पर्यटन उद्योगमा अर्बौ चिनियाँ लगानी : सबै कारोबार गैरकानुनी
साना परियोजनामार्फत् चिनियाँ लगानी बढ्नु नै शंकास्पद
काठमाण्डौ, २६ असार –
कोरोना महामारीका कारण अहिले नेपालको होटल तथा पर्यटन क्षेत्र सबैभन्दा बढी तहसनहस बनेको छ। तर, चिनियाँ लगानीकर्ता यही क्षेत्रमा बढी आकर्षित भएका छन्। नेपालमा सम्भावना न्यून रहेको भनिएको क्षेत्रमा साना परियोजनामार्फत् चिनियाँ लगानी बढ्नु नै शंकास्पद छ। यसतर्फ समयमै नेपाल सचेत हुनुपर्छ। कोरोनापछि नेपालमा सबैभन्दा अप्ठ्यारो अवस्थामा पुगेको पर्यटन क्षेत्रमा चीनको आकर्षण बिना कारण किन बढ्यो ? सिधै शंका पैदा हुन्छ, वैदेशिक लगानीका क्षेत्रमा अध्यन गर्नेको बुझाई छ।
पर्यटन व्यवसायी पछिल्लो समय नेपालमा भारतीयको तुलनामा चिनियाँ पर्यटकको संख्या बढिरहेको स्वीकार गर्छन्। उनीहरुका अनुसार अहिले नेपालमा चिनियाँ पर्यटकको हिस्सा १५ प्रतिशत भन्दामाथि छ। उनीहरुलाई ...









