Saturday, April 18सत्यम खबर
Shadow

चिनको अबरोधको कारण पारवहन सम्झौता अझै कार्यनयन भएन

काठमाण्डौ, २६ असार –नेपाल र चीन बिच ब्यापार तथा पारबहन सम्झौता भएको छ बर्ष पूरा भैसक्दा पनि चीन सरकारको अबरोधको कारण अझै कार्यनयनमा आउन सकेको छैन ।

चीन हुँदै नेपालले तेस्रो मुलुक हरु सङ ब्यापार गर्न पाउने सुबिधा समेटिएको उक्त सम्झौताले चीन सरकारको अनिच्छाले गर्दा नेपालले उपयोग गर्न पाउने सुबिधा समेटिएको उक्त सम्झौता अहिले सम्म ब्यबहारिक रूपमा प्रयोग गर्न पाएको छैन ।

कोभिड १९ र आफ्नो निहित स्वार्थको लागि चीन सङका मुख्य नाकामा चिनले लगातार अबरोध गरेको कारण सो नाकाहरु बाट हुने ब्यापार नै सहज हुन सकिरहेको छैन ।पारबहन सन्धी चाहिँ गर्ने तर अबरोध पनि गर्ने चिनको दोहोरो चरीत्रले नेपालले ठूलो नोक्सानी बेहोरी रहेको छ।पारबहन सम्झौता अनुसार नेपालले चिनका ल्हासा,लान्झाउ र सिगात्से गरि तीस सुख्खा बन्दरगाह र तियान्जेन,लियान्युझ्याङ ,झाइजिङ्ग सेन्जेन गरि चार समुन्द्रीक बन्दरगाह प्रयोग गर्ने प्राभाधान छ तर नेपालले सम्झौता भएको छ बर्ष सम्म यी मध्ये कुनै पनि बन्दरगाह अहिले सम्म उपयोग गरेर ब्यापार गर्न सकेको छैन।

चीन सरकारको यो बाहाना र त्यो बाहानामा नेपालले सधै उत्तरी छिमेकीबाट दुख झेली रहेको छ।सम्झौता पनि गर्ने र पछि गयर प्रयोग गर्न नदिनु चिनको नेपाल प्रतिको हेपाह प्रबृत्ति हो।नेपालले पहिलो पटक २०७२ चैत ८ गते चीन सङ यस्तो सम्झौता हस्ताक्षर गरेको थियो।सम्झौता कार्यनयनमा लान २०७५ भदौ २२ गते दुई देशका सरकारी प्रतिनिधि बिच कार्यबिधिमा सहमती समेत भएको थियो। ( हाम्रो पाना)

Leave a Reply

Your email address will not be published. Required fields are marked *