नेपालगन्ज मै चार्टर्ड एकान्उटेन्सी (सिए) को पढाई सुरु
नेपालगन्ज, १४ जेठ – नेपालगन्ज स्थित इन्स्टिच्युट अफ बिजनेस म्यानेजमेन्ट (आई.बी.एम) ले यस क्षेत्रमा पहिलो पटक सिए कक्षा सञ्चालन गरेको छ । यस क्षेत्र कै वरिष्ट तथा अनुभवी चार्टर्ड एकाउन्टे्टहरुले आई.बी.एम सञ्चालनमा ल्याएका हुन् । लेखा, कर, लेखापरीक्षण, व्यवसायिक परामर्श जस्ता क्षेत्रमा दक्ष जन शक्ति उत्पादन गर्ने आई.बी.एम सञ्चालनमा ल्याइएको प्रबन्ध निर्देशक सिए सागर अधिकारीले जानकारी दिए । आज यस क्षेत्रमा सिए पढ्न इच्छुक विद्यार्थीहरूलाई सिए कोर्ष बारे जानकारी गराउने उद्देश्यले आई.बि. एम. ले ’क्यारियर काउन्सेल्लिङ’ सञ्चालन गरेको छ ।आई.बी.एम. मै सिए पढाई र नेपालगन्ज मै परीक्षा हुने भएकोले अब सिए अध्ययन गर्न काठमाण्डौ जानु पर्ने वाध्यताको अन्त भएको अर्का सञ्चालक सिए सन्तोष कडेंलले बताए ।निकट भविष्य मै आई.बी.एम.ले लेखा व्यवस्थापन तालिम, कर सम्बन्धी तालिम र अर्थ सम्बन्धी विभिन्न तालिम तथा गोष्ठी...









