Thursday, April 30सत्यम खबर
Shadow

समग्र विकासकाे लागि स्थानिय सरकार तथा सञ्चार संस्थाले हातेमालाे गर्नुपर्ने

नेपालगन्ज, २२ माघ – स्थानिय सरकारका जनप्रतिनिधि तथा सञ्चारकर्मीले एक आपसकाे भावना बुझेर मिलेर समग्र विकासमा हातेमालाे गर्नु पर्ने एक कार्यक्रममा जाेड दिईएकाे छ ।
प्रेस चौतारी नेपालको २६ ओैं स्थपना दिवसको अवसरमा आयोजित मिडियाको दिगोपनका लागि जनप्रतिनिधिको भुमिका विषयक अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रममा उक्त कुरामा जाेड दिईएकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य दुर्गाबहादुर चौधरीले प्रदेश र स्थानीय सरकारले मिडिया र सरकारबिच सहकार्य र समन्वय जरुरी भएको बताउँदै आवश्यक्ता अनुसार नीति नियम निर्माण गरि अगाडि बढ्नु पर्ने बताएका छन् ।
यसैगरी कार्यक्रमका बिशिष्ठ अतिथि नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले एक हफ्ता भित्र सञ्चार विधि बनाएर संस्थागत रूपमा सम्पुर्ण सञ्चारसँग हातेमालो गरेर अगाडि बढने प्रतिबद्वता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिका “तुफान”ले स्थानीय सरकार र पत्रकारसँग मिलेर सहकार्य गर्न नितिगत रूपमा सञ्चार निति बनाई छिट्टै संस्थागत सहकार्य गरि अगाडि बढ्दा हामीलाई पनि सहज हुने बताए ।
प्रेस चौतारी नेपाल बाँकेका वरिष्ठ उपाध्यक्ष विनोद भट्टराईकाे स्वागत मन्तव्यबाट शुरू गरिएकाे कार्यक्रममा संस्थापक उपाध्यक्ष शिव डोटेल, नेपाल पत्रकार महासंघका उपध्यक्ष सगीन शर्मा, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य रुद्र सुबेदी, प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट प्रसाद धिताल, प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीलगायतले शुभकामना सहित सञ्चार क्षेत्रमा देखिएकाे समस्या बारे आ-आफ्नाे धारणा राख्नु भएको थियो ।
प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा रेशम विरही पत्रकारिता पुरस्कारबाट नगद सहित दैनिक नेपालगन्जका प्रकाशक सम्पादक झलक गैरे तथा सरला सुबेदीलाई कदर पत्रबाट सम्मानित गरिएको थियाे भने कार्यक्रम सञ्चालन सचिव कमल डाँगीले गर्नु भएको थियो ।a

Leave a Reply

Your email address will not be published. Required fields are marked *