Thursday, July 30सत्यम खबर
Shadow

शिक्षा/स्वास्थ्य

अपडेटः आईतबार १० जनामा कोरोना पुष्टि

अपडेटः आईतबार १० जनामा कोरोना पुष्टि

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ भाद्र – नेपालगन्जमा भएको पिसिआर परीक्षणबाट आज आईतबार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जन स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार जिल्लामा गरिएको परिक्षणबाट १० जना कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।फोकल पर्सन श्रेष्ठका अनुसार जिल्लामा यो सँगै १ हजार जना संक्रमितहरु पुगेका छन् भने २ सय ६७ जना उपचाररत रहेका छन् । जस मध्ये ७ सय २७ जना उपचार पछि निको भई घर फर्किसकेका छन् । जस मध्ये ३ महिला सहित ६ जनाको मृत्यु भईसकेको छ ।...
सडक दुर्घटनामा शिक्षकको मृत्यु

सडक दुर्घटनामा शिक्षकको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ भाद्र – बाँकेमा दुर्घटनामा परि एक जना शिक्षकको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका १ कुसुम घर भई नेपालगन्जस्थित महाराजा मा.बि. मा कार्यरत ३३ बर्षीय शिक्षक चेवन देबकोटाको राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगन्जमा उहाँले चलाईरहेको भे ८ प २२३८ नम्बरको मोटरसाइकल र ना ४ ख २१३९ नम्बर ट्रक ठोक्किदा उहाँको घटना स्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । आज आईतबार बिहान ३ बजे उहाँको कुसुम घर नजिक छिमेकीको बच्चालाई सर्पले डसेपछि उहाँले उद्दारका लागि नेपालगन्ज ल्याउँदै गर्दा शम्शेरगन्ज सशस्त्र प्रहरी चेक पोस्टमा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।बच्चाको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बच्चाको आमाको भने भेरी अस्पतालमा उपचार भइरहेको छ ।ट्रक र चालकलाई नियन्त्रण लिएर अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा ल्याइएको छ ।शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा ल्...
आज २४ जना घर फर्किदै

आज २४ जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ भाद्र – बाँके जिल्लामा आज आईतबार थप २४ जनाले कोरोना जितेर घर फिर्ता भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाका बिभिन्न आइसोलेशन सेन्टरबाट आज आईतबार २४ जना घर फर्किन लागेका छन् । पछिल्लो समय घर फर्किनेहरुको संख्या पनि लगातार बढिरहेको छ । यद्दपि कोरोना संक्रमितको संख्या पनि जिल्लामा दैनिक बढिरहेको छ । घर फर्किने क्रममा आज आईतबार ६ वर्षीया बालिकादेखि ४८ वर्षका पुरुष गरी ५ महिला र १९ पुरुष रहेको कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।जिल्लामा हालसम्म ७ सय २७ जना डिस्चार्ज भइसकेका छन् । कोरोना संक्रमितको संख्या ९ सय ९० पुग्दा ३ महिलासहित ६ जनाको मृत्यु भईसकेको छ ।...
अपडेटः शनिबार ६ महिलासहित ११ जनामा कोरोना पुष्टि

अपडेटः शनिबार ६ महिलासहित ११ जनामा कोरोना पुष्टि

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ भाद्र – बाँके जिल्लामा शनिबार ६ महिला, ५ पुरुष गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्जमा भएको पिसिआर परीक्षणबाट शनिबार एकैदिन ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार ६ महिला ५ पुरुष गरि जम्मा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको आफ्नो स्टेटसमार्फत जानकारी गराउनुभयो ।फोकल पर्सन श्रेष्ठका अनुसार जिल्लामा यो सँगै ९ सय ८६ जना संक्रमितहरुको पुगेका छन् भने २ सय ७७ जना उपचाररत रहेका छन् । जस मध्ये ७ सय ३ जना उपचार पछि निको भई घर फर्किसकेका छन् । जस मध्ये ३ महिला सहित ६ जनाको मृत्यु भईसकेको छ ।...
गणपति डेन्टलद्वारा चार सय जनालाई मास्क वितरण

गणपति डेन्टलद्वारा चार सय जनालाई मास्क वितरण

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ भाद्र – नेपालगन्जस्थित गणपति डेन्टल क्लिनिक नेपालगन्जले कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य तथा जलपान सामाग्री वितरण गरेको छ । अनलाईन खोजखवर मिडिया पार्टनर रहेको यो अभियानमा क्लिनिकले शनिबार आफ्नै कार्यालय अगाडी सडकमा हिड्ने सर्वसाधरण आम नागरिकहरुलाई मास्क, चाउचाउ तथा खानेपानी वितरण गरेको क्लिनिक सञ्चालक समेत रहेका डा. प्रतिक श्रेष्ठले जानकारी गराउनुभयो ।उहाँका अनुसार, करिब चार सयजनालाई मास्क वितरण गरिएको छ । कोरोन भाइरस महामारीका बीच फ्रन्टलाइनमा खटिएर जनताको सेवामा अहोरात्र खटिएका सुरक्षाकर्मीलाई थोरै भएपनि राहत पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा जलपान सामाग्री वितरण गरिएको उहाँको भनाइ छ । यसअघि क्लिनिकले जमुनाह नाकादेखि धम्बोझी चौकसम्म सड्कमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई एन ९५ मास्क, सेनिटाइजर, सर्जिकल ग्लव्स, ग्लूकोन डी, विष्कुट...
उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा

उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा

प्रदेश १, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १३ भाद्र – उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा बसेका छन् ।कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को कार्यालय रहेको छाउनीमा भित्र बाहिर गर्ने एक कर्मचारीलाई संक्रमण भएकाले दुबै मन्त्री आइसोलेसनमा बसेका हुन् । ‘उहाँहरू दुबै जना छाउनी गइरहनुहुन्छ । भित्र–बाहिर गर्ने एक कर्मचारीलाई कोरोना भाइरस भएको पुष्टि भयो,’ स्रोतले भन्यो, ‘आजै थाहा भएकाले होम आइसोलेसनमा बस्नुभएको छ । अब पिसिआर परिक्षण पनि हुन्छ होला ।’उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापा आइसोलेसनमा बसेसँगै नेकपा सचिवालय बैठक पनि सरेको छ ।भदौ १३ गतेका लागि तय भएको बैठक पोखरेल र थापा कै कारण १८ गते बस्ने भएको छ ।यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल होम आइसोलेसनमा बसेका कारण बैठक १३ गतेका लागि बोलाइएको थियो ।बैठकमा नेकपा विवाद समाधानको सुझाव दिन ग...
शुक्रबारसम्म थपिए ९ सय २७ कोरोना संक्रमित, १२ जनाको मृत्यु

शुक्रबारसम्म थपिए ९ सय २७ कोरोना संक्रमित, १२ जनाको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ भाद्र – शुक्रबारसम्म देशभर कोरोनाका ९ सय २७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ । विगत २४ घण्टामा १ सय ६९ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए । २० हजार २ सय ४२ जना निको भएर घर फर्किसकेका छन् । आज मात्रै १० हजार २ सय २९ जनाको पिसिआर गरिएको छ। हालसम्म ६ लाख ५८ हजार १ सय १० जनाको पिसिआर गरिएको छ ।कोरोना संक्रमणले शुक्रबार मात्र १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ८५ पुगेको छ ।...
वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

प्रदेश २, शिक्षा/स्वास्थ्य, समाचार, समाज
वीरगन्ज, १३ भाद्र – वीरगन्जमा थप ३ जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेको वीरगन्ज हेल्थ केयर अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । वीरगन्जकी ६५ वर्षीया महिलाको शुक्रबार साँझ साढे ५ बजे नारायणी अस्पतालमा मृत्यु भएको हो । यस्तै वीरगन्ज–१२ निवासी ४३ वर्षीय पुरुषको शुक्रबार राति १२ बजे वीरगन्ज हेल्थ केयरमा मृत्यु भएको डा. चौरसियाले बताए ।उनको नेसनल मेडिकल कलेजबाट रिफर गरेको केही घण्टामै मृत्यु भएको हो । ती पुरुष एचआइभी संक्रमित पनि रहेको अस्पतालले जनाएको छ ।यस्तै शुक्रबार राती नै अर्का ३७ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ । वीरगन्ज हेल्थ केयरबाट रिफर भएर काठमाडौं लाने क्रममा उनको बाटो मै मृत्यु भएको हो ।परिवारले पुरुषको मुग्लिङ नपुग्दै मृत्यु भएको अस्पताललाई जानकारी गराएका छन् । मृतक तीन जना कै शव नेपाली स...
धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

प्रदेश २, शिक्षा/स्वास्थ्य, समाचार, समाज
धरान, १३ भाद्र – विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश नम्बर २ सिरहाको भदैया ६ की ८४ वर्षीय वृद्धको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनको राति ११ बजेर २० मिनेटमा निधन भएको हो । भदौ ६ गते प्रतिष्ठानमा भर्ना भएकी उनको भदौ ७ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो ।‘उनको मिगौलाको समस्या आएपछि डाइलोसिस पनि गरिएको थियो । त्यसपछि उपचारका क्रममा मृत्यु भयो’– प्रतिष्ठानका प्रवक्ता डा.सापकोटाले भने ।उनलाई अत्याधिक खोकी लाग्ने, श्वास फेर्न समस्या र ज्वरो आएपछि परिवारले विपी प्रतिष्ठान ल्याएको थियो । प्रतिष्ठानमा हालसम्म उपचारको क्रममा मृत्यु हुने कोरोना संक्रमितको कुल संख्या १६ पुगेको पनि प्रतिष्ठानले जनाएको छ ।...
अपडेटः ४ महिलासहित १० जना घर फर्किदै

अपडेटः ४ महिलासहित १० जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ भाद्र – बाँकेका विभिन्न आइसोलेसनबाट आज शनिबार १० जना निको भाई घर फर्किने भएका छन् । जसमध्ये महिला ४ र पुरुष ६ जना रहेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्शन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।फोकल पर्शन श्रेष्ठका अनुसार शुक्रबारसम्म १८ हजार ९ सय ७८ जनाको पिसीआर जाँच हुँदा आज शनिबारसम्म ९ सय ७५ जनामा कोरोना पोजेटिभ देखिएको छ भने ७ सय ३ जना निको भई घर फर्किसकेका छन् ।विभिन्न आइसोलेसनमा २ सय ६७ जना उपचाररत रहेका छन् । ३ महिलासहित ६ जनाको मृत्यु भईसकेको छ ।...