Sunday, April 26सत्यम खबर
Shadow

प्रहरीद्वारा तीन महिने प्रगति विवरण सार्वजनिक

नेपालगन्ज, १९ असाेज – बाँके प्रहरीले तीन महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले मंगलवार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरी एसपी श्यामकृष्ण अधिकारीले असार १८ गतेदेखि असोज १८ गतेसम्मको प्रगति विवरण सार्वजनिक गरेका छन् ।

उक्त समय अवधिमा १ हजार ५ सय ५० जनालाई सेवा दिइएको उनले जानकारी गराएका थिए । यस्तै उक्त अवधिमा २ सय ३७ मुद्दा दर्ता भएका छन् । एसपी अधिकारीले अघिल्लो वर्षको यो अवधि भन्दा पक्राउ पर्नेको संख्या भने दोब्बरले बढेको बताएका छन् ।

यस्तै उक्त समय अवधिमा २ करोड ७८ लाखको राजश्व संकलन भएको एसपी अधिकारीले जानकारी गराएका छन् । भारतबाट भन्सार छलिका अवैध सामान बरामदबाट राजश्व असुली भएको बताए ।

कार्यक्रममा सहभागी स्थानीयलाई प्रहरीले आफ्नो आचरण र व्यवहारलाई सुधार गर्दै जनतामैत्री सेवा दिनुपर्ने माग गरेका थिए । उद्योग बाणिज्य संघका पूर्वअध्यक्षद्धय कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल बैश्य, महासंघका महासचिव चिरञ्जीवि ओलीलगायतले आ-आफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *