Saturday, April 18सत्यम खबर
Shadow

नेपाल शिक्षक महासंघद्वारा रिले अनसन शुरु

नेपालगन्ज, १५ श्रावण – नेपाल शिक्षक महासंघ नगर समितिको अगुवाई जसमा विभिन्न १३ वटा शिक्षक संगठनहरु आबद्ध रहेको संयुक्त आयोजनामा नेपालगन्ज उपमहानगरपालिका लगायत देशभरी रिले अनसन आज सुरु गरेको छ । शुक्रबार नेपालगन्ज उपमहानगरपालिका प्रा·णमा नेपाल शिक्षक महासंघद्वारा रिले अनसन सुरु गरेको हो ।


विगतमा नेपाल सरकार र नेपाल शिक्षक महासंघसँग गरिएका मागहरु कार्यान्वन गर्नका लागि रिले अनसन सुरु गरिएको नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष बिरेन्द्र यादवले बताउनुभयो ।
अध्यक्ष यादवका अनुसार नेपाल सरकार समक्ष राखिएको ३४ बूँदे माग सम्बोधन गर्न आज एक दिने देशभर नेपाल शिक्षक महासंघले रिले अनसन शुरु भएको बताउनुभयो ।


नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य द्रोड वलीका अनुसार शिक्षक महासंघसँग गरिएको सम्झौताहरु कार्यान्वन नभएमा आन्दोलनका कार्यक्रमहरु अगामी दिनहरुमा जारी गर्ने समेत चेतावनी दिँदै बिहान ९ बजेदेखि साँझा ४ बजेसम्मका लागि रिले अनसन गरिने बताउनुभयो ।
रिले अनसनमा विभिन्न शिक्षक संगठन आबद्ध कृष्णदेवी पाण्डे, बृजेशबहादुर सिंह, आदित्यकुमार बर्मालगायत दुई दर्जन बढीले नेपालगन्ज उपमहानगरपालिकामा सहभागिता जनाएका छन् भने रिले अनसन कार्यक्रम बाँके जिल्लाको ८ वटै पालिकामा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *