धार्मिक पर्यटक स्थल सन्तानेश्वरमा बृहत सरसफाई
नेपालगन्ज, ४ माघ – बाँके जिल्लाको विकट मानिएको पालिका नरैनापुर गाउँपालिकामा रहेको धार्मिक पर्यटकीय स्थल भगवान शिवको मन्दिर सन्तानेश्वरमा युवाहरुले बृहत सरसफाई कार्यक्रम शनिबारका दिन सम्पन्न गरेका छन् ।
उक्त सन्तानेश्वर मन्दिर प्रा·ण सम्म पुग्ने श्रद्धालुहरुले बाटोमा गरेका फोहोरहरुको बृहत सरसफाई अभियान कै रुपमा युवाहरुले हातेमालो गर्दै शनिबार सरसफाई अभियान चलाई करीब २५ बोरा फोहोर संकलन गरेका छन् ।
बाँके जिल्लामा रहेको ऐतिहासिक तथा पर्यटकीय स्थल सन्तानेश्वर महादेव मन्दिर भ्रमणको क्रममा त्यहाँ जथाभावी छरिएको फोहोर प्लास्टिक्सको खोस्टा र प्लास्टिक बोत्तलहरुको सरसफाई तथा उचित ब्यवस्थापनको लागि हाम्रो नेपालगन्जका युवा, सचेत नागरिकहरुको संयुक्त अभियानमार्फत सरसफाई गरिएको थियो ।,
बृहत सरसफाई कार्यक्रममा शिरिष बुढाथोकी, पारश बिक्रम अर्याल, सन्देशराज मल्ल, राहुल बुढाछेत्री, नवरा...









