Sunday, June 28सत्यम खबर
Shadow

श्रम/रोजगार

अनुगमन तथा मूल्याङ्कन गोष्ठी सम्पन्न

अनुगमन तथा मूल्याङ्कन गोष्ठी सम्पन्न

CoVid19, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ श्रावण – ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रद्वारा आयोजित समूहको अनुगमन तथा मूल्याङ्कन गोष्ठी सम्पन्न आज विहीवार सम्पन्न भएको छ ।केन्द्रका अध्यक्ष लता शर्माको अध्यक्षतामा सम्पन्न तथा ३५ जना सदस्यहरुको सहभागिता रहेको उक्त गोष्ठीमा वडा नं. ३ र १२ मा रहेका महिला बचत तथा ऋण परिचालन समन्वय समिति अन्तर्गत रहेका विभिन्न महिला समूहहरुको आर्थिक वर्ष २०७७/०७८ को बचत, बचत परिचालन, ऋण लगानी, असुली तथा भाका नाघेको ऋण लगायतको वास्तविक अवस्थाका बारेमा केन्द्रका उपाध्यक्ष तारा केसीले प्रस्तुती गर्नु भयो । ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र नेपालगन्जले पहिलो चरणमा नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत वडा नं. ३ र १२ मा रहेका बचत समूहका महिलाहरुको लागि उक्त तालिमको आयोजना गरेको थियो ।सो गोष्ठीमा केन्द्रका कोषाध्यक्ष ममता आचार्यले वडा नं. ३ र १२ मा रहेका महिला बचत तथा ऋण परिचालन समन्वय ...
समुदायका समस्याप्रति सरोकारवालाको प्रतिबद्धता

समुदायका समस्याप्रति सरोकारवालाको प्रतिबद्धता

CoVid19, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज २१ श्रावण – स्थानीय समुदायका समस्या तथा समाधानका पहलका बारेमा छलफल गरिएको छ । शिक्षा, स्वास्थ्य, कृषि, विपत तथा सडक व्यवस्थापन र वातावरण लगायतका विभिन्न सवालहरुमाथी छलफल गरि कार्यान्वयनका लागि पहल गरिएको हो ।पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सूचना र मानवअधिकार अनुसन्धान केन्द्रद्धारा आज विहीबार आयोजित साझा सभामा उठेका सवालहरु माथी छलफल गरि भएका समस्यालाई सम्बोधन गर्न प्रतिबद्धता गरिएको थियो । कार्यक्रममा बाँकेको डुडुवा गाउँपालिकामा शिक्षा क्षेत्रतर्फ अम्रहवा विद्यालयमा विद्यार्थीको न्युन संख्या, नियमित शिक्षक अनुपस्थित, विद्यार्थी ड्रपआउट, मदरसा शिक्षामा कक्षा स्वीकृति, विषयगत शिक्षक दरवन्दी, दिवा खाजा कृषितर्फ कृषक अनुदान, रासायनिक मल वितरण, सिचाईका समस्या, कोरोना विरुद्धको खोपको व्यवस्थापन, गाउ“घर किल्निक तथा खोप व्यवस्थापन, भेरी डिस्टलरीबाट निस्कने दुर्गन्धीत फोहरल...
आय आर्जनमा सहयोग पु¥याउन महिलाहरुलाई सामग्री सहयोग

आय आर्जनमा सहयोग पु¥याउन महिलाहरुलाई सामग्री सहयोग

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ श्रावण – नेपालगन्ज उप–महानगरपालिकाले महिलाहरुलाई आय आर्जनमा सहयोग गर्ने उद्देश्यले विभिन्न सामग्रीहरु सहयोग गरेको छ । नगर कार्यपालिका सदस्यहरुद्वारा सञ्चालित कार्यक्रम अन्तर्गत महिलाहरुलाई सिलाई मेसिन, इन्टरलक मेसिन र साईकल सहयोग गरिएको हो ।बिहिवार नगर प्रमुख डा. धवल शम्शेर राणाले महिलाहरुलाई सामग्री हस्तान्तरण गर्दै सहयोगलाई सहि सदुपयोग गर्न आग्रह गर्नुभयो । उपमहानगरपालिकाले यसअघि तालिम प्राप्त महिलाहरुलाई ब्यवसायमा जोड्न सहयोग गरिएको भन्दै राणाले यसबाट ब्यक्तिगत र पारिवारिक जीवन सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको जानकारी दिनुभयो । उपमहानगरपालिकाका सामाविक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीका अनुसार, ७४ जना महिलालाई सिलाईकटाई मेसिन, १२ जनालाई इन्टरलक मेसिन उपलब्ध गराइएको छ ।यसैगरी ४९ जनालाई साईकाल सहयोग गरिएको छ । दलित, सिमान्तकृत, मधेसी, मुस्लिम, अल्पसंख्यक समुदायका...
फुल्टेक्रामा निर्माणधिन विद्यालय भवन निर्माण बारे सूचना माग

फुल्टेक्रामा निर्माणधिन विद्यालय भवन निर्माण बारे सूचना माग

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १८ श्रावण – विद्यालय जस्तो सार्वजनिक स्थानमा निर्माण कार्य गर्दा मनपरी तवरले निर्माण कार्य हुन शुरु भएपछि फुल्टेक्रा माध्यमिक विद्यालयको आठ कोठे निर्माण भवन, माटो पटान तथा शौचालय निर्माण कार्य बारे सूचना माग गरिएको छ ।नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणाद्वारा विधिवत माघ ८ गते आठ कोठे भवन निर्माण गर्न शिलान्यास गरिएको विद्यालयमा शुरु कै दिनमा लालपेटी र पहेलो ईट्टा जगमा प्रयोग भएपछि सुधार गर्न सम्बन्धित पक्ष शिक्षा शाखा प्रमुख तथा विद्यालय व्यवस्थापन समितिलाई सुझाव दिईएको सूचना मागकर्ताको भनाई रहेको छ । तर उक्त कार्यले निरन्तरता पाएपछि सूचना माग गरी के कसरी निर्माण कार्य गरिएको छ बारे जानकारी मागेको सुषमा शुक्लाले बताउनुभयो । संघीय बजेटमार्फत १४ लाखमा निर्माण गरिएको शौचालय, फोटोः सत्यमखबर अनलाईन फुल्टेक्रा माध्यमिक विद्यालयसँग माग गरिएको सूचनामा ‘उपरोक्त सम्ब...
ईट्टा उद्योगीहरुलाई कोभिड खोप उपलब्ध गराउन माग

ईट्टा उद्योगीहरुलाई कोभिड खोप उपलब्ध गराउन माग

CoVid19, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ श्रावण – नेपाल ईट्टा उद्योग व्यवसायी संघले सहज रुपमा कोभिड–१९ कोरोना भाईरस विरुद्धको खोप उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख शिवलाल गेलालीसँग माग गरेको छ ।नेपाल ईट्टा उद्योग व्यवसायी संघका कोषाध्यक्ष सुधिरप्रताप सिंहका अनुसार बाँकेमा विधिवत ५० बढी दर्ता रहेका ईट्टा उद्योगहरुका ३०० बढी कर्मचारीहरुका लागि सहज कोभिड–१९ को खोप उपलब्ध गराउन आज शुक्रबार जिल्ला प्रमुख मार्फत माग गरेको बताउनुभयो । जिल्ला प्रमुखलाई नेपाल ईट्टा उद्योग व्यवसायी संघले खोप उपलब्ध गराउनु पत्रमा ‘उपरोक्त सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, बाँकेमा दर्ता भई विधान बमोजिम कार्य गर्दै आईरहेको यस संघमा हाल बाँके जिल्लाका ५० बढी उद्योगहरु सदस्य रहेको जानकारी गराउँछु । ईट्टा व्यवसाय खुल्ला आकाश मुनि करोडौको जोखिम मोलेर पनि देशलाई ईट्टामा आत्मनिर्भर बनाईरहेको व्यवसाय हो । निर्माण सामाग्री मध्य...
नेपाल शिक्षक महासंघद्वारा रिले अनसन शुरु

