Tuesday, June 30सत्यम खबर
Shadow

श्रम/रोजगार

धान, चामलमा कर लगाउने भारतीय निर्णय फिर्ता लिन उद्योगीहरुको माग

धान, चामलमा कर लगाउने भारतीय निर्णय फिर्ता लिन उद्योगीहरुको माग

आर्थिक, प्रदेश २, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
वीरगञ्ज, २८ भाद्र –भारतले धान र चामल निर्यातमा २० प्रतिशत कर लगाउने निर्णयको वीरगन्जका उद्योगी व्यवसायीले विरोध गरेका छन् । भारतीय खाद्य मन्त्रालयको सिफारिसमा त्यहाको अर्थ मन्त्रालय अन्तर्गतको राजश्व विभागले शुक्रबार देखि लागु हुने गरि धान र चामल निर्यातमा २० प्रतिशत कर लगाउने निर्णय गरेको हो । यस्तै भारतले कनिकाको निर्यातमा भने प्रतिबन्ध नै लगाएको छ ।यसअघि भारतबाट हुने चामल र धानको निर्यातमा भन्सार कर लाग्दैनथ्यो । पश्चिम बंगाल, उत्तर प्रदेश सहित केही राज्यमा वर्षाको कमीका कारण यो बर्ष भारतमा धानको उत्पादनमा निक्कै कमी आएको भारतले धान र चामलको निर्यातमा २० प्रतिशत कर लगाउने निर्णय गर्नुका साथै कनिकाको निर्यातमा प्रतिबन्ध लगाएको हो । विश्वमा धान उत्पादनमा भारत ,चीन पछिको दोस्रो ठूलो मुलुक हो । भारतले चामल र धानको निर्यातमा एकै पटक २० प्रतिशत कर लगाएपछि यसले नेपालमा खाद्यान्नको...
चीनमा देखिएको तापलहरले लिथियम ब्याट्रीको विश्वव्यापी आपूर्तिचक्र नै प्रभावित

चीनमा देखिएको तापलहरले लिथियम ब्याट्रीको विश्वव्यापी आपूर्तिचक्र नै प्रभावित

आर्थिक, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २८ भाद्र –चीनका विभिन्न क्षेत्रमा देखिएको तापलहरका कारण सौर्य उर्जाका लागि आवश्यक लिथियम ब्याट्री र सोलर प्यानलेको विश्वव्यापी आपूर्तिचक्रमा ठूलो दबाब परिरहेको पाइएको छ । हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनको सिचुआन प्रान्तमा देखिएको तापलहरका कारण सरकारले कारखाना बन्द गर्न निर्देशन दिएसँगै त्यहाँ रहेका कारखानाको काम ठप्प भएको छ । बिजुली जोगाउन भन्दै चीन सरकारले तापलहरका बेला औद्योगिक उत्पादन बन्द गराएको हो । यस्ता कारखानाहरुले आफूहरुले सरकारी निर्देशन पालना गरिरहेको साउथ चाइना मर्निङ पोस्टलाई जानकारी दिएका छन् । यसका कारण ती कारखानाहरुले लिथियम र पोलिसिलिकनको उत्पादन प्रभावित भएको जनाएका छन् । चीन विश्वकै सबैभन्दा ठूलो लिथियम ब्याट्री उत्पादक मुलुक हो ।...
नेपालगन्जमा नयाँ प्रमुख प्रशासकीय अधिकृत

नेपालगन्जमा नयाँ प्रमुख प्रशासकीय अधिकृत

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज,२८ भाद्र – नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा हुनुभएका शिवप्रसाद रिजाल सोमबार कार्यालयमा हाजिर हुनु भएको छ ।रिजाललाई नगरप्रमुख प्रसान्त बिष्ट, उपप्रमुख कमरुद्दिन राई लगायत अन्य जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत रिक्त भएको डेढ महीनापछि रिजाल सरुवा भइ आउनु भएको हो । रिजालले करिब १५ बर्ष स्थानिय तह र स्थानिय निकायमा लेखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्थानीय बिकाश अधिकारी, जिल्ला समन्वय अधिकारीको रूपमा काम गरेको अनुभव छ ।पछिल्लो पटक उहाँ कास्कीको सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँको स्थायी घर पर्बत हो ।...
बोर्ड सदस्य पाैडेलको बिदाई !

बोर्ड सदस्य पाैडेलको बिदाई !

