Sunday, May 31सत्यम खबर
Shadow

राजनीति

‘ओलीलाई सच्चिए भनेर विश्वास गर्नु गल्ती’ –प्रचण्ड

‘ओलीलाई सच्चिए भनेर विश्वास गर्नु गल्ती’ –प्रचण्ड

राजनीति, समाचार
काठमाडौं, १४ पौष – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओलीलाई सच्चिए भनेर विश्वास गर्नु गल्ती भएको भन्दै क्षमायाचना गरेका छन् ।आज मंगलबार दाहाल–नेपाल समूहले काठमाण्डौको भृकुटीमण्डपमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले ओलीले कलंकको टिका लगाएको पनि गम्भीर आरोप लगाए । उनले भने,‘तर, उहाँले संविधानको बलात्कार गरें, मैले अपराध गरें भनेर नभनेसम्म नेपाली जनताले केपी ओलीलाई क्षमा दिनेछैनन् ।’ उनले भने, ‘प्रतिनिधिसभा भङ्ग भएको छैन । भङ्ग भएको त केपी ओलीको सरकार हो ।’ उनले सम्बोधनको सुरुमा भनेका छन्, ‘हामी छोटो समयमा यत्तिका धेरै विरोध सभा र प्रदर्शनमा उत्रिएका छौं । आज हाम्रो पार्टीले सबै जिल्लामा यस्तै प्रदर्शन र विरोध सभा आयोजना गरेको छ । हामीले देशभित्र र बाहिर रहेका स...
‘असंवैधानिक तरिकाले प्रतिनिधि सभा भंग गरेकोले पुनर्स्थापना हुनुपर्ने’ –गगन थापा

‘असंवैधानिक तरिकाले प्रतिनिधि सभा भंग गरेकोले पुनर्स्थापना हुनुपर्ने’ –गगन थापा

प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १३ पौष – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले प्रतिनिधि सभा भंग गरेकोले पुनर्स्थापना हुनुपर्ने बताएका छन् ।प्रधानमन्त्रीले गत पुस ५ गते प्रतिनिधि सभा भंग गरेको र उक्त मुद्दा सर्वोच्चमा रहेको उल्लेख गर्दै थापाले संविधान हेरेर अदालतबाट न्याय मिल्ने विश्वास पनि गरेका छन् । नेपालगन्जमा आज सोमबार कांग्रेसले गरेको विरोध प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै थापाले कांग्रेस सानदार ढंगले जित्ला र संसदमा ताली बजाएर स्वागत गरौंला भनेर प्रधानमन्त्री ओलीले चुनाव घोषणा नगरेको पनि बताए ।‘केपी ओलीले सानदार ढंगले कांग्रेस जित्ला र संसदमा ताली बजाएर स्वागत गरौंला भनेर चुनाव घोषणा गरेका होइनन्,’ थापाले भने, ‘कुनै अलमल नगरी जनताका बीचमा तपाईंहरू जानुहोस् ।’राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि ठूलो प्रहार गरेको थापाको ...
‘प्रधानमन्त्री ओलीले हुकुमीशैलीमा संसद विघटन गरे’: –योगेश भट्टराई

‘प्रधानमन्त्री ओलीले हुकुमीशैलीमा संसद विघटन गरे’: –योगेश भट्टराई

प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १३ पौष – नेकपाका नेता तथा पुर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपि शर्मा ओली अयोग्य र असक्षम भएपछि संसद् विघटन गर्न मृत्युपत्रमा हस्ताक्षर गरेको आरोप लगाएका छन् । आफ्नै नेतृत्वमा बहुमतको सरकार हुँदाहुँदै हुकुमी शैलीमा संसद विघटन गरेर ओलीले आफ्नो र मुलुक कै मृत्युपत्रमा हस्ताक्षर गरेको भट्टराईले बताए ।सोमबार प्रेस संगठन नेपाल बाँकेद्धारा नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले प्रधानमन्त्रीका पछिल्ला सबै कदम असंवैधानिक र घोर जनविरोधी भएको जिकिर गरे । नेता भट्टराईले संसद विघटनपछि नेपालमा अन्तर्राष्ट्रिय शक्तिको चलखेल बढेको बताएका छन् । संसद विघटनपछि देशमा बढ्दै गएको राजनीतिक अस्थिरताका कारण देशमा अन्तर्राष्ट्रिय शक्तिको चलखेल बढेको बताउँदै भट्टराईले चिनियाँ र भारतीय नेताको नेपाल भ्रमण त्यसकै निरन्तरता हुनसक्ने आशंका समेत ब्यक्त गरे ।प्रधानमन्त्री क...
प्रधानमन्त्री ओलीको साहसिक कदम

