Monday, June 29सत्यम खबर
Shadow

श्रम/रोजगार

लोक कल्याणकारी बिज्ञापन सम्बन्धी छलफल

लोक कल्याणकारी बिज्ञापन सम्बन्धी छलफल

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, २३ साउन - जिल्ला हुलाक कार्यालय बाँकेको आयोजनामा साउन २३ गते बाँके जिल्लामा प्रेश काउन्सीलको बर्गिकरणमा परेका १४ वटा दैनिक, अर्ध साप्ताहिक र साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रतिनिधीहरुसँग एक छलफल बैठकको आयोजना गरिएको छ । उक्त बैठकमा सहभागीलाई लोक कल्याणकारी बिज्ञापनको बर्गिकरण, बिज्ञापन प्रकाशन गर्ने तरिका तथा भुक्तानीको लागि विल भरपाई तथा प्रतिवेदन पेश गर्ने तरिकाका सम्बन्धमा हुलाक अधिकृत गोबिन्दप्रसाद पाण्डेले सहभागीहरुलाई जानकारी गराउनु भयो । यस आर्थिक वर्षमा नेपाल सरकाबाट प्रदान गरिने जनहितका लोक कल्याणकारी बिज्ञापन प्रकाशन गर्न पाउने वर्गिकरणमा दैनिक नेपालगन्ज, कालपृष्ठ दैनिक प्रदेश क वर्गमा, सदभाव दैनिक र हाम्रो समाचार दैनिक स्थानीय क वर्गमा, मिसन टुडे दैनिक प्रदेश ख वर्गमा, प्रभात घोषणा दैनिक, लोकप्रीय सन्देश दैनिक, न्यूज यथार्त साप्ताहिक, गुड न्यूज साप्ताहिक, आजको...
डेक नेपालकाे साधारण सभा तथा छैठाैं अधिवेशन सम्पन्न

डेक नेपालकाे साधारण सभा तथा छैठाैं अधिवेशन सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ साउन - अपाङ्गता सशत्तिकरण एवं सञ्चार केन्द्र (डेक) नेपाल, बाँकेले आफ्नो १५ औं बार्षिक साधारण सभा तथा छैठौ अधिवेसन सम्पन्न गरेको छ । दिगो विकास, सम्बृद्धिको आधार, अपाङ्गता मैत्री पहुँचयुक्त पुर्वधार भन्ने नारा सहित स्थापना भएको डेक नेपालले आफ्नो १५ औं बार्षिक साधारण र अधिवेसन बाँकेको खजुरामा सम्पन्न गरेको हो । डेक नेपालका अध्यक्ष हरिकला थापाको सभापतित्वमा सम्पन्न साधारण सभामा लुम्बिनी प्रदेशका सांसद उसा पुनको प्रमुख आतिथ्यमा भएको थियो । मंगल प्रसाद माविमा अध्ययन गर्ने दृष्टी विहिन विद्यार्थिहरुले स्वागत गित बाट अथिति पाहुनालाई स्वागत गरेका थिए । राप्ती बहिरा संघ दाङका कार्यकारी निर्देशक प्रतिमा शर्माले डेक नेपालले हजारौ अपाङ्गता भएकाहरुका लागि काम गरेको भन्दै अझैपनि पैरवीको कार्यलाई ससत्त बनाउन आग्रह गर्नुभयो । खजुरा गाउँपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख शुसिला ...
रहमा ट्रेनिंग सेन्टरकाे उद्घाटन, आधारभूत सिलाई कटाई तालिम शुरु

