Thursday, December 12सत्यम खबर
Shadow

मेयर कपअन्तर विद्यालय फुटबलः सेन्ट जेभियर्स र मोडेल फाइनलमा

नेपालगन्ज, २३ माघ – मेयर कपअन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको छात्रतर्फ नेपालगञ्ज सेन्ट जेभियर्स र नेपालगन्ज मोडेल एकेडेमी फाइनलमा प्रवेश गरेका छन् । छात्रातर्फ मनकामना मावि, खजुरा फाइनलमा पुगेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा सेन्ट जेभियर्सले जय बागेश्वरी र नेपालगनज मोडेलले कृष्ण माविलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।


धम्बोझी स्थित एन्फा ग्रासरुट टे«निङ सेन्टरमा भइरहेको प्रतियोगितामा सेन्ट जेभियर्सले जय बागेश्वरीलाई १–० गोलले पराजित ग¥यो । ४५ मिनेटमा आशिष सुनारले गरेको गोल नै निर्णायक भएको थियो । सेन्ट जेभियर्सका आशिष सुनार म्यादअफ द म्याच भए । उनलाई केएल दुग्गडका कार्यकारी प्रवन्धक प्रदीप छाजेडले पुरस्कृत गरे ।
अर्को खेलमा नेपालगन्ज मोडेलले कृष्ण माविलाई ट्राइ बेकरमा ३–० गोलले पराजित ग¥यो । निर्धारित समयमा दुवैतर्फबाट दुई÷दुईगोल गरेका थिए । ७मिनेटमा रब्बु मल्लको गोलबाट मोडेलले अग्रता लिएको थियो । १८ मिनेटमा कृष्ण माविका निर्मल परियारले गोल गरेर बराबरी गरे । २७ मिनेटमा योगेश शाही ठकुरीको गोलबाट पुनःमोडेलले अग्रता लियो । ४३ मिनेटमा विकाल बाह्रघरेले गोल गरेर कृष्ण माविलाई बराबरीमा ल्याए ।


ट्राइ बेकरमा मोडेलका विनोद शाही, रब्बु मल्ल र रुपेश बोहराले गोल गरे । कृष्ण माविका निर्मल परियार, विशाल बाह्रघरे र विनोद सार्कीले गोल गर्न सकेनन् । मोडेलका गोकर्ण पुनमगर म्यान अफ द म्याच भए । उनलाई भेरी अस्पताल नेपालगन्जका पूर्व मोडिकल सुपरीटेन्डेन्ट डा. बद्री चापागाईले पुरस्कृत गरे ।
छात्रातर्फ मनकामना मावि खजुरा फाइनलमा पुगेको छ । जनसेवा मावि, गिजरालाई ट्राइ बेकरमा ४–३ गोलले पराजित गर्दै मनकामना फाइनलमा पुगेको हो । निर्धारित समयमा दुवै टोलीले एक÷एक गोल गरेका थिए । मनकामनाका लक्ष्मी विकले २२ मिनेटमा गोल गरेकी थिइन् भने जनसेवाका पुष्पा कामीले ४० मिनेटमा गोल गरेकी थिइन् ।


ट्राइ बेकरमा मनकामनाका स्मारिका बुढाक्षेत्री, लक्ष्मी विक, वर्षा बुढामगर र सुस्मिता रोकायले गोल गरेका थिए । संगीता पुनमगर र विनिता चलाउनेले गोल गर्न सकेनन् । जनसेवाका पुष्पा कामी, ज्योति कँडेल र विनिता विकले गोल गरेका थिए भने करुणा न्यौपाने, सदिक्षा बोहरा र दिल कुमारी रानाले गोल गर्न सकेनन् ।
अब उपाधीका लागि मनकामनाले नेपालगन्ज मोडेल एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ । छात्र र छात्रा दुवैको फाइनल खेल बुधबार हुने एन्फाका केन्द्रीय सदस्य एवं बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए ।
प्रतियोगितामा छात्रतर्फ २८ वटा र छात्रातर्फ ५ वटा स्कूलले भाग लिएका छन् । प्रतियोगिताको विजेताले २१ हजार उपविजेताले ११ हजार प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *