‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्जको मनोनयन सार्वजनिक
नेपालगन्ज, ४ जेठ – ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट पठाइएका कुल २५८ मध्येबाट ७० वृत्तचित्र मनोनयन गरिएको हो ।पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएरपनि ओझेलमा परेका कुनै पनि महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान, कलासंस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही वि विल राइज फाउन्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ को आयोजना गर्दै आएको छ । फाउन्डेसनले गतवर्ष फाल्गुण १२ देखि यसवर्षको वैशाख २१ गतेसम्म वृत्तचित्र पठाउन आह्वान गरेको थियो । आयोजकले वेस्ट भिडियो अफ द इयर, जजेज च्वोइस अवार्ड, स्टोरी कन्सेप्ट÷वेस्ट डिरेक्सन, वुनम भिडियो मेकर अफ दि इयर, फ्युचर स्टार अफ दि इयर, मोष्ट पोटेन्सियल डेस्टिनेसन, मोष्ट एर्नजेटिक भिडियो मेकर, वेष्ट स्क्रिप्ट÷भ्व...









