वडा अध्यक्ष बर्माद्वारा एकपछि अर्को शिलान्यास गर्दै, अन्य वडा मुखदर्शक बन्दै !
नेपालगन्ज, ७ फागुन – नेपालगन्ज उपमहानगरपालिका भित्र रहेको विकास निर्माणका कार्यहरुमा अग्रता देखाउँदै वडा नं. १८ ले एकपछि अर्को शिलान्यास धमाधम गर्दै गईरहेको छ भने अन्य वडाहरु मुखदर्शक मात्र बन्दै गईरहेको उपमहानगरबासीहरुको भनाई रहेको छ ।
यसैक्रममा आज सोमबार नेपालगन्ज वडा नं १८ का अध्यक्ष दीपककुमार बर्माले कारकाँदौं बाईपास रोड खानेपानी ट्यांन्की भगवती टोलको भित्री सडक निर्माणका लागि टोलबासीको उपस्थितिमा एक कार्यक्रम गरि शिलान्यास गर्नु भएको छ ।
लुम्बिनी प्रदेश सरकारको रु. ३० लाख बजेटबाट निर्माण हुन लागेको उक्त सडकको आज विधिवत शिलान्यास गरेको वडाअध्यक्ष बर्माले बताउनुभयो ।
वडाध्यक्ष बर्माका अनुसार यसै टोलको मुल सडकको निर्माण संघीय सरकारको रु. १ करोडको लागतमा निर्माण भइरहेको छ । जसको शिलान्यास यसै आर्थिक बर्षमा १ महिना अगाडि गरिएको थियो भने उक्त निर्माण कार्यको प्रगति तीब्...