प्रधानमन्त्री ओलीको साहसिक कदम

प्रदेश ५, बिचार, राजनीति
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रकै केही नेताहरु जनअपेक्षा विपरीत कार्य गर्दै देशको लोकप्रिय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई खसाउन विभिन्न षडयन्त्रहरु गर्न थालेपछि प्रमले बाध्यतावश प्रतिनिधि सभा विघटन गरेको यसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यावधि चुनाव वैशाखमा गर्ने घोषणा गरेपछि अहिले नेकपा भित्र नै महाभूकम्प आएको छ । उनीको यस्तो निर्णयलाई साहसिक निर्णय भन्न सकिन्छ । विद्रोही विगतको निर्वाचनमा पार्टी एकता गराउने, चुनावमा जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका केपी शर्मा ओली नेकपाका केही नेताको लागि अहिले खलनायक जस्तो बनेका छन् । ओली उनीको लागि खलनायक किन बने यस सम्बन्धमा बुझ्ने प्रयास गरियो भने पाइन्छ कि जब केपी शर्मा ओली प्रधानमन्त्री बने त्यस दिनदेखि नै उनीहरुले प्रधानमन्त्री ओलीलाई आफ्नो घेरामा लिन प्रयासरत रहे सुन काण्डदेखि निर्मला पन्त जस्तो दर्जनौं भ्रष...
ओलीले प्रचण्ड–नेपालको टाउकोमा खड्ग हान्नमात्रै बाँकी छः बाबुराम भट्टराई

ओलीले प्रचण्ड–नेपालको टाउकोमा खड्ग हान्नमात्रै बाँकी छः बाबुराम भट्टराई

राजनीति, समाचार
काठमाण्डौ, १२ पौष – जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपाललाई गोदेको गोदै गरेको बताएका छन् । ओलीको भ्रमबाट ढिलै भए पनि प्रचण्ड–नेपाल मुक्त भएको भट्टराईको भनाइ छ । तैपनि प्रचण्ड र नेपालले अझै प्रधानमन्त्री ओलीलाई मिलेर जाऔं भनिरहेको उनले उल्लेख गरेका छन् ।‘ओलीले गोदेकोगोदै छन् । अब टाउकोमा खड्ग हान्नमात्रै बाँकी छ के बोलाउनु हुन्छ ?,’ उनले काठमाडौंमा आईतबार आयोजित जसपाको प्रदर्शनपछि भने ।उनले कांग्रेसलाई पनि सडक संघर्षमा आउन आग्रह गरेका छन् । चुनाव हुन्छ र पहिलो पार्टी भइन्छ भनेर कांग्रेस भ्रममा रहेको उनको भनाइ छ ।‘चुनाव हुन्छ र पहिलो पार्टी भइन्छ भन्ने भ्रममा कांग्रेसका मित्रहरू नपर्नुस्,’ उनले भने, ‘हिजो राजा ज्ञानेन्द्रले पनि चुनाव घोषणा गरेका होइनन ? हामीले...
“संविधान विघटन गर्ने अधिकार कसैलाई नरहेको दाबी” – नेता भट्टराई

“संविधान विघटन गर्ने अधिकार कसैलाई नरहेको दाबी” – नेता भट्टराई

प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १२ पौष – नेकपाको प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले संसद विघटन मुलुक र पार्टीको लागि दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ । नेकपा बाँकेको प्रचण्ड दाहाल समूहले आज नेपालगन्जमा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको छ । नेता भट्टराईले “हिजो हामीले यति बलियो संसद बनाएका थियौं, हाम्रो प्रधानमन्त्री केपी शर्मा ओलीले यो संसद विघटन गर्नु हुन्छ भने उहाँलाई के पुगेन, संविधानले विघटन गर्ने कसैलाई अधिकार दिएको छैन, संविधानभन्दा माथि हामी कोही छैनौं, प्रधानमन्त्री र राष्ट्रपति सबै संविधानमा नै टेकेर चल्नु पर्ने हुन्छ, संविधानको कुनैपनि धारा उपधाराहरुमा संविधान विघटनको अधिकार नरहेको” बताउनुभयो । उहाँले लोकतन्त्र र संबिधानहित विपरित संसद विघटन गरेको आरोप ओलीलाई लगाउनुभयो । पार्टी एकताको मर्म र भावना विपरित ओलीले देशलाई वर्वादीतर्फ ...
नेकपा विभाजनः केन्द्रपछि प्रदेशमा उथलपुथल

नेकपा विभाजनः केन्द्रपछि प्रदेशमा उथलपुथल

राजनीति, समाचार
धरान, १२ पौष – नेकपाका दुवै समूहलाई कांग्रेसको भरकेन्द्रमा सत्तारूढ नेकपा दुई समूहमा विभाजित भबएपछि प्रदेश १ मा पनि त्यसको असर पर्ने देखिएको छ । नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले प्रदेश १ मा प्रधानमन्त्री केपी ओली समूहका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेको चर्चा चुलिएको छ । वाग्मती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेश १ मा पनि त्यस्तो तयारी भइरहेको स्रोतको दाबी छ ।नयाँ सरकार बनाउन प्रदेशसभामा नेकपाका दुवै समूहको बहुमत पुग्दैन । त्यसैले मुख्यमन्त्री राई नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिन नेपाली कांग्रेसको साथ अनिवार्य चाहिन्छ भने दाहाल–नेपाल पक्षलाई पनि सरकार बनाउन कांग्रेसबिना सम्भव छैन । अहिले प्रदेशमा दुवै समूह कांग्रेसको समर्थन जुटाउने कसरतमा छन् । कांग्रेस भने ‘पर्ख र हेर’ को र...
जसपाद्वारा मसाल जुलुस र पुतला दहन (तस्वीरमा केही झलक)

जसपाद्वारा मसाल जुलुस र पुतला दहन (तस्वीरमा केही झलक)

प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ११ पाैष - प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएकाे प्रतिनिधि सभा विघटनकाे विराेधमा देशभर प्रदर्शन गर्दै आईरहेकाे जनता समाजवादी पार्टी नेपालले चरणबद्ध विराेध प्रदर्शन गर्दै आईरहेकाे छ । आज शनिबार साेहीलाई निरन्तरता दिंदै विराेध प्रदर्शन सम्बन्धि विभिन्न कार्यक्रम सम्पन्न गरेकाे छ । नेपालगन्ज उपमहानगरपालिका भित्र साँझ मसाल जुलुस निकालेकाे छ । मसाल जुलुसमा प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रपति विधादेवी भण्डारीद्वारा संसद विघटन गरि निरन्कुशतन्त्र लगाईएकाेलगायत विभिन्न नारा लगाईएकाे थियाे । यसैगरी नरैनापुरमा समेत जसपाका केेन्द्रिय सदस्य रामकुमार दिक्षितकाे नेतृत्वमा प्रधानमन्त्री र राष्ट्रपतिकाे पुतला दहन गरिएकाे छ । नेता दीक्षितका अनुसार प्रधानमन्त्रीले चालेकाे कदम फिर्ता नलिए सशक्त रूपमा विराेधका कार्यक्रम गरिने बताउ...
संसद विघटन विरूद्धमा विरोध प्रदर्शन गर्न गंगन थापा नेपालगन्ज आउने

संसद विघटन विरूद्धमा विरोध प्रदर्शन गर्न गंगन थापा नेपालगन्ज आउने

प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ११ पौष – नेपाली कांग्रेसले सोमबार १ सय ६५ वटै निर्वाचन क्षेत्रमा संसद विघटन गरेको विरोधमा प्रदर्शन गर्ने भएको छ ।सोही निर्णय अनुसार नेपालगन्जको त्रिभुवन चौकमा पौष १३ सोमबार केन्द्रिय सदस्य एवं पूर्वस्वास्थ्य मन्त्री गगन थापाले सम्बोधन गर्ने भएको काँग्रेस क्षेत्र नं. २ सभापति रमेश गुप्ताले जानकारी गराउनुभयो । गुप्ताका अनुसार संसद विघटनको असंवैधानिक कदम विरुद्ध केन्द्रिय कार्यसमितिको निर्णय अनुसार १ सय ६५ वटा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शनको आयोजना हुने भएको तथा सोही विरोध प्रदर्शनको लागि केन्द्रिय सदस्य एवं पूर्वमन्त्री थापा नेपालगन्ज आउने भएको बताउनुभयो ।यस अगावै पूर्व प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले शनिबार विज्ञप्ति जारी गर्दै सोमबार हुने प्रदर्शनमा सहभागी हुन अपिल नेता तथा कार्यकर्ताहरुमा आव्हान गरिसकेका छन् ।संसद विघटनको असंवैधानिक कदमविरूद्ध १ सय ६५ वटै ...
स्वनाम साथीको समर्पण अनुकरणीय : अध्यक्ष दाहाल

स्वनाम साथीको समर्पण अनुकरणीय : अध्यक्ष दाहाल

राजनीति, समाचार
काठमाण्डौ, ११ पौष – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका राष्ट्रिय सल्लाहकार परिषद्का सदस्य स्वनाम साथी (शशी शेरचन) को निधनप्रति दुःख व्यक्त गरेका छन् । स्वनाम साथीको शुक्रबार राति उपचारका क्रममा मोडल अस्पतालमा निधन भएको थियो । पछिल्लो समय उहाँमा निमोनियाको समस्या देखिएको थियो । अध्यक्ष दाहालले आज शोक वक्तव्य जारी गर्दै आन्दोलनप्रतिको समर्पण, वर्गीय मुक्ति, देशभक्ति र निजी स्वार्थको तिलाञ्जलि स्वनामको आदर्शपूर्ण पक्षका रूपमा रहेको बताएका छन् । ‘उनको यिनै आदर्श कम्युनिष्ट आन्दोलनका लागि प्रेरणादायी र अनुकरणीय रहने छ’, अध्यक्ष दाहालले वक्तव्यमा भनेका छन् । उनले स्वनाम साथीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।सम्पन्न परिवारमा जन्मेर पनि उनले विद्यार्थी जीवनदेखि नै सर्वहारा वर्गको मु...