Sunday, May 31सत्यम खबर
Shadow

राजनीति

बाँकेलगायत ७७ वटै जिल्लामा प्रतिनिधिसभा विघटनविरूद्ध जसपाको प्रदर्शन

बाँकेलगायत ७७ वटै जिल्लामा प्रतिनिधिसभा विघटनविरूद्ध जसपाको प्रदर्शन

प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ८ पौष – जनता समाजवादी पार्टी जसपा बाँकेले संसद विघटनको विरोधमा नेपालगन्जमा प्रदर्शन गरेको छ । सरकारको विरुद्धमा जुलुश गरेको जसपाका नेता तथा कार्यकर्ताहरुले असंवैधानिक कदम सच्याउन माग गरेका छन् ।मंगलप्रसाद माध्यमिक विद्यालय (एमपी) बाट निस्केको जुलुस नाराबाजी गर्दै त्रिभुवनचोक हुँदै बिपि चौकमा पुगि कोण सभा गरेको थियो । कोणसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री मो. ईस्तियाक राइले अदालतले निर्णय सत्याउनु पर्ने बताएका थिए । ‘देशलाई दुर्घटनाबाट बचाउन अहिलेको अलोकतान्त्रिक र असंवैधानिक निर्णय सच्याउनु पर्दछ, अदालतले निर्णय नसच्याएको अवस्थामा हामी सबैले सडकबाट निर्णय सच्याउँछौं ।’ पूर्वमन्त्री राईले भन्नुभयो ।पूर्वमन्त्री राईले ‘राजनीतिक रूपमा पनि उहाँले अत्यन्तै लोकतन्त्रविरोधी कदम चाल्नुभएको ठहरिन्छ’, उहाँले भन्नुभयो, ‘पार्टीभित्र पनि पार्टी निर्णय र पद्धतिविरुद्ध कम्युनिस्ट पार्टीक...
“आन्दोलनको घोषणा”: पूर्वमन्त्री राई

“आन्दोलनको घोषणा”: पूर्वमन्त्री राई

प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ८ पौष – जनता समाजवादी पार्टी(जसपा)ले आन्दोलन गर्ने घोषणा गरेको छ । मंगलबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको जानकारी पूर्वमन्त्री ईस्तियाक राईले गराउनुभयो । पूर्वमन्त्री राईका अनुसार संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रतिनिधिसभा विघटनविरूद्ध विभिन्न आन्दोलनका कार्यक्रम आयोजना गर्ने निर्णय गरेको जानकारी गराउनुभयो ।पुस ८ गते सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाण्डौमा केन्द्रिकृत जनप्रदर्शन गर्ने निर्णय गरिएको पूर्वमन्त्री राईले जानकारी गराउनुभयो ।साथै प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको भन्दै बैठक सुरू गर्न सभामुख अग्नी सापकोटालाई आग्रह गर्ने निर्णय गरिएको बताए ।’प्रति...
प्रचण्ड चुनिए संसदीय दलमा

प्रचण्ड चुनिए संसदीय दलमा

राजनीति, समाचार
काठमाण्डौ, ८ पौष – प्रचण्ड–नेपाल पक्षीय नेकपाले बुधबार संसदीय दलको बैठक बोलाएको छ । प्रचण्ड–नेपाल पक्षीय नेकपाको मंगलबारको बैठकले माधव नेपाललाई अध्यक्ष चयन गरेको छ ।बुधबार १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संसदीय दलको बैठकले दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्ने एक नेताले सेतोपाटीलाई जानकारी दिए । ’आज बुधबार संसदीय दलको बैठक छ । संसदीय दलको नेता प्रचण्डलाई बनाउँछौं,’ नेपाल निकटका ती नेताले भने, ‘केन्द्रीय कमिटीमा निर्णय भएको छैन । तर नेताहरुका बिचमा त्यो सहमति भइसकेको छ ।’यसअघि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्दा पनि प्रचण्डलाई भावी प्रधानमन्त्रीको रुपमा उल्लेख गरिएको थियो ।प्रचण्ड–नेपाल पक्षीय प्रतिनिधि सभा सदस्यको सोमबार पनि बैठक बसेको थियो । बैठकमा ९० जना सांसदको उपस्थिति थियो ।...
राजनैतिक दलहरुबीच संवाद र सहकार्यको अभिबृद्धि गर्न परिवार दलले रचनात्मक भूमिका खेल्ने

राजनैतिक दलहरुबीच संवाद र सहकार्यको अभिबृद्धि गर्न परिवार दलले रचनात्मक भूमिका खेल्ने

