Sunday, August 2सत्यम खबर
Shadow

राजनीति

पदमा नरहे पनि मदरसाको हकहितमा सधैं काम गर्नेः– मौलाना मशहूद

पदमा नरहे पनि मदरसाको हकहितमा सधैं काम गर्नेः– