डुडुवामा सरसफाई अभियान
डुडुवा, २८ माघ – बाँकेको डुडुवा गाउँपालिकाले सरसफाई अभियान संचालन गरेको छ । गाउँपालिकाले प्रत्येक शुक्रबारका दिन सबै कार्यालयको सरसफाई गर्ने अभियान सुरु गरेको हो ।पालिका माताहतका वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय लगायतका सबै कार्यालयहरुहरुमा सरसफाई गर्न सुरु गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार हप्ताको एकदिन कार्यालयको सरसफाई गरिने छ । कार्यालयलाई सफा, स्वच्छ र हराभरा बाताबरण बनाउने उद्देश्यले सरसफाई अभियान सञ्चालन गरिएको हो ।
अध्यक्ष चौधरीले भन्नुभयो,– ‘जुन सुकै काम आफैबाट सुरुआत गर्नुपर्दछ, त्यसैले हामी आफ्नै कार्यालयबाट सरसफाई सुरु गरेका छौ ।’ यो अभियानलाई पालिकाका सम्पुर्ण नागरिकहरु समक्ष सन्देश प्रवाह हुनेछ, र उनीहरुले पनि आ–आफ्नो घर वरिपरि गाउँटोलको सरसफाई गर्ने उहाँको विश्वास छ ।सरसफाई भनेको घर, समुदाय, गाउँटोलसंगै कार्यालयको सफा र स्...