रहमा ट्रेनिंग सेन्टरकाे उद्घाटन, आधारभूत सिलाई कटाई तालिम शुरु

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
सकिल अहमद राईनेपालगन्ज, २१ साउन - नेपालगन्ज उपमहानगरपालिका वडा नं १६ जैसपुरमा रहमा ट्रेनिंग सेन्टरको प्रमुख अथिति एवम् वन वातावरण तथा भू संरक्षण मन्त्री सुरेन्द्रबहादुर हमालद्वारा उद्घाटन गरिएकाे छ । रहमा ट्रेनिंग सेन्टरद्वारा सञ्चालित तीन महिने आधारभूत सिलाई कटाई तालिम शुरु भएको छ । तालिमको उद्घाटन गर्दै बाँके जिल्ला निर्वाचन क्षेत्र ख का प्रदेश सभा एवम् माननीय वन वातावरण तथा भू संरक्षण मन्त्री हमाल तथा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरीले मानिसको जीवनमा सिप महत्वपूर्ण हुन्छ, सिपले जीवनमा परिर्वतन ल्याउने बताएका छन् । मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै मेहनतका साथ सिप सिके उसको जीवनमा परिर्वतन ल्याउने छ । जसले मेहनतका साथ सिप सिके सफलता हासिल गर्न कुनै समस्या पर्दैन । श्रमले मानिसलाई सम्मानित बनाउँछ । श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिल...
उचित क्षतिपूर्तिको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

उचित क्षतिपूर्तिको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
झापा, २० साउन – राज्यले उचित क्षतिपूर्ति (मुआब्जा) नदिएको भन्दै दमक क्लिन पार्क सङ्घर्ष समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । मुआब्जा विवादका कारण लामो समय देखि आन्दोलनरत रहेका दमक क्लिन पार्क सङ्घर्ष समितिका अध्यक्ष खगेन्द्र भट्टराई, प्रतिनिधिसभा सदस्य महेन्द्राकुमारी लिम्बु, दमक नगरपालिका मेयर राम थापा, उपमेयर रेगिना भट्टराई, माओवादी नेता गगन पुरी, प्रकाश थापा लगायतको टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई लिखित ज्ञापनपत्र बुझाएका हुन् ।यसअघि संर्घष समितिले २०७८ पुषमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र बुझाएका थिए । मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाए पनि माग सम्बोधन नभएपछि संर्घष समिति प्रधानमन्त्री समक्ष पुगेको हो ।प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्र भनिएको छ, क्लिन पार्क पीडितको आवाज सुनुवाइ गर्नुपर्ने, पार्कको वास्तविकता सार...
भारतीय सेनाप्रमुख भदौ तेस्रो साता नेपाल आउँदै

भारतीय सेनाप्रमुख भदौ तेस्रो साता नेपाल आउँदै

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १९ साउन –भारतीय सेना प्रमुख मनोज पाण्डे एक महिनापछि नेपाल भ्रमणमा आउने भएका छन्। रक्षा मन्त्रालय स्रोतका अनुसार भारतीय सेनापति पाण्डे भदौ २० देखि २२ गतेसम्म काठमाडौं आउनेगरी भ्रमण तयारी भइरहेको छ। पाण्डे अहिले भुटान भ्रमणमा छन्।‘भदौ तेस्रो साता भारतीय प्रधानसेनापतिको भ्रमणका लागि तयारी अघि बढेको छ। भ्रमणको यकिन मिति चाँडै टुंगो लाग्छ’ रक्षा मन्त्रालयका एक अधिकारीले भने। प्रधानसेनापति प्रभुराम शर्माको निम्तोमा उनी नेपाल आउन लागेका हुन्। यसअघि साउन महिना भित्रै उनी नेपाल आउने संकेत भारतीय पक्षले दिएको थियो। तर दुई साता अघि भारतीय सेनाले प्रधानसेनापति पाण्डे भदौ तेस्रो साता मात्रै आउने जानकारी कूटनीतिक च्यानलबाट गराएको हो। भारतीय प्रधानसेनापति पाण्डे नेपाली सेनाको ‘मानार्थ महारथी’ को सम्मान ग्रहण गर्न यहाँ आउने भएका हुन्। नेपाली सेनाको परमाधिपति समेत रहेकी राष्ट्रपति व...
भारतमा निर्यात गरेको विद्युतबाट साढे तीन अर्ब भन्दा बढी रुपैयाँ कमाइ