नेपाल शिक्षक महासंघद्वारा रिले अनसन शुरु

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ श्रावण – नेपाल शिक्षक महासंघ नगर समितिको अगुवाई जसमा विभिन्न १३ वटा शिक्षक संगठनहरु आबद्ध रहेको संयुक्त आयोजनामा नेपालगन्ज उपमहानगरपालिका लगायत देशभरी रिले अनसन आज सुरु गरेको छ । शुक्रबार नेपालगन्ज उपमहानगरपालिका प्रा·णमा नेपाल शिक्षक महासंघद्वारा रिले अनसन सुरु गरेको हो । विगतमा नेपाल सरकार र नेपाल शिक्षक महासंघसँग गरिएका मागहरु कार्यान्वन गर्नका लागि रिले अनसन सुरु गरिएको नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष बिरेन्द्र यादवले बताउनुभयो ।अध्यक्ष यादवका अनुसार नेपाल सरकार समक्ष राखिएको ३४ बूँदे माग सम्बोधन गर्न आज एक दिने देशभर नेपाल शिक्षक महासंघले रिले अनसन शुरु भएको बताउनुभयो । नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य द्रोड वलीका अनुसार शिक्षक महासंघसँग गरिएको सम्झौताहरु कार्यान्वन नभएमा आन्दोलनका कार्यक्रमहरु अगामी दिनहरुमा जारी गर्ने समेत चेतावनी दिँदै बिहान ९ बजेद...
अघोषित लोडसेडिंगको मारमा नेपालगन्ज

अघोषित लोडसेडिंगको मारमा नेपालगन्ज

CoVid19, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
मनोज कुमार कौशलनेपालगन्ज, ११ श्रावण – हाल नेपालगन्जमा प्रचण्ड गर्मी छ । यसरी नेपालगन्ज नगरवासी एकतर्फ प्रचण्ड गर्मीको मारमा परेका छन् अर्काेतर्फ पटक–पटक विद्युत आउने जाने गरेको कारण यहाँका स्थानीय वासिन्दा दोहोरो मारमा परेका छन् ।अहिले दिनभरी विद्युत आउने जाने गरेको छ । कैयन समय घण्टौंसम्म विद्युत रहने गरेको छैन् । यसरी यहाँ एक किसिमको अघोषित लोड सेडिंगको अवस्था छ । विद्युत समस्या समाधानको लागि यहाँका विभिन्न संघ संस्थाहरुले विभिन्न समयमा विद्युत कार्यालयमा पुगी विद्युत सेवा सुचारु गर्न ज्ञापनपत्र बुझाएका छन् । तर विद्युत उपभोक्तातर्फ प्राधिकरणले कुनै प्रकारको ध्यान दिएको देखिँदैन । जसको कारण विद्युत समस्याको कारण स्थानीय वासिन्दा त्राहिमाम बनेका छन् ।...
नरैनापुर गाउँपालिकामा प्रारम्भिक द्रुत लेखाजोखा तालिम

नरैनापुर गाउँपालिकामा प्रारम्भिक द्रुत लेखाजोखा तालिम

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
प्रहलाद विश्वकर्मानरैनापुर, १० श्रावण - नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा प्रारम्भिक द्रुत लेखाजोखा तालिम आईतवार नरैनापुर गाउँपालिकामा सम्पन्न भएको छ । ग्ल्ँएब् को सहयोगमा नेरेसो केन्द्रमार्फत यस जिल्लामा सञ्चालन भएको कार्यक्रमबाट बाढी विपद् प्रभावित समुदायको यर्थात विवरण संकलन गर्न स्थानीय तह, नेपाल प्रहरी र स्थानीय रेडक्रसका स्वयंसेवकहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले उक्त तालिम आयोजना गरिएको थियो । उक्त तालिममा विपद् लेखाजोखा मार्गदर्शन २०७२, प्रारम्भिक द्रुत लेखाजोखा, विस्तृत घरधुरी सर्वेक्षण र विपद् व्यवस्थापन सम्बन्धी बनेका ऐन कानुनको बारेमा जानकारी गराइएको थियो । तालिममा नरैनापुर गाउँपालिका वडा नं. १ देखि ६ सम्मका वडा सचिव, ती वडामा रहेका नेपाल प्रहरीका प्रतिनिधि, शसस्त्र प्रहरीका प्रतिनिधि र नेपाल रेडक्रस सोसाइटी गंगापुर उपशाखाका स्वयंसेवकहरु गरी २८ ज...
स्थापना दिवसको अवसरमा रक्तदान

स्थापना दिवसको अवसरमा रक्तदान

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ९ श्रावण – आफ्नो १३१ औं वार्षिकोत्सवको अवसरमा बाँके जिल्लाको भेरी अस्पताल नेपालगन्जले आज शनिबार स्थापना दिवसको अवसार पारेर डाक्टरहरुद्वारा रक्तदान गरिएको छ ।रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा नेपालगन्जका प्राविधिक सुनिल थापामगरलाई रक्तदान कार्यक्रम संयोजक डा. उर्मिला पराजुलीले रगत संकलन गर्ने पाकेट हस्तान्तरण गर्नुभएको थियो भने भेरी अस्पताल नेपालगन्जका निर्मित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापा र डा. नबिनचन्द ठकुरीले १–१ पिन्ट रगत दिएर रक्तदान कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । सो रक्तदान कार्यक्रम मारीमा राना, प्रचण्ड गौतम, शीला शर्मा, प्रिती खडका, उर्मिला जैसी, विकास चौधरी, हबीब बेहना, डा.रामगोपाल तिवारी, देवीबहादुर भण्डारी, सलामुतद्दीन अलीमियाँ, लक्ष्मी बडुवाल, डा. सञ्जय वर्मा, बद्री चापागाईं, लक...
गाई चोरीमा दुईजना पक्राउ

गाई चोरीमा दुईजना पक्राउ

CoVid19, अपराध, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ श्रावण – विगत १५–२० दिन देखि छाडा रुपमा रहेको जनावरहरु मध्य खास गरी गाई, गोरु, बाछा, बाछीहरु चोरी हुने क्रम बढ्दै गएको छ ।सोमबार फुल्टेक्रा चौराहाबाट केही व्यक्तिहरुले चौकमा बसिरहेका गाईहरुलाई सामसुम पारी डोरीमा बाँधेर लैजाने क्रममा स्थानीय व्यक्तिहरुले के गरेको, किन लग्न लागेको, कहाँ लैजाने, कसले लैजाने भनी प्रश्न गर्दा चोरी गरी लैजाने व्यक्तिहरु त्रसित भई जनावर छोडी भागेको फुल्टेक्रा निवासी हितेश भारतीले बताउनुभयो । त्यसैगरी आज मंगलबार सेतु बिक चौकबाट कोहलपुर नगरपालिका वडा नं. ४ बस्ने वर्ष १८ का मोहम्मद अफताब बेडुवा र सोही ठाउँका इकबाल खानलाई गाई चोरी गरिरहेकै अवस्थामा स्थानीयहरुले पक्राउ गरी वडा प्रहरी कार्यालयमा बुझाएका छन् ।वडा प्रहरी कार्यालयमा थुनिएका चोरद्वयलाई गाई किन चोरी गरेको प्रश्न गर्दा उनीहरुले दुध खानलाई हो, बाटोमा गाईहरु छाडा रहेको हुँदा कसैलाई नभनी पक्...