Monday, June 29सत्यम खबर
Shadow

श्रम/रोजगार

भारतीय सेनाध्यक्ष पाण्डे र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

भारतीय सेनाध्यक्ष पाण्डे र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २१ भाद्र – नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज पाण्डेले प्रधानमन्त्री शेर बहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा नेपाल भारत सैन्य सम्बन्धमा बारेमा चर्चा भएको थियो । भेटमा भारतीय सेनाले नेपाली सेनालाई गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा दुई देशबीचको सहकार्य जारी रहने विश्वास प्रधानमन्त्रीले व्यक्त गरेका थिए । त्यस्तै भारतका सेनाध्यक्ष पाण्डेले नेपालसँग सहकार्यको लामो समय भएको भन्दै खुसी व्यक्त गरेका थिए । यसअघि सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको थियो । उनले नेपाली सेनालाई सहयोग स्वरूप विविध सामग्रीहरू हस्तान्तरण गरेका थिए ।...
चीनमै रोकिए पाँच सय कन्टेनर

चीनमै रोकिए पाँच सय कन्टेनर

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २१ भाद्र – चीनले कोभिडको कारण देखाउँदै एकतर्फी रूपमा प्रमुख दुई व्यापारिक नाका बन्द गरेपछि नेपाल आउन लागेका करिब पाँच सय कन्टेनर उतै रोकिएका छन् । चिनियाँ पक्षले पूर्व जानकारी नदिई रसुवागढी र तातोपानी नाका बन्द गर्दा नेपाल आउन लागेका मालवाहक कन्टेनर चीनतर्फ रोकिएको हिमालय सीमापार वाणिज्य संघले जनाएको छ। संघका महासचिव भरत कार्कीका अनुसार लत्ताकपडा, मोबाइल, जुत्ताको कच्चा पदार्थ, ओखर, मल, स्याउ, अदुवा, लसुनलगायत सामग्री बोकेका ट्रक, कन्टेनर नेपाल आउन नपाएर रोकिएका हुन् । चीनले पूर्व सूचना नदिई एक्कासि नाका बन्द गरेपछि करिब चार सय ८० मालवाहक ट्रक रोकिएका छन्,’ कार्कीले भने, ‘टकमा दसैँलक्षित सामान छन् ।ु सिगात्सेमा कोरोना संक्रमण देखिएपछि चीनले साउन २५ गतेदेखि नाका बन्द गरेको छ ।’नागरिक दैनिकबाट...
प्रधानसेनापति शर्मा र भारतीय स्थल सेनाध्यक्ष पांडेबीच भेटवार्ता

प्रधानसेनापति शर्मा र भारतीय स्थल सेनाध्यक्ष पांडेबीच भेटवार्ता

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २१ भाद्र – प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय स्थल सेनाध्यष मनोज पांडेबीच भेटवार्ता भएको छ। सैनिक मुख्यालय जङ्गी अड्डामा भेटवार्ता भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले बताएका छन्। भेटवार्तामा दुई देशका सेना प्रमुखबीच द्विपक्षीय हित, सैन्य सहयोग लगायतका विषयमा छलफल भएको जनाइएको छ । नेपालको पाँच दिने भ्रमणको सिलसिलामा भारतीय स्थल सेनाध्यक्ष पांडे आइतबार काठमाडौं आइपुगेका हुन् ।...
वडा नं. ४ को १०० दिन….

वडा नं. ४ को १०० दिन….

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
सकिल अहमद राईनेपालगन्ज २१ भाद्र – बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ वडा कार्यालयको आयोजनामा कार्यालय परिसरमा १०० दिने प्रगति कार्य तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष गोपाल पुनले निर्वाचित भएपछि १०० दिनमा सम्पन्न गरेको १६ वटा बिकासका कार्यहरु पत्रकार भेट्घाट कार्यक्रममा सार्बजनिक गरेका हुन । शिक्षा, स्वास्थ्य, बाताबरण, सरसफाई र विविध शिर्षकमा गरि १६ वटा बिकास का कार्यहरु जसमा नेपालगन्ज कन्या मा.बि., अनाथालय गौसियामा बि.मा. बिद्यार्थी भर्ना अभियान सञ्चालन, गौसिया मा.बि. का बिपन्न बर्गका बिद्यार्थीहरुलाई निःशुल्क ड्रेसको ब्यवस्थापन, दुई पटक स्वस्थ्य शिविर सञ्चालन, डेङगु ज्वारो निर्मुल पार्ने सचेतना मुलुक कार्यक्रम सञ्चालन, एक हजार जनालाई प्रति ब्यक्ति दुई वटाका दरले दुई हजार बिरुवा बितरण, कन्या मा.बि., बासपार्क र चिल्...
धर्म, सम्प्रदाय होइन अब विकास रसमृद्धिको राजनीति गरौं : मन्त्री इश्तियाक राई

धर्म, सम्प्रदाय होइन अब विकास रसमृद्धिको राजनीति गरौं : मन्त्री इश्तियाक राई

अवधी, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ भाद्र – भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले अब विकासको राजनीति गर्नुपर्ने बेला भएको बताएका छन् । राजनीतिको नाममा धर्म र साम्प्रदायिकता भड्काउन उद्दत राजनीतिक दल तथा नेताहरूलाई उनले जनताको मन जित्नका लागि विकास र समृद्धिको राजनीति गर्न सुझाव दिएका हुन् । गृहजिल्ला बाँकेको डुडुवामा विभिन्न पुलहरूको शिलान्यास गर्दै उनले भने ‘अब धर्म र साप्रदायिकताको राजनीति छोड्नुस् । सक्नुहुन्छ भने विकास र समृद्धिको राजनीति गर्नुस् र जनताको मन जित्नुस् ।’चुनावका बेला आमनागरिकलाई भ्रममा पार्न र साम्प्रदायिकता भड्काउने गतिविधिहरू बढेको भन्दा त्यस्ता क्रियाकलाप गर्नेहरूबाट सचेत हुन पनि उनले आग्रह गरे । ‘यो क्षेत्रबाट धेरैले राजनीति गरे, धेरै नेता भए, सांसद भए । मन्त्रीहरू पनि भए, मन्त्री मात्रै होइन यही बाँके जिल्लाबाटै राजनीति गर्नेहरू प्रधानमन्त्री पनि भए’ उन...
मिडिया काउन्सिल बिधेयकका सम्बन्धमा भन्नैपर्ने केही कुरा

मिडिया काउन्सिल बिधेयकका सम्बन्धमा भन्नैपर्ने केही कुरा

आस्था, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, सूचना-प्रबिधि
मितिः २०७९ भाद्र २१ गते, मंगलबारडा. केशव देवकोटा नेकां र माओवादी केन्द्रसहितको बर्तमान सरकारले आगामी मंसिर चारगतेका लागि आफैले निर्वाचनको मिति घोषणा गरेर आफूलाई काम चलाउ बनाइसकेको अवस्थामा देशलाई दीर्घकालीनरुपले असर गर्ने ऐन कानून बनाउन र बिभिन्न निर्णयहरुगर्न सक्रिय रहेको देखिएको छ । जसले जनमानस र राजनीतिक क्षेत्रमासमेत राम्रो सन्देश दिइरहेको छैन । यो लोकतन्त्रको विश्वब्यापि मूल्य, मान्यता र आदर्श बिपरितको कुरा हो । सरकारमा बस्नेहरुले आफ्ना काम, कर्तब्य र अधिकारहरुलाई नजरअन्दाज गरेपनि अरुले त्यसप्रति ध्यान केन्द्रित गरिरहेका छन् । जसको फैसला आगामी चुनावमा नेपाली जनताले गर्ने कुरा हुन्छ । बर्तमान सरकारले चालेकामध्येको पछिल्लो कदम मिडिया काउन्सिल बिधेयक संसदबाट पारित गराउने कुरा रहेको छ । नेपालको संविधान २०७२ ले प्रस्तावनामै ‘पूर्ण प्रेस स्वतन्त्रता’ प्रत्याभूत गरेकाले जुनसुकै नाम दि...
सड्क विस्तार तथा नाली निर्माणका लागि अबैध संरचना हटाईदै : नगर प्रमुख शाह

सड्क विस्तार तथा नाली निर्माणका लागि अबैध संरचना हटाईदै : नगर प्रमुख शाह

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
कपिलवस्तु, ११ भाद्र - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको मुटु भनेर चिनिने कृष्णनगर बजार भित्र सड्क विस्तार तथा नाली निर्माण कार्यले तिब्रता लिएको देखिन्छ l कृष्णनगर बजार भित्र लामो समयदेखि सड्क कालोपत्रे र नालि निर्माण नहुनाले बर्षेनी कृष्णनगरका जनता बर्षात लगायत आवत जावत तथा विभिन्न ठाउँबाट बजार गर्न आउनेहरूले समस्या भोग्दै आएका थिए l सोही कुरालाई मध्यनजर गर्दै पहिलोपटक स्वतन्त्र रूपमा कृष्णनगर नगरपालिकाको मेयरमा निर्वाचित भएका रजतप्रताप शाहले विकासका कार्यक्रम निरन्तर अगाडि बढाउँदै आएका थिए l सोही क्रममा दोस्रो पटक पुनः निर्वाचित भएका मेयर शाहले चुनाव अगाडि कृष्णनगर बजारलाई सड्क नाली लगायत बजार व्यवस्थापन गर्न आफू प्रतिबद्ध रहने जनता समक्ष वाचा गरे अनुसार नै कृष्णनगर बजारमा तिब्र गतिले सड्क निर्माण तथा नाली निर्माण कार्यले तिब्रता लिएको स्थानीय राजन गुप्ताले बताए l कृष्णनगर...
भारतले बनाउदै फुकोट–कर्णाली र मुगु–कर्णाली जलविद्युत् आयोजना

भारतले बनाउदै फुकोट–कर्णाली र मुगु–कर्णाली जलविद्युत् आयोजना

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १० भाद्र – सात सय ५० मेगावाटको पश्चिम सेती र चार सय ५० मेगावाटको सेती नदी–६ जलविद्युत् आयोजना बनाउने गरी बिहीबार मात्रै समझदारी गरेको भारतीय कम्पनी एनएचपिसीले नेपालका थप दुई ठूला आयोजना पनि बनाउने गरी आवेदन दिएको छ, त्यसमध्ये फुकोट–कर्णालीबारे लगानी बोर्डले छलफलसमेत अघि बढाएको छ हालै सात सय ५० मेगावाटको पश्चिम सेती र चार सय ५० मेगावाटको सेती नदी–६ जलविद्युत् आयोजना बनाउन लगानी बोर्डसँग समझदारी गरेको भारतीय कम्पनी एनएचपिसी नेपालका थप दुई ठूला जलविद्युत् आयोजना बनाउन पनि इच्छुक देखिएको छ । चार सय ८० मेगावाटको फुकोट–कर्णाली अर्धजलाशय र एक हजार नौ सय दुई मेगावाटको मुगु–कर्णाली जलाशययुक्त आयोजना बनाउन एनएचपिसी इच्छुक देखिएको हो ।कम्पनीले गत बिहीबार मात्रै पश्चिम सेती र सेती नदी–६ आयोजना बनाउन लगानी बोर्डसँग समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरिसकेको छ । त्यसबाहेक फुकोट–कर्णाली र मुग...
चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरु समस्यामा

चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरु समस्यामा

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १० भाद्र –दशैंको मुखैमा चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरु समस्यामा परेका छन् । नेपालीहरुको महान पर्व दशैं तथा तिहार नजिकिएको बेला नाकामा सामानहरु रोकिए पछि व्यवसायीहरु चिन्तित बनेका हुन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले नाकामा देखिएको समस्या कुटनीतिक पहलबाट समाधान गर्न सरकारसँग अनुरोध गरेको छ । आइतबार महासंघका अध्यक्ष कुमार कार्कीले प्रेस विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्न अनुरोध गरेका छन् ।सिमानामा यहीँ किसिमको अवरोध रहने हो भने धेरै उद्योगी–व्यवसायीहरु पलायन हुन सक्ने खतरा बढेको भन्दै समयमै यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरिएको छ ।...
भारतीय धार्मिक पर्यटक जनकपुरमा बढ्दै

भारतीय धार्मिक पर्यटक जनकपुरमा बढ्दै

आर्थिक, आस्था, धार्मिक, प्रदेश २, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १० भाद्र –जनकपुर–जयनगर रेल सञ्चालनमा आएसँगै नेपालमा तीर्थयात्रा गर्ने भारतीय यात्रुहरुलाई सहज भएको छ । नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल नियमित सञ्चालन हुन थालेपछि नेपालमा धार्मिक पर्यटकका साथै अन्य पर्यटकहरुलाई पनि आवतजावतका लागि सहज बनेको हो । वि.सं २०७८ चैत्र १९ गते प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रुपमा सीमापार रेल सेवाको शुभारम्भ गर्नुभएको थियो । सन् २०७१ देखि रेल मार्ग स्तरोन्नति गर्ने हेतुले भारतले रेल सेवा पूर्ण बन्द गरेको थियो । गत चैत्रबाट रेल सेवा पुनः सञ्चालनमा आएसँगै पशुपतिनाथको दर्शन गर्न आउने भारतीय पर्यटकहरुलाई सहज भएको छ । रेल सञ्चालनमा आएसँगै भारत र नेपालबीच जनकपुर हुँदै भारत जाने र आउनेहरुका लागि यातायातको सेवा व्यवस्थित बनेको यात्रुहरु बताउँछन् । दिनमा दुईपटक मात्रै चल्ने भएकोले केही समस्या भएको र...