ठग धन्दामा निगम सपिङ्ग पैलेस ! सम्बन्धित पक्ष मौन ?
नेपालगन्ज, ७ साउन – कोरोना कालको पीडाबाट थल परेका सर्वसाधारण जनतालाई हाल जताबाट पनि ठगिने र लुटिने कार्य हुँदा समेत सम्बन्धित पक्ष मौन बसिरहेको पाईएको छ ।नेपालगन्ज वडा नं. ४ सदरलाईन स्थित रहेको निगम सपिङ्ग पैलेसबाट सर्वसाधारण जनता ठगिएको जानकारी प्राप्त भएको छ । आज शनिबार बिहान २ जना लेडिजहरु घरमा प्रयोग हुने चप्पल, सैण्डिल खरीद गर्न उक्त पसलमा जाँदा अन्य पसलमा ३५० रुपैयाँमा पाउने सामान उक्त पसलमा १३५० मा बिक्री गरिरहेको बताएका छन् ।
नाम नलेख्ने सर्तमा उनले भने यस्तो ठग धन्दा नेपालगन्जको मुटु सदरलाईनमा हुँदा समेत प्रहरी प्रशासन मौन भएर बसिरहेका छन् । हामीले सोही सैण्डिल न्यूरोड फुटपातको एउटा पसलबाट खरीद गर्दा जम्मा ३५० रु. मात्र तिर्नु परेको बताए ।
यसैगरी निगम सपिङ्ग पैलेस कै आसपास बसेका व्यापारीहरु स्वयं निगम सपिङ्गका सञ्चालकले ग्रहकलाई गर्ने व्यावहार समेत रुखो भएको बताए । स...









