
नेपालगन्ज, ७ साउन – कोरोना कालको पीडाबाट थल परेका सर्वसाधारण जनतालाई हाल जताबाट पनि ठगिने र लुटिने कार्य हुँदा समेत सम्बन्धित पक्ष मौन बसिरहेको पाईएको छ ।
नेपालगन्ज वडा नं. ४ सदरलाईन स्थित रहेको निगम सपिङ्ग पैलेसबाट सर्वसाधारण जनता ठगिएको जानकारी प्राप्त भएको छ । आज शनिबार बिहान २ जना लेडिजहरु घरमा प्रयोग हुने चप्पल, सैण्डिल खरीद गर्न उक्त पसलमा जाँदा अन्य पसलमा ३५० रुपैयाँमा पाउने सामान उक्त पसलमा १३५० मा बिक्री गरिरहेको बताएका छन् ।

नाम नलेख्ने सर्तमा उनले भने यस्तो ठग धन्दा नेपालगन्जको मुटु सदरलाईनमा हुँदा समेत प्रहरी प्रशासन मौन भएर बसिरहेका छन् । हामीले सोही सैण्डिल न्यूरोड फुटपातको एउटा पसलबाट खरीद गर्दा जम्मा ३५० रु. मात्र तिर्नु परेको बताए ।

यसैगरी निगम सपिङ्ग पैलेस कै आसपास बसेका व्यापारीहरु स्वयं निगम सपिङ्गका सञ्चालकले ग्रहकलाई गर्ने व्यावहार समेत रुखो भएको बताए । सफिक (नाम परिवर्तन) का अनुसार निगम सञ्चालक दाजु–भाई दुबै रुखो व्यवहारका धनी छन् । त्यति मात्र नभई अरु स्थानमा पाउने चप्पल, जुत्ता, सैण्डिल लगायत सामान महँगो दररेटमा बिक्री गरिरहेको हामी दैनिक हेर्ने गर्छौ तर हामी केही बोल्द सक्दैनौं, त्यसको लागि सम्बन्धित प्रशासनमार्फत अनुगमन हुनु पर्ने हो तर हुँदैन किन ? भन्ने प्रश्न समेत उनले गरे ।