राजनीति, समाचार
काठमाण्डौ, ८ पौष – राष्ट्र र नागरिकको हितलाई केन्द्रमा राखेर सर्बपक्षीय छलफलमा जुटन परिवार दलले आग्रह गरेको छ । नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समितिका सदस्य काठमाडौँमा उपलब्ध केन्द्रिय सदस्यहरु तथा सल्लाहाकारहरुको बैठकले यस्तो निर्णय गरेको छ ।परिवार दलका अध्यक्ष एव पूर्वमन्त्री एकनाथ ढकालको अध्यक्षतामा बसेको बैठकलेसत्तारुढ नेकपा तथा प्रतिपक्षी दलहरुलाई संयमित हुन आग्रह गर्दै राष्ट्र र नागरिकको हितलाई केन्द्रमा राखेर घनिभूत रुपमा सर्बपक्षीय छलफल तथा संवादद्वारानै समस्याको उचित समाधान खोज्नु पर्नेमा जोेड दिएको छ । बैठकले देशका राजनैतिक दलहरुबीच संवाद र सहकार्यको अभिबृद्धि गर्न नेपाल परिवार दलले आफ्नो भूमिका रचनात्मक रुपमा खेल्ने बताउँदै मुलुकले थप द्वन्द थेग्न नसक्ने भएकोले भबिष्यमा हुनसक्ने सम्भावित राजनैतिक अस्थिरताको आचलन गरि वर्तमानमानै विवेकपूर्ण र दुरदर्शी निर्णय गर्न ...
बहुमत प्राप्त सरकार बन्ने सम्भावना भएसम्म संसद विघटन हुन सक्दैनः बाबुराम भट्टराई

बहुमत प्राप्त सरकार बन्ने सम्भावना भएसम्म संसद विघटन हुन सक्दैनः बाबुराम भट्टराई

राजनीति, समाचार
काठमाण्डौ, ७ पौष – जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराई नेपालको संविधानले व्यवस्था गरेको प्रणाली प्रधानमन्त्रीले संसद विघटन गर्नसक्ने विशेषाधिकार भएको वेष्टमिन्सटर प्रणाली नभएको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले विद्यमान राजनीतिक प्रणाली वेष्टमिन्सटर प्रणाली नभई बहुमत प्राप्त सरकार बन्ने सम्भावना भएसम्म संसद विघटन हुननसक्ने नयाँ प्रणाली भएको दाबी गरे । सोमबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भनेका छन्ः ‘हाम्रो संविधानले व्यवस्था गरेको प्रणाली प्रमको संसद विघटन गर्नसक्ने विशेषाधिकार भएको वेस्टमिन्सटर प्रणाली नभै बहुमत प्राप्त सरकार बन्ने संम्भावना भएसम्म संसद विघटन हुननसक्ने नया‘ प्रणाली हो’ ।त्यसैगरी नेता भट्टराईले क्रान्तिपछि संविधानसभाबाट बन्ने संविधान निर्माणमा मुख्य भूमिका सभाध्यक्ष वा कानूनविदनको नभई क्रान्तिकारी नेताहरु र व्यवहारिक रुपमा विषयग...
आज नेकपाका दुवै समूहका छुट्टा–छुट्टै बैठक बस्दै

आज नेकपाका दुवै समूहका छुट्टा–छुट्टै बैठक बस्दै

राजनीति, समाचार
काठमाण्डौ, ७ पौष – नेकपाका दुवै समूहका केन्द्रीय कमिटी बैठक आज मंगलबार बस्ने भएका छ ।प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली समूहको बैठक बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री ओलीले ९ बजे केन्द्रीय कमिटी बैठक बोलाएका छन् । ओली समूहले मंगलबारका लागि सोमबार मात्रै बैठकको मिति तय गरेको जनाईएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल निकट केन्द्रीय सदस्यहरूको बैठक पनि आज मंगलबार नै बस्ने भएको छ । प्रचण्ड–नेपालले कार्की ब्यांक्वेटमा केन्द्रीय कमिटी बैठक बोलाएको छ ।आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले आज मंगलबारको बैठक तय गरेको थियो ।आईतबारको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस समेत गरेको छ । मंगलबारको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गर्ने जानकारी प्रचण्डले आफूनिकट नेताहरूलाई गराइसकेका छन्...
“आँफु बृहत् कम्युनिष्ट एकताको पक्षमा”– पूर्वसभामुख महरा

“आँफु बृहत् कम्युनिष्ट एकताको पक्षमा”– पूर्वसभामुख महरा

प्रदेश ५, राजनीति, समाचार
दाङ, ७ पौष – पूर्व सभामुख कृष्णबहादुर महराले आँफु बृहत् कम्युनिष्ट एकताको पक्षमा रहेको बताए ।सोमबार नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक नेता माणिकलाल गौतमको १३ औं दिनको पुण्य तिथिको अवसरमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै महराले आफू बृहत् कम्युनिष्ट एकताका लागि निरन्तर लाग्ने बताए । ‘म बृहत् कम्युनिष्ट एकता, वामपन्थी एकता र समग्र राष्ट्रिय एकताको पक्षमा छु,’ उनले भने, ‘म कहाँ रहन्छु भन्ने कुरा महत्वपूर्ण होइन, मेरो आदर्श र सिद्धान्त नै बृहत् कम्युनिष्ट एकता, वामपन्थी एकता र समग्र राष्ट्रिय एकता हो ।’त्यस्तै उनले अहिले देश दुई ध्रुवमा विभाजित भएको उल्लेख गर्दै बहस र छलफलकै माध्यमबाट निष्कर्ष निकाल्न सकिने धारणा व्यक्त गरे। नेपालमा अहिले भइरहेको घटनाक्रममा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको हात भएको समेत उनले संकेत गरे। उनले भने, ‘देशभन्दा बाहिर धेरै परको डिजाइनबाट यो चलखेल...
“अबको आवश्यकता राष्ट्रिय सहमतिको सरकार”– अध्यक्ष ढकाल

“अबको आवश्यकता राष्ट्रिय सहमतिको सरकार”– अध्यक्ष ढकाल

राजनीति, समाचार
गोरखा, ७ बाँके – नेपाल परिवार दलका अध्यक्ष एवं पूर्व मन्त्री एकनाथ ढकालले अबको आवश्यकता राष्ट्रिय सहमतिको सरकार भएको बताएका छन् । सोमवार गोरखामा पत्रकार भेटघाटका क्रममा उनले सबै राजनीतिक दल मिलेर सहमतिको सरकार निर्माण गर्नुपर्ने बताए ।‘हाम्रो पार्टी ताजा जनादेशको पक्षमा भएकाले प्रधानमन्त्रीले घोषणा गरेको चुनाव स्वीकार गर्छौँ’, उनले भने, ‘अब सहमतिको सरकार बनाएर चुनाव सम्पन्न गर्नुपर्छ ।’ संसद बिघटन प्रकरणमा प्रधानमन्त्रीको अदूरदर्शिता भन्दै उनले राष्ट्रपतिको भने बचाउ गरे । ‘संसद खारेज गर्ने निर्णय गर्नुमा प्रधानमन्त्रीको अदूरदर्शिता देखिन्छ, तर राष्ट्रपतिको कुनै दोष छैन’, उनले भने, ‘संसद बिघटनसँगसँगै चुनावको मिति तोक्नु भने राम्रो पक्ष हो ।’ सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी भित्रको किचलोका कारण देश संकटमा परेको उनले आरोप लगाए ।संसद बिघटनको मुद्धा अदालतमा पुगेकाले अदालतले गर्ने फैस...
संसद विघटनका विषयमा बार विभाजित

संसद विघटनका विषयमा बार विभाजित

राजनीति, समाचार
काठमाण्डौं, ६ पौष – मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार गरेको प्रतिनिधि सभा विघटनको विषयमा नेपाल बार एसोसिएसन विभाजित भएको छ ।सोमबार दिउँसो बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले विज्ञप्ति निकाल्दै प्रधानमन्त्री ओलीको कदमबाट संविधानको उल्लंघन भएको बताएका थिए । लगत्तै बारका कोषाध्यक्ष अधिवक्ता रुद्रप्रसाद पोखरेलले विज्ञप्ति निकालेका छन् । पोखरेलले महासचिवले जारी गरेको विज्ञप्ति व्यक्तिगत भएको बताउँदै उक्त विज्ञप्तिसँग केन्द्रीय सचिवालय तथा केन्द्रीय कार्यसमिति सहमत नरहेको बताएका छन् ।‘अदालतमा विचाराधीन रहेको विषयमा निश्पक्ष र तटस्थ ढङ्गले न्यायिक निरुपण हुने कुरामा कोही, कसैले पनि आवेगमा नआई संयमित हुन सबैमा हार्दिक अपिल गर्दछौं,’ पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । महासचिव पौडेल कांग्रेस तथा कोषाध्यक्ष पोखरेल नेकपा निकट कानुन व्यवसायी हुन् ...
दुई सय सांसदसहित अदालत गएर भन्छौं– हामी जिउँदै छौं : प्रचण्ड

दुई सय सांसदसहित अदालत गएर भन्छौं– हामी जिउँदै छौं : प्रचण्ड

राजनीति, समाचार
काठमाण्डौ, ६ पौष – नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले दुई सय बढी सांसदसहित आफूहरू सर्वोच्च अदालत जाने बताएका छन् ।सोमबार बानेश्वरमा प्रचण्ड–माधवकुमार नेपाल निकट सांसदहरूको संसदीय दलको बैठकमा बोल्दै उनले प्रतिनिधि सभा जीवितै रहेको जानकारी सर्वोच्च अदालतलाई दिन आफूहरू त्यसरी जान लागेको बताए । उनले भूमिगतकाल भारतको लखनऊमा देखेको एक दृश्य उल्लेख गर्दै प्रतिनिधि सभा जीवित रहेको प्रमाणका रूपमा सर्वोच्च जानुपर्ने बताए ।‘लखनऊ कुनैबेला म पुग्दा सडकमा ’हामी जिउँदै छौं’ भनेर प्ले कार्ड बोकेर मान्छेहरू हिँडिरहेका थिए । के रैछ भनी बुझ्दा आफन्तहरूले मरिसक्यो भनेर सम्पत्ति हत्याएका पीडितहरू प्रमाणका रूपमा सडकमा आएका रहेछन्,’ प्रचण्डले भने, ’अब हामी पनि झन्डै दुई सय जनाको जुलुस लिएर सर्वोच्च अदालत गयौं भने अदालतले पनि भन्नेछ– सांसदहरू जिउँदै रहेछन् अनि संसद जीवित रहेछ ...