नेपालसँगको व्यापार ठप्प पारेर राजनीतिक हस्तक्षेपमा सक्रिय चीन
काठमाण्डौ, ३ असोज – चीनले नेपालको उत्तरी सीमा नाका बन्द गरेको ३० महिनाभन्दा बढी भइसकेको छ। १ अगस्ट १९५५ देखि सुरु नेपाल-चीन कूटनीतिक सम्बन्धले ६६ वर्षको अवधिमा चीनले पछिल्लो तीन वर्षभन्दा बढी समय नेपालको आर्थिक अवस्थालाई भने ठूलो धक्का दिएको छ।
साउन २२ गतेदेखि नेपालको उत्तरी सीमामा एकतर्फी रुपमा पूर्ण प्रतिबन्ध लगाएपछि दसैँ तिहारका लागि ल्याएका नेपाली व्यापारीहरूका सामान बोकेका ५०० भन्दा बढी कन्टेनरहरू चिनियाँ सीमा क्षेत्रमा नै अलपत्र परेका छन्। उक्त कन्टेनरमा भएका कयौँ कुहिने र म्याद सकिने वस्तु पनि रहेकोले त्यसले थप नोक्सानी व्यहोर्नुपर्ने अवस्था छ।
नेपालका दुई छिमेकीसँगको व्यापारमा तुलना गर्दा पनि चीनको भन्दा ठूलो योगदान भारतको रहेको छ। भारतले व्यापारको ६६ प्रतिशत हिस्सा ओगट्दा चीनले १४ प्रतिशत हिस्सा ओगटेको छ। तर, पछिल्लो एक महिनादेखि नाका पूर्ण ठप्प पार्दा पनि थप समस्या सिर्...









