नेपालगन्ज, ९ पाैष – संघीय संसद बिघटन गरिएको बिरोधमा मानव अधिकार तथा शान्ती समाज बाँके शाखाले नेपालगन्जमा विहिबार विराेध प्रदर्शन गरेकाे छ ।
नेपालगन्जकाे मुटु मानिने त्रिभुवन चाैकमा शान्ति समाज बाँकेले आधा घन्टा प्रदर्शन गरेकाे समाजका बाँके सचिव बिष्णुलाल कुमालले बताउनु भयाे ।
उक्त बिरोध प्रदर्शन कार्यक्रममा बैनर सहित प्लेकार्ड बोकिएको थियो ।
उक्त विराेध कार्यक्रममा समाजका सभापति कृष्णादेबी पाण्डे, सचिव बिष्णुलाल कुमाल, सहसचिव अल्पना वैश्य, सदस्यहरुमा चन्दा सिंह, घनश्याम कुमार वैश्य, प्रेमकुमार शर्मा, काजल शर्मा, जहीरुलहक जीनू, सञ्चारकर्मी नन्दलाल साहू लगायतको उपस्थिति रहेको थियो ।