Monday, May 4सत्यम खबर
Shadow

सड्क विस्तार तथा नाली निर्माणका लागि अबैध संरचना हटाईदै : नगर प्रमुख शाह

कपिलवस्तु, ११ भाद्र – कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको मुटु भनेर चिनिने कृष्णनगर बजार भित्र सड्क विस्तार तथा नाली निर्माण कार्यले तिब्रता लिएको देखिन्छ l

कृष्णनगर बजार भित्र लामो समयदेखि सड्क कालोपत्रे र नालि निर्माण नहुनाले बर्षेनी कृष्णनगरका जनता बर्षात लगायत आवत जावत तथा विभिन्न ठाउँबाट बजार गर्न आउनेहरूले समस्या भोग्दै आएका थिए l सोही कुरालाई मध्यनजर गर्दै पहिलोपटक स्वतन्त्र रूपमा कृष्णनगर नगरपालिकाको मेयरमा निर्वाचित भएका रजतप्रताप शाहले विकासका कार्यक्रम निरन्तर अगाडि बढाउँदै आएका थिए l

सोही क्रममा दोस्रो पटक पुनः निर्वाचित भएका मेयर शाहले चुनाव अगाडि कृष्णनगर बजारलाई सड्क नाली लगायत बजार व्यवस्थापन गर्न आफू प्रतिबद्ध रहने जनता समक्ष वाचा गरे अनुसार नै कृष्णनगर बजारमा तिब्र गतिले सड्क निर्माण तथा नाली निर्माण कार्यले तिब्रता लिएको स्थानीय राजन गुप्ताले बताए l

कृष्णनगरको महेन्द्र पार्कदेखि भित्रि बजार सड्क कालोपत्रे तथा नाली निर्माण स्थानीय चुनाव अघि समपन्न भएको, मस्जिददेखि मूल बजारको सड्क संघिय योजना अनुसार निर्माण भइ रहेको तथा गल्लामण्डी सड्क तथा नाली निर्माण कार्य नगरपालिकाको लगानीमा निर्माणाधीन अवस्थामा रहेको जानकारी कृष्णनगर नगरपालिकाका इन्जीनियर प्रदिप चौधरीले जानकारी दिएका छन् l

यता कृष्णनगर नगरपालिका नगर प्रमुख शाहले विकासका हरेक कार्य यथासम्भव गर्ने तथा आफूले चुनावमा जनतासँग गरेका बाचाहरू पुरा गर्दै जाने तथा कृष्णनगर बजार भित्रका सड्क तथा नाली निर्माण कार्य चलिरहेको बताउँदै अबैध संरचनाहरू हटाई सड्क विस्तारिकरण भइरहेको तथा आफूले प्रदेश सरकार र केन्द्र सरकारसँग पहल गरेर कृष्णनगर नगरपालिकाको विकासका लागि हरेक सम्भव प्रयास गरिरहेको बताउँदै जनतालाई समेत विकास निर्माणका कार्यमा हातेमालो गर्न आग्रह गर्दै सुन्दर, शान्त र विकसित नगरपालिका बनाउन आ-आफ्नो स्तरबाट सबैको सहयोग अपरिहार्य रहने बताए l

Leave a Reply

Your email address will not be published. Required fields are marked *