Sunday, April 26सत्यम खबर
Shadow

जसपाको भातृ संगठनद्वारा प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन

नेपालगन्ज, १० पौष – प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधि सभा विघटनप्रति विरोध जनाउँदै आएको जनता समाजवादी पार्टी नेपाल (जसपा) का भातृ संगठन समाजवादी विद्यार्थी यूनियन बाँकेले पुतला दहन गरेको छ ।


नेपालगन्जको त्रिभुवन चौकमा आज शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरिएको यूनियन बाँके स्रोतले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गर्ने क्रममा विभिन्न नारासहित सरकारको गतिविधि मुर्दावाद भनी नारा लगाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *