पश्चिम सेती र सेती-६ जलविद्युत् आयोजना भारतीय कम्पनीलाई
काठमाण्डौ, १० भाद्र –पश्चिम सेती जलविद्युत् आयोजना र सेती-६ को सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड र भारतीय कम्पनी एनएचपीसी लिमिटेडबीच सम्झौता भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा उक्त सम्झौता भएको हो । समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट र एनएचपीसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक एके सिंहले हस्ताक्षर गरेका हुन् । समझदारीपत्रअनुसार प्रस्तावकले पश्चिम सेती जलविद्युत् परियोजना सर्वेक्षण अनुमतिपत्रका लागि हस्ताक्षर भएको मितिले ४५ दिनभित्र आवेदन दिनुपर्नेछ । सेतीनदी-६ परियोजनाका लागि भने ६ महिनाभित्र आवेदन गर्नुपर्नेछ ।
सर्वेक्षण अनुमति पाएको दुई वर्षभित्र विस्तृत परियोजना अध्ययन गरी लगानी बोर्डमा प्रतिवेदन पेस गर्नुपर्नेछ। जसमा परियोजनाको भौगर्भिक, प्राविधिक, सामाजिक, आर्थिक तथा वातावरणीय पक्ष समेटिएको हुनुपर्छ । त्यस्तै, परियोजनाको अनुमानि...









