अपडेटः ७ महिलासहित १६ जना घर फर्किदै
नेपालगन्ज, १६ भाद्र – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका ७ महिलासहित १६ जना निको भएर घर फर्किने भएका छन् ।
फाईल फोटो
भदौ २ गते कोरोना संक्रमित देखिएका उनीहरु आज डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।हालसम्म बाँके जिल्लामा ७ सय ४६ जना डिस्चार्ज भई घर फर्किसकेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।...