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
खजुरा, २६ भाद्र - कपास बिकास समिती सञ्चालक समिती सदस्य तथा अर्थमन्त्रालयका प्रतिनिधि राजस्व कार्यलय बाँकेका प्रमुख सरद चन्द्र पौडेललाई कपास विकास समितिले आज आईतबार एक समारोहका बिच बिदाई गरिएकाे छ । झन्डै दुई वर्ष राजस्व कार्यालय नेपालगन्जको प्रमुखका रुपमा कार्य सम्पादन गर्नु भएका पौडेललाई अर्थ मन्त्रालयले कपास विकास समिती सञ्चालक समिती सदस्यको समेत जिम्मेवारी प्रदान गरेको थियो । कपास बिकास समितिद्वारा आयोजित उक्त कार्यक्रम समितिका अध्यक्ष हेमन्तराज काफलेको अध्यक्षतामा कार्यकारी निर्देशक बुद्ध थापा घर्ती सहित कर्मचारीहरुको उपस्थिति रहेको थियो । बोर्ड सदस्य पौडेलले आफूले सुरुमा कपासको बिजोग अवस्था देख्दा आँखाबाट आँसु झरेको स्मरण गर्दै राज्यको यति ठूलो सम्पत्तिको हामी सबैले संरक्षण गर्नु पर्ने दायित्व रहेको बताउनु भयो । कपास विकास समितिलाई दुई वर्षको बिचमा नजिकबाट नियाल्ने मौका पाएको...
ठेक्का पाएपछि कामै नगरि सरकारलाई नोक्शानमा पार्दै चिनियाँ कम्पनीहरु

ठेक्का पाएपछि कामै नगरि सरकारलाई नोक्शानमा पार्दै चिनियाँ कम्पनीहरु

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २३ भाद्र –नेपालमा ठूला आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीहरुले हात पार्नु सामान्य जस्तै भएको छ । विशेषगरी सडक आयोजनाहरुमा चिनियाँ कम्पनीहरुले निर्माणको जिम्मेवारी पाइरहेका छन् । कतिपय प्रि क्वालिफिकेशनमा अन्य कम्पनीलाई रोक्न सफल भएर एक्लो प्रतिष्पर्धी बनेर ठेक्का पाउन सफल भइरहेका छन् । फाष्ट ट्रयाकका विभिन्न प्याकेज, बुटवल नारायणगढ सडकखण्ड होस् या मेलम्ची खानेपानी आयोजना सम्बन्धी विभिन्न निर्माणमा नै किन नहुन् चिनियाँ कम्पनीले ठेक्का हात पार्न सकेका छन् । तर, उनीहरुले समयमा निर्माण नसक्ने देखि नेपाल सरकारलाई नोक्शानीमा पार्ने गतिविधिलाई बढावा दिएका छन् । फाष्ट ट्रयाकमा चिनियाँ कम्पनीको काममाथि प्रश्न उठेर एकपटक निलम्बन गरिसकिएको छ । बुटवल नारायणगढ सडक खण्डमा पनि काम निकै सुस्त छ । यही गतिमा काम बढेमा अझै पाँच वर्षमा निर्माण पूरा नहुने छाँट छ । पछिल्लो समय काठमाड...
नाकाबन्दीले ५०० कन्टेनर अलपत्र

नाकाबन्दीले ५०० कन्टेनर अलपत्र

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २३ भाद्र –चिनियाँ नाकाबन्दीका कारण सीमा नाकामा ५०० भन्दा बढी नेपाली सामान बोकेका कन्टेनरहरू अलपत्र परेका छन्। दसैँ तिहारका लागि ल्याइएका सामानहरू उत्तरी सीमामा अलपत्र परेपछि नेपाली व्यापारीहरू सङ्कटमा पुगेका हुन्।अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्नुपर्ने अवस्था आएमा एक पक्षले अर्को पक्षलाई कारणसहित जानकारी गराउनु पर्ने भए पनि चीनले भने नेपालसँग कुनै परामर्श नगरी एकतर्फी रूपमा सीमा नाका बन्द गरेको छ। चीनले सीमा नाका बन्द गरेको विषयमा सरकारले सामान आयात ठप्प भएपछि मात्रै जानकारी पाएको हो। साउन २४ गते चीन प्रस्थान गरेका परराष्ट्र मन्त्री डा। नारायण खड्काले २५ साउनमा चिनियाँ विदेश मन्त्री वाङ यीसँगको भेटका क्रममा पनि नेपाल(चीन सीमा नाकालाई पूर्णरुपमा सञ्चालन गर्ने विषयका कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जानकारी गराएको थियो। परराष्ट्र मन्त्रालयले साउन २६ मा जारी गरेको विज्...
नेपाली स्याउले बजार पाउँदैन, चीन र भारतबाट एकै महिना पौने ७० करोडको स्याउ नेपाल भित्रन्छ

नेपाली स्याउले बजार पाउँदैन, चीन र भारतबाट एकै महिना पौने ७० करोडको स्याउ नेपाल भित्रन्छ

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २२ भाद्र – नेपालमा उत्पादन हुने स्याउले बजार नपाएर खेर गइरहँदा विदेशबाट भने एकै महिना करोडौं मूल्यको स्याउ नेपाल भित्रने गरेको छ । मनाङ, मुस्ताङ लगायतका जिल्लामा उत्पान हुने स्याउ बजारसम्म पुर्याउन नसक्दा बोटमै कुहिने गरेको समाचार बारम्बार मिडियामा आउँछन् । ढुवानीको राम्रो व्यवस्था नहुँदा नेपाली स्याउले उपयुक्त बजार पाउन सकेको छैन । तर, विदेशबाट भने दैनिक दुई करोड रुपैयाँभन्दा बढीको स्याउ नेपाल आउने गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा मात्र विभिन्न देशबाट नेपालमा ६९ करोड ८७ लाख ३८ हजार रुपैयाँको स्याउ भित्रिएको छ । सो मूल्यमा ९२ लाख १० हजार ८९९ केजी स्याउ साउन महिनामा नेपालले विभिन्न देशबाट आयात गरेको छ । नेपालमा स्याउ चीन र भारतबाट आउने गरेको छ । गत साउन महिनामा चीनबाट २६ करोड ३७ लाख ७८ हजार रुपै...
कोरोनाका नाममा नेपाली व्यापारीलाई दु:ख नदिन चीनलाई नेपालको पत्र

कोरोनाका नाममा नेपाली व्यापारीलाई दु:ख नदिन चीनलाई नेपालको पत्र

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २२ भाद्र –विगत ३० महिनादेखि नेपालसँगको सीमामा चीनले आंशिक र पूर्ण प्रतिबन्ध लगाउँदै चीनलाई नेपाल सरकारले पत्र पठाएको छ। उद्योग मन्त्रालयले परराष्ट्रमार्फत विगत तीन सातादेखि पूर्णरुपमा ठप्प पारेको नाका खुलाउनका लागि आग्रह गर्दै चिनियाँ दूतावासलाई पत्र पठाएको हो। सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको वुहानमा देखिएको कोरोना प्रकोपले महामारीको रुप लिएपछि चीनले नेपालतर्फका नाकामा अघोषित नाकाबन्दीलाई निरन्तरता दिएको हो। कोरोना महामारी सामान्य बन्दै गए पनि नेपालसँगको सीमा नाका नखोलेपछि नेपाल सरकारले पटक-पटक नाका सहज गरिदिन आग्रह गर्दै आएको थियो। चीनले नाका ठप्प पारेपछि नेपाली व्यापारीले तीज, दसैं र जाडोयामलाई केन्द्रित गरी ल्याएका अर्बौं रकम बराबरका सामान चिनियाँ क्षेत्रमै अड्किएका छन्। नेपालीले चीनबाट विशेषगरी लुगाकपडा, भाँडाकुँडा, इलेक्ट्रिकल सामान र हाइड्रोका सामान ल्याउने ग...
चिनियाँ नाकाबन्दीले ५०० कन्टेनर अलपत्र, राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्न माग

चिनियाँ नाकाबन्दीले ५०० कन्टेनर अलपत्र, राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्न माग

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २२ भाद्र –चिनियाँ नाकाबन्दीका कारण सीमा नाकामा ५०० भन्दा बढी नेपाली सामान बोकेका कन्टेनरहरू अलपत्र परेका छन्। दसैँ तिहारका लागि ल्याइएका सामानहरू उत्तरी सीमामा अलपत्र परेपछि नेपाली व्यापारीहरू सङ्कटमा पुगेका हुन्। अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्नुपर्ने अवस्था आएमा एक पक्षले अर्को पक्षलाई कारणसहित जानकारी गराउनु पर्ने भए पनि चीनले भने नेपालसँग कुनै परामर्श नगरी एकतर्फी रूपमा सीमा नाका बन्द गरेको छ। चीनले सीमा नाका बन्द गरेको विषयमा सरकारले सामान आयात ठप्प भएपछि मात्रै जानकारी पाएको हो। साउन २४ गते चीन प्रस्थान गरेका परराष्ट्र मन्त्री डा. नारायण खड्काले २५ साउनमा चिनियाँ विदेश मन्त्री वाङ यीसँगको भेटका क्रममा पनि नेपाल-चीन सीमा नाकालाई पूर्णरुपमा सञ्चालन गर्ने विषयका कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जानकारी गराएको थियो। परराष्ट्र मन्त्रालयले साउन २६ मा जारी गरेको ...
उत्कृष्ट सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थाको सम्मान

उत्कृष्ट सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थाको सम्मान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज २२ भाद्र – नेपालगन्ज उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७८÷०७९ मा उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गरि गुणस्तरीय सेवा प्रदान गरे बापत उत्कृष्ट स्वास्थ्य संस्थालाई सम्मान गरेको छ ।नगर प्रमुख प्रशान्त विष्ट, उप–प्रमुख कमरुद्धिन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा, वडा अध्यक्ष लगायतका जनप्रतिनिधीहरुको सहभागिता सम्पन्न गत आवको बार्षिक प्रगति समीक्षा गोष्ठीमा सर्बोत्कृष्ट हुने नेपालगन्ज १३ स्थित उदयपुर स्वास्थ्य चौकी, द्धितिय हुने नेपालगन्ज १४ स्थित भवानियापुर स्वास्थ्य चौकी र तेश्रो हुने नेपालगन्ज २३ स्थित सहरी स्वास्थ्य क्लिनिकलाई सम्मान गरिएको हो । नगर प्रम्ुख विष्ट र उपप्रमुख राईले आम नगरबासीले बिश्वास गर्ने गरि सेवा प्रवाह गर्न सबै स्वास्थ्य संस्थाका प्रमुखहरुलाई आग्रह गर्नुभयो । गोष्ठीमा नेपालगन्ज उपमहानगरपालिका मातहत सञ्चालित २३ वटै स्वास्थ्य संस्थाले गत आ...