Thursday, December 12सत्यम खबर
Shadow

डुडुवाको १५ औँ गाउँसभा सम्पन्न, योजना संशोधन तथा प्रगतिविवरण प्रस्तुत

डुडुवा, २६ माघ – डुडुवा गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न भएको छ । विहीबार सम्पन्न गाउँसभाले चालु आर्थिक वर्ष २०८०÷०८१ को केही कार्यक्रम तथा योजनालाई संशोधन गरेको छ । सभामा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले संशोधित कार्यक्रम तथा योजनासहितको प्रस्ताव पेश गर्नु भएको थियो । प्रस्तुत प्रस्ताव माथी छलफल गर्दै सभाले सर्बसम्मत रुपमा पारित गरेको थियो ।
अध्यक्ष चौधरीले आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि पुस मसान्तसम्मको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो ।

चालु आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि पुस मसान्तसम्मको प्रगति विवरण
१.गाउँपालिका बाट सञ्चालित घर–घर स्वास्थ्य कार्यक्रमबाट वडा नं. १ देखि ६ सम्मका सम्पूर्ण नागरिकहरुलाई घर–घरमा सामान्य स्वास्थ्य परिक्षण र स्वास्थ्य कार्ड स्थलगत रुपमा करिब ४२०४६ जनालाई स्वास्थ्य सेवा कार्ड प्रदान गरिएको छ ।
२. गाउँपालिकाबाट सञ्चालित स्वास्थ्य प्रयोगशाला कार्यक्रमबाट बेतहनीको स्वास्थ्य प्रयोगशालाबाट १६२१ जना, हिरमिनियाको स्वास्थ्य प्रयोगशालाबाट २३७८ जना, कम्दी स्वास्थ्य प्रयोगशालाबाट ७२६ जना गरि करिब ४७२५ जनालाई स्वास्थ्य प्रयोगशाला सेवा प्रदान गरिएको ।
३. गाउँपालिकाबाट सञ्चालित जेष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रमबाट सबै वडाका जेष्ठ नागरिकहरुको सामान्य स्वास्थ्य परिक्षण, सामान्य प्रयोगशाला (मलेरिया, मघुमेह,) सेवा घर–घरमा स्वास्थ्यकर्मीबाट करिब ५३४ जनालाई सेवा प्रदान गरिएको ।
४. गाउँपालिकाबाट सञ्चालित बर्थिंङ्ग सेन्टर बेतहनी स्वास्थ्य चौकीमा २०० जना, बनकट्टी स्वास्थ्य चौकीमा ७५ जना, हिरमिनिया स्वास्थ्य चौकीमा ११९ जना र कम्दी स्वास्थ्य चौकीमा ७० जना गरी ४६४ जनालाई सेवा प्रदान गरिएको छ ।
५. गाउँपालिका भित्र रहेका सम्पूर्ण स्वास्थ्य चौकीहरुबाट बहिङ्ग (ओ.पि.डी) सेवा २५५१२ जनालाई सेवा प्रदान गरिएको ।
६. गाउँपालिकाको सबै वडा कार्यालय, स्वास्थ्य चौकी र मा.वि. स्कूलहरुमा इन्टरनेट सहित इन्टरकम र सी.सी.टी. भी. क्यामरा जडान भई डिजिटल प्रणाली मार्फत कार्य सम्पदानको निगरानी भई रहेको ।
७. गाउँपालिकाको कृषि विकास शाखाबाट कृषि सहकारी÷कृषक समूह र कृषकहरुलाई किट नाषक तथा ढुसी नाषक बिषादी ५४७ जनालाई निःशुल्क वितरण गरिएको ।
८. गाउँपालिकाको कृषि विकास शाखामा ११ वटा व्यवसायिक कृषकहरुको कृषक समूह दर्ता गरिएको ।
९. गाउँपालिकाबाट सञ्चालित बहुबार्षिय आयोजना अन्तर्गत डुडुवा (६ मा निर्माणधिन शित भण्डारण गृह (कोल्ड स्टोर) को भौतिक प्रगति ५५ प्रतिशत भएकोले यसै बर्ष कार्य सम्पन्नमा जोड दिई सञ्चालन ल्याईने ।
१०. गाउँपालिकाबाट सञ्चालित घर–घर पशु स्वास्थ्य कार्यक्रमबाट पशुपालक कृषकहरुको घरमा स्थलगत २४३५० पशुपन्छीलाई निःशुल्क उपचार गरिएको ।
११. गाउँपालिकाको पशु सेवा स्वास्थ्य शाखाबाट गाई÷भैसीमा उन्नत जातको कृत्रिम गर्भाधान ७२१ पशुमा गरिएकोमा करिब ४३३ पशुहरुमा सफल भएको ।
१२. गाउँपालिकाको पशु सेवा स्वास्थ्य शाखाबाट पशुपालन गरेका कृषकहरुको (गोरु÷बोका) करिब ७५३ पशुहरुलाई बन्ध्याकरण गरिएको ।
१३. गाउँपालिकाको पशु सेवा स्वास्थ्य शाखाबाट सञ्चालित पशु प्रयोगशालाबाट ९९१ जना कृषकहरुको गोबर परिक्षण गरी सेवा प्रदान गरिएको ।
१४. गाउँपालिकाको पशु सेवा स्वास्थ्य शाखाबाट पशुपालन गरेका कृषकहरुको करिब ८८ पशुपन्छीमा रेबिज बिरुद्ध खोप सेवा प्रदान गरिएको ।
१५. नेपालमा पशु रोग महामारीको रुपमा फैलिएको लम्फी स्कीन डिजिजबाट ग्रासित करिब १४२३ पशुहरुको निःशुल्क उपचार गरी रोग निको भएको ।
१६. नेपालमा पशु रोग महामारीको रुपमा फैलिएको लम्फी स्कीन डिजिजबाट ग्रासित करिब १८०० पशुहरुमा रोग बिरुद्धको खोप सेवा प्रदान गरिएको ।
१७. गाउँपालिबाको पशु सेवा स्वास्थ्य शाखाबाट सञ्चालित आन्तरिक तथा बाह्यय परजिबि नियन्त्रण कार्यक्रमअन्तर्गत घर–घरमागई स्थलगत पशुपालन गरेका करिब ५८७८ घरधुरीमा सेवा प्रदान गरिएको छ ।
१८. गाउँपालिकाबाट संचालित७५ वटा बालविकास केन्द्रमा स्थलगत अनुगमन÷निरिक्षण गर्दा २६ वटा राम्रो, २७ वटा मध्यम र २२ सुधार गर्ने आवस्थामा देखिन्छ ।
१९. गाउँपालिका कार्यक्षेत्र भित्र रहेका मा.वि., आधारभूत विद्यालयहरुमा स्थलगत अनुगमन÷निरिक्षण गर्दा शिक्षकहरुको उपस्थिति ९५ प्रतिशत रहेको देखिन्छ भने बिद्यार्थीहरुको उपस्थिति ७० प्रतिशत रहेको छ जसलाई सुधार गरी नियम नगरिने ।
२०. गाउँपालिका कार्यक्षेत्र भित्र रहेका धार्मिक मदरशा÷गुरुकुल विद्यालयहरुमा स्थलगत अनुगमन÷निरिक्षण गर्दा शिक्षकहरुको उपस्थिति ९० प्रतिशत रहेको देखिन्छ भने बिद्यार्थीहरुको उपस्थिति ५० प्रतिशत रहेको छ जसलाई सुधार गरी नियम नगरिने ।
२१. गाउँपालिका कार्यक्षेत्र भित्र रहेका सम्पूर्ण विद्यालयहरुमा बिद्यार्थीहरुलाई नैतिक शिक्षा (ढोग, सलाम, नमस्ते) संस्कार लागु गरिएकोमा प्राम्भिक प्रगति करिब ४० प्रतिशत भएको देखिन्छ ।
२२. गाउँपालिकाबाट सञ्चालित डुडुवा–२ को अमृतपूर्वादेखि रामनगरपाझा सम्मपि.सि.सि. बाटोको भौतिक प्रगति ७० प्रतिशत भएको छ भने यसै बर्ष कार्य सम्पन्न गरिने ।
२३. गाउँपालिकाबाट डुडुवा–२ को पशुपतिमा.वि.मा९ कोठे भवननिर्माणको भौतिकप्रगति ४० प्रतिशतभएको छ भने यसै बर्ष कार्य सम्पन्नगरिने ।
२४. गाउँपालिकाको साँस्कृति पर्यटनका लागि डुडुवा–२ को रामनगरपाझामा शिवको प्रतिमा स्थापना गर्न सम्भावयता अध्ययन गरी निर्माण कार्य अघि बढाउने छ ।
२५. पशु स्वास्थ्य सेवा लिन वितरण गरिएको कार्ड हराएमा रु १००।– दस्तुर बुझाई नयाँ कार्ड लिन सक्ने ब्यवस्था गरिएको ।
२६. जग्गा व्यवस्थापन कार्यक्रम अन्तर्गत जग्गा नाप नक्सा गर्नका लागि प्रति कित्ता रु २००।– दस्तुर बुझाई सेवा लिन सक्ने व्यवस्था गरिए अनुरुप २०८० साउन देखि हालसम्म ६५ जनाको ९० कित्ता जग्गा नाप जाँच गरिएको ।

सभामा बोल्दै अध्यक्ष चौधरीले पालिकाले विशेष रणनीति र कार्य योजनाका साथ अघि बढिरहेको भन्दै स्वास्थ्य, शिक्षा, कृषि, पशुलगायतका क्षेत्रमा उल्लेख्य काम गरेको बताउनुभयो । पालिकाले एउटा लक्ष्य र उद्देश्य अनुरुप नै कार्य गरिरहेको क्रममा विपक्षी दलहरुले बेलाबेलामा अवरोध श्रृजना गरेको भन्दै अध्यक्ष चौधरीले भन्नुभयो,– ‘राम्रो काम गर्नेलाई कसैले पनि रोक्न सक्दैन, जनताको हितमा नै काम गरिरहेको छु, म कानून विपरित कुनै पनि काम गरेको छैन ।’
‘साथीहरुले विभिन्न आरोप प्रत्यारोप लगाइरहेका छन, यदि मैले कुनै गलत कार्य गरेको छु भने प्रमणित गरुन न भन्ने मेरो प्रश्न छ,’ उहाँको भनाई थियो । ‘कुनै पनि विवाद समाधानको उपाय भनेको सम्वाद हो, त्यसैले उहाँहरुलाई सम्वादमार्फत समस्या समाधानका लागि पटक पटक आवहान गर्दछु,’ उहाँले भन्नुभयो ।
सभामा १९ जना सदस्यहरुको सहभागिता रहेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार बहुमतको आधारमा बैठकको कोरम पुगेर सभा बसेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सदस्य सचिव गिरबहादुर सेजुवालले बताउनु भयो ।
सभामा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो, वडाअध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँलगायत सदस्यहरुको सहभागिता रहेको थियो । माघ ४ गते डाकिएको गाउँसभामा कोरम नपुगेर स्थागित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *