Monday, April 27सत्यम खबर
Shadow

वडा नं. ४ को १०० दिन….

सकिल अहमद राई
नेपालगन्ज २१ भाद्र – बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ वडा कार्यालयको आयोजनामा कार्यालय परिसरमा १०० दिने प्रगति कार्य तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष गोपाल पुनले निर्वाचित भएपछि १०० दिनमा सम्पन्न गरेको १६ वटा बिकासका कार्यहरु पत्रकार भेट्घाट कार्यक्रममा सार्बजनिक गरेका हुन ।


शिक्षा, स्वास्थ्य, बाताबरण, सरसफाई र विविध शिर्षकमा गरि १६ वटा बिकास का कार्यहरु जसमा नेपालगन्ज कन्या मा.बि., अनाथालय गौसियामा बि.मा. बिद्यार्थी भर्ना अभियान सञ्चालन, गौसिया मा.बि. का बिपन्न बर्गका बिद्यार्थीहरुलाई निःशुल्क ड्रेसको ब्यवस्थापन, दुई पटक स्वस्थ्य शिविर सञ्चालन, डेङगु ज्वारो निर्मुल पार्ने सचेतना मुलुक कार्यक्रम सञ्चालन, एक हजार जनालाई प्रति ब्यक्ति दुई वटाका दरले दुई हजार बिरुवा बितरण, कन्या मा.बि., बासपार्क र चिल्ड्रेन पार्कमा बृक्षरोपण कार्यक्रम सञ्चालन, ठुला तथा मझौला नाला सरसफाइ, सप्ताहिक सरसफाई कार्यक्रम, हाम्रो वडा राम्रो वडा अभियान नियमित रुपमा सञ्चालन भइरहेको, उच्छृंखल, बिकृती जन्य गातिबिधीलाई निर्मुल पार्न वडा प्रहरी र न्युरोड टोल बिकास समितिसंग समन्वय गरि बिशेष गस्ती अभियान सञ्चालन, हारितालिका तिजको अवसरमा निलसागर वृद्धआश्रममा रहेका बालबालिका र जेष्ठ नागरिकहरुलाई खाना खुवाउने, सामाजिक सदभाबको शहर नेपालगन्जमा विभिन्न चाडबर्प बकरा इद, मोहरर्म कृष्ण जन्माष्टमि, गणेश चतुर्थी जस्ता पर्वमा पानी र फलफूल बितरण, उज्यालो वडा बनाउनको लागि विधुत कर्मचारी नियुक्त गरि विशेष उज्यालो अभियान सञ्चालन जस्ता यी बिकासका कार्यहरु सप्पन्न भएको कुरा बताएका छन् ।


उक्त कार्यक्रममा वडाका जनप्रतिनिधि, कर्मचारी, पत्रकार र वडाबासी गरि जम्मा ३८ जनाको सहभागी रहेको थियो । कार्यक्रमको सहजीकरण नागरिक सहायता कक्षाकी सहजकर्ता सुशिला थारुले सञ्चालन गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *