खजुरा, २६ माघ – बाँकेको खजुरा गाउँपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारी लिलाराज धामीलाई यहि मिति २०८० साल माघ २४ गतेका दिन खजुरा गाउँपालिका वडा नं. ६ मा रहेको भानु माध्यमिक विद्यालयमा कार्य सम्पन्न भएको माटो पटान योजनाको प्राविधिक मूल्यांकन गर्न गएका बखत लिलाराज धामीमाथि खजुरा गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष गरिबे शेषले भौतिक रुपमा आक्रमण गरी कुटपिट गरेकोले सो कार्यको घोर भत्र्सना गर्दछौँ । उक्त कुटपिटपछि राष्ट्रसेवक कर्मचारीहरुको मनोवल कमजोर भएकोले कुनै हालतमा पनि मनोवल कमजोर नगर्न, सत्य र नियम कानुन सम्मत कार्य गर्न अनुरोध छ ।
राष्ट्रसेवक कर्मचारीले नियमित र कानूनले प्रदान गरेको कार्य गर्दा कार्यस्थलमा कुटपिट गर्नु, गालीगलौज गर्नु र अनावश्यक धम्की दिनु कुनै हालतमा क्षम्य हैन् । वडाध्यक्षले यस प्रकारको कार्य गर्नु गैर जिम्मेवारी, पदीय हैसियतको दुरुपयोग, मानव अधिकारको उल्लंघन र मानवीय कार्य विपरित हो । राष्ट्रसेवक कर्मचारीले निर्भयपुर्वक एवं स्वतन्त्र रुपमा काम गर्न पाउनु पदीय जिम्मेवारी र कर्तव्य हो, तर जनप्रतिनिधिले नै कर्मचारी माथी कुटपिट गर्नु हदैसम्मको अक्षम्य कार्य हो ।
वडाध्यक्ष आफै वडा नं. ६ मा रहेको भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनु अझै गैर जिम्मेवारी हो । उहाँ वडा नं. ५ को जनप्रतिनिधि निर्वाचित हुनु हुन्छ तर वडा नं. ६ मा रहेको विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुनु समेत पदीय दुरुपयोग हो भन्ने हाम्रो ठहर रहेको छ । कर्मचारीले रितपूर्वक नापजाँच गर्नुपर्ने नियमागत बाध्यकारी जिम्मेवारी हो । तर वडा अध्यक्षले नै प्राविधिक मूल्यांकन नगर्न दबाब दिंदै नापचाँच गर्दा कुटपिट गर्नु आपत्तिजनक हो ।
यसअघि पनि पालिकाका जनप्रतिनिधिले कर्मचारी र सेवाग्राहीलाई आफु अनुकुलको कार्य गर्न दवाव दिने, प्रभाव पार्ने र धम्की दिने कार्य भईरहेको घटना प्रतिपनि हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै पीडित कर्मचारीलाई न्याय दिन सम्बन्धित सरोकारवाला पक्षसँग जोडदार माग गर्दछौं ।