुको तथ्यांक देखाईएको छ ।
हाल उपमहानगरद्वारा सञ्चालित आईसोलेसन वार्डहरुमा ७४ महिला र १०७ पुरुष गरी १८१ जना रहेका छन् । जसमा ह्वाईट हाउस आईसोलेसनका आजसम्म रहेका सक्रिय केसमा १ महिला ९ पुरुष गरी १० जनालाई रहेका छन् भने हालसम्म ह्वाईट हाउस आईसोलेसन सेन्टरबाट कोरोना संक्रमित ३४ महिला र १०८ पुरुष गरी १४२ जनाले स्वास्थ्य सेवा लिईसकेका छन् ।
त्यसैगरी, नारी विकास केन्द्र आईसोलेसन सेन्टरमा आजसम्म रहेका सक्रिया केसमा १ महिला १ पुरुष गरी २ जना रहेका छन् भने हालसम्म नारी विकास केन्द्र आईसोलेसन सेन्टरमा कोरोना संक्रमितहरु १९ महिला र ४९ पुरुष गरी ६८ जनालाई सेवा लिईसकेका छन् ।
भेरी अस्पताल भित्र बेड नपाएर कोरोना संक्रमित बिरामी टेण्ट भित्र उपचार गराउन बाध्य रहेको बेला उपमहानगरपालिकाद्वारा सञ्चालित आईसोलेसन वार्डहरुमा बिरामी संख्या कम हुनुको के रहस्य हो ? नगर प्रमुख डा. धवल राणाले यसको जवाफ आम जनतालाई दिनु पर्दछ ।


त्यसैगरी होटल ईन्द्रेणी आईसोलेसनमा आजसम्म रहेका सक्रिया केस सुन्यमा पुगेको छ भने हालसम्म होटल ईन्द्रेणीमा २ महिला र ३१ पुरुष गरी ३३ जनाले सेवा लिई सकेका छन् । यस्तो आईसोलेसन वार्डहरुको खर्च हेर्दा लाखौं देखिन्छ तर कोरोना संक्रमित बिरामीको संख्या किन कम ? समयमा किन सेवा दिन नसकेको हो उपमहानगरपालिकाले ।
त्यसैगरी वडा नं. ४ आईसोलेसन सेन्टरमा आज रहेका सक्रिय केसमा १ जना पुरुष रहेका छन् भने हालसम्म वडा नं. ४ आईसोलेसन सेन्टरबाट १५ महिला र १६ पुरुष गरी ३१ जनाले सेवा लिई सकेका छन् ।
यस आईसोलेसन वार्डको लागि पनि वडा अध्यक्षमार्फत जति मिडिया बाजी गरियो, वडाको बजेट जति खर्चियो के त्यस बराबर कोरोना संक्रमित बिरामीहरुलेसेवा पाए ? किन पाएनन् ? हतारमा पानीमा फाले जस्तै पैसा फालियो तर परिणाम सुन्य जस्तै किन देखिएको छ ? यसको जवाफ वडाअध्यक्ष सफिक बेहनाले वडाबासीलाई दिनै पर्दछ । यो जनताको पैसा हो ? नेता वा कार्यकर्ताले पार्टी फन्डको लागि दिएको पैसा होईन वडा अध्यक्षज्यू ।
त्यसैगरी वडा नं. १२ आईसोलेसन सेन्टरमा सक्रिय केस २ जना पुरुष रहेका छन् भने हालसम्म वडा नं. १२ आईसोलेसन सेन्टरबाट १ महिला र ३ पुरुष गरी ४ जनाले सेवा लिईसकेका छन् । माथि उल्लेखि डाटा नेपालगन्ज उपमहानगरपालिका स्वास्थय शाखाका राजन शाहीद्वारा जानकारी गराईएको छ ।
यहाँ पनि यस्तै रहेका हालसम्म जम्मा ४ जनाले मात्र सेवा लिएका छन् । तर खर्च लाखौंभन्दा माथि यसको जिम्मेवार को ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *