Monday, April 20सत्यम खबर
Shadow

ब्लड बैंकको नयाँ भवन बन्ने भयो, डुडुवामा थप २ पुल शिलान्यास

नेपालगन्ज, ३० भाद्र – नेपालगन्ज स्थित ब्लड बैंकको आफ्नै सुविधासम्पन्न भवन बन्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले आज विहिबार भवनको शिलान्यास गर्नु भएको छ । यो भवन निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३ करोड रूपैयाँ विनियोजन गरिसकेको छ ।


अस्पताल हाताभित्र रहेको हालको जीर्ण भवन भत्काएर नयाँ बनाउन लागिएको सडक डिभिजन कार्यालय बाँकेले जनाएको छ । विनियोजित बजेट मध्ये ५ लाख रूपैयाँ नक्सा र डीपीआरका लागि खर्च गरिने छ । २ करोड ९५ लाख रूपैयाँ भवन निर्माणमा खर्चिने भएको छ ।
मन्त्रालयको निर्माण व्यवसाय प्रबर्द्धन शाखाका उपसचिव पशुपति पुरीका अनुसार निर्माण व्यवसाय विकास परिषद्को भदौ १३ गतेको निर्णयअनुसार नेपालगन्जमा ब्लड बैंकको नयाँ भवन बनाउन बजेट व्यवस्था भइसकेको छ ।
यसैबीच मन्त्री राईले आजै डुडुवा गाउँपालिका वडा नं ३ रमपुर्वामा र वडा नं ४, ५ को सिमानामा पर्ने मोहनदास बाबा कुट्टीमा दुई छुट्टाछुट्टै पुलको शिलान्यास पनि गर्नुभएको छ । यो पुल बनेमा त्यस क्षेत्रका बासिन्दालाई डुडुवा खोला आरपार गर्न सहज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *