प्रदेशसभा सदस्य हमाललाई सम्मान
नेपालगन्ज, १० पौष – गायत्री शक्तिपीठ बाँकेले प्रदेश सभा सदस्य सुरेन्द्र हमाललाई एक कार्यक्रमबीच शुक्रवार सम्मान गरेको छ ।ओलम्पियन समेत रहेका बाँकेको निर्वाचन क्षेत्र नं.२ (क)बाट निर्वाचित हमाललाई आफ्नो क्षेत्रमा पु¥याएको योगदान बापत गायत्री शक्तिपीठ, जिल्ला समन्वय समिति बाँकेले सो सम्मान गरेको हो ।
आयोजकका तर्फबाट गायत्री अभियन्ता, समाजसेवी डा. विजय प्रधान तथा गायत्री शक्तिपीठ जिल्ला समन्वय समिति अध्यक्ष सत्यनारायण पाठकले प्रदेश सभा सदस्य हमाललाई दोसल्ला, खादा ओढाइ सम्मान गर्नुभएको थियो ।त्यसैगरी आयोजकले योगदान पु¥याए बापत समाजसेवी, गायत्री अनुयायी प्रनिल हमाललाई पनि सम्मान गरेको थियो ।सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य हमालले मानवताको क्षेत्रमा गायत्री शक्तिपीठले खेलेको भुमिकाको प्रशंसा गर्दै स्वस्थ समाजको निर्माणका लागि सबै धर्मको उत्तिकै महत्व र सहकार्य जरुरी रहने बताउनु भयो ।
...









