चीन विरूद्ध रूपन्देहीमा व्यापारीद्वारा विरोध प्रदर्शन
भैरहवा, ३१ भाद्र - ऋणकाे प्रेसरले प्राण त्याग गरेका न्युराेड काठमाण्डाैंका व्यापारी सुदर्शन घिमिरेकाे घटनालाई लिएर रूपन्देहीमा प्रदर्शन गरिएकाे छ ।
ऋणमा रहेका व्यापारीकाे सामान चीनियाँ नाकामा राेकिएपछि ऋण तिर्न व्यावहार बिग्रियाे भन्दै न्युराेड रञ्जना मलमा व्यापार गर्दै आएका व्यापारी घिमिरेले गरेकाे आत्महत्या घटनामा चीन सरकार विरूद्ध नारावाजी गर्दै लुम्बिनीमा व्यापारीहरूले प्रदर्शन गरेका हुन् ।
चीनीयाँ नाका बन्दीका कारण व्यापारी घिमिरेले ज्यान गुमाउनु परेकाे भन्दै स्थानीय व्यापारीहरूले चीन सरकारकाे विराेध गर्नुका साथै नेपाल सरकारबाट क्षतिपुर्तिकाे माग गरेका छन् । चीन सरकार मुर्दाबाद, सरकार क्षतिपुर्ति देउ लगायतका नारा लगाएका थिए । चीन सरकारबाट स्वर्गीय घिमरेकाे परिवारलाइ क्षतिपूर्ति दिनुपर्ने मांग गरिएकाे थियाे ।
नेपालका बैंकबाट लिएकाे ऋण र व्याज बुझाउन बैंकहरूकाे ताकेताले तनाव दि...