भारतमा निर्यात गरेको विद्युतबाट साढे तीन अर्ब भन्दा बढी रुपैयाँ कमाइ

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १८ साउन –नेपाल विद्युत प्राधिकरणले भारत संग विजुली बेचेर रामै पैसा कमाउन सफल भएको छ । नेपाल विद्युत उत्पादन गरेर आत्मनिर्भर बन्ने तर्फ उन्मुख भइरहदा हरेक क्षेत्रबाट प्राधिकरण प्रशंसाको पात्र बनेका छन् । नेपालले दुई महिनामा भारतलाई बिजुली बेचेर साढे तीन अर्ब रुपैयाँ आर्जन गरेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार ट्वीटरमार्फत् यस्तो जानकारी गराएका हुन् । नेपालले १९ जेठदेखि भारतमा प्रतिस्पर्धी दरमा विद्युत निर्यात शुरु गरेको थियो । ‘शुभ समाचार भन्दै’ प्रबन्ध निर्देशक घिसिङ्ले लेखेका छन्, ‘नेपाल विद्युत प्राधिकरणले दुई महिनाको बीचमा सबै खर्च कटाएर भारतमा निर्यात गरेको विद्युतबाट साढे तीन अर्ब भन्दा बढी रुपैयाँ कमाएको छ ।’ नेपालले भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा बिजुली निर्यात गरिरहेको छ । दुई देशबीच भएको सहमतिअनुसार नेपालले भारतलाई ...
भारतसँग ५ वर्षका लागि रासायनिक मल खरिद सम्झौता

भारतसँग ५ वर्षका लागि रासायनिक मल खरिद सम्झौता

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौं, १४ साउन –्नेपालले ५ वर्षका लागि भारतसँग झण्डै नौ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने सम्झौता गरेको छ । यो सम्झौता अनुसार नेपाल सरकारले सन् २०२५/२६ भित्र ४ लाख ५७ हजार मेट्रिक टन युरिया र ३ लाख ७० हजार मेट्रिक टन डिएपी खरिद गर्ने छ ।गत चैतमा मल खरिदका लागि भएको सरकार–सरकार (जीटूजी) सम्झौता बमोजिम नेपालको कृषि सामाग्री कम्पनी लिमिटेड र भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर (आरसीएफ) बीच खरिद समयको अन्तर्राष्ट्रिय मूल्यअनुसार मल खरिद गर्ने सम्झौता भएको हो । आर्थिक वर्ष ०८३/८४ सम्मका लागि मल खरिद गर्न साउन १ गते उक्त सम्झौता भएको कृषि सामाग्री कम्पनीका निमित्त प्रबन्ध सञ्चालक राजेन्द्र कार्कीले जानकारी दिए । सम्झौताअनुसार पहिलो लट मा १ लाख ६० हजार मेट्रिक टन मल आगामी मंसिरसम्म नेपाल भित्रीसक्ने कार्कीले बताए । ‘साउन एकमा दुई कम्पनीबीच मल खरिदका लागि सम्झौता भएको छ,’ कार्कील...
नेपाल–भारत विकास सहकार्यमा विज्ञको जोड ‘नेपालले पहिलो पटक भारतलाई विद्युत् बेच्नु द्विदेशीय सम्बन्धका लागि कोसेढुंगा’

नेपाल–भारत विकास सहकार्यमा विज्ञको जोड ‘नेपालले पहिलो पटक भारतलाई विद्युत् बेच्नु द्विदेशीय सम्बन्धका लागि कोसेढुंगा’

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौं, १४ साउन –नेपाल–भारतको विकासमा आपासी सहकार्य आवश्यक रहेकोमा यस क्षेत्रका जानकारहरूले जोड दिएका छन । इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्स (आईसीडब्लूए) ले बुधबार नेपाल–भारत विकास साझेदारी विषयमा गरेको अन्तरर्क्रिरयामा विज्ञहरूले वैश्विक कारणले परेको प्रभावलाई कम गर्न दुवै मुलकले सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका हुन । भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले नेपालले वैदेशिक लगानी आकर्षण गर्न विभिन्न क्षेत्रमा सुधारात्मक प्रयासहरू गरेको चर्चा गरे । विदेशी लगानी, उद्योग तथा अद्योगिक क्षेत्रसम्बन्धी कानुनहरूमा सुधार गरेर लगानीमैत्री बनाइएको उनले बताए । नेपालले भारतमा थालेको विद्युत् निर्यातले व्यापार घाटा कम गर्न सघाउने उनले उल्लेख गरे । उद्योग, पर्यटन, उर्जा र सूचना प्रविधिलगायत क्षेत्रमा नेपालमा लगानी गर्न सकिने प्रशस्त सम्भावनाहरू रहेको उनको भनाइ थियो । नेपालका लागि प...
चीनबाट सञ्चालित परियोजनाका कारण धेरै देशको हालत खराब अवस्थामा पुगेको : अधिवक्ता पाैडेल

चीनबाट सञ्चालित परियोजनाका कारण धेरै देशको हालत खराब अवस्थामा पुगेको : अधिवक्ता पाैडेल

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौं, १४ साउन – पछिल्ला केही वर्षमा विश्वका ४० वटा देशको आर्थिक अवस्था नाजुक बनेको छ । श्रीलंका आर्थिक अवस्थामा टाट पल्टिएपनि लगत्तै अरु पनि केही देश सोही अवस्थामा पुगेका हुन् । श्रीलंकापछि दक्षिण एसियामा पाकिस्तानको अवस्था पनि कमजोर बनेको छ । अधिवक्ता किरण पौडेलले श्रीलंका संकटपछि पाकिस्तान, इथोपिया, हंगेरी, ताजकिस्तान लगायत ४० देशको अवस्थाको आर्थिक अवस्था निकै कमजोर बन्न सक्ने बताएका हुन् । चीनबाट सञ्चालित परियोजनाका कारण धेरै देशको हालत खराब अवस्थामा पुगेको उनको भनाई छ । चीनले महंगो ब्याजदरमा दिने ऋण तिर्न नसक्दा धेरै देशको हालत नाजुक बनेको पनि उनको भनाई छ । पछिल्लो समय चिनियाँ महंत्वाकांक्षी परियोजना धेरै देशमा लागू गराउने नाममा कमजोर देशलाई ऋणमा फसाउने योजना पनि डरलाग्दो बन्दै गएको उनको भनाई छ । बिआरआईभन्दा एमसीसी पास गरेर नेपालले आफ्नो दुर्गति रोकेको अधिवक्ता पौडेल...
‘भारतले सौर्य विद्युतको जडित क्षमता साढे ५७ हजार मेगावाट पुर्यायो’

‘भारतले सौर्य विद्युतको जडित क्षमता साढे ५७ हजार मेगावाट पुर्यायो’

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १० साउन –कोइलामा आधारित थर्मल प्लान्ट माथिको निर्भरता कम गर्न लागिरहेको भारतले सौर्य ऊर्जाको स्रोतबाट उत्पादन हुने विद्युतको जडित क्षमता साढे ५७ हजार मेगावाट पुर्याएको छ । गत जुन ३० तारिकसम्मको अवधिमा सौर्य ऊर्जा प्रविधिबाट उत्पादित विद्युतको जडित क्षमता यति पुगेको हो । ६ हजार मेगावाट रुफटपसहित सौर्य विद्युतको जडित क्षमता ५७ हजार ७ सय ५ मेगावाट पुगेको भारत सरकारका नवीकरणीय ऊर्जा मन्त्री भागवन्त खुबाले लोकसभा बैंठकलाई सम्बोधन गर्ने क्रममा जानकारी गराएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । उनले वायु ऊर्जाको स्रोतबाट उत्पादन हुने विद्युतको जडित क्षमता पनि ४० हजार ७ सय ८८ मेगावाट पुगिसकेको बताए । सन् २०२२ को अन्त्यसम्ममा नवीकरणीय ऊर्जाको स्रोतबाट उत्पादन हुने विद्युतको जडित क्षमता १ लाख ७५ हजार मेगावाट पुर्याउने भारतको लक्ष्य छ । जसमा १ लाख मेगावाट सौर्य विद्युत र ६० हज...