
नेपालगन्ज, ५ अषाढ – राष्ट्रिय युवा संघ, बाँकेले हुन सक्ने विपतमा खटिन आफ्ना वडास्तरसम्मका कार्यकार्तालाई परिचालन गर्ने भएको छ ।
युवा संघ बाँकेका अध्यक्ष लिलकवीर सुनारको अध्यक्षतामा बसेको बैठकले बाढी र डुबानबाट हुन सक्ने कुनै पनि अबस्थामा युवा संघका कार्यकर्ता तम्तयार रहन आग्रह गरेको छ ।
युवा संघका स्थायी कमिटी सदस्य तथा बाँके जिल्ला इन्चार्ज खेमराज शर्माको प्रमुख आथित्यमा भएको बैठकले युवा संघ बाँकेका पूर्व अध्यक्ष डम्बर थापाको असामयिक निधनप्रती दुख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
बैठकमा युवा संघ बाँकेका पदाधिकारी, नगर तथा गाउँपालिकाका संयोजकहरुको सहभागिता रहेका थिए । अध्यक्ष सुनारका अनुसार कोभिड्विरुधको खोप हरेक बाँकेबासी माझ पुर्याउन केन्द्रिय सर्कुलर बमोजिम बाँकेका ८१ वडामा युवा संघ परिचालन हुनेछ ।
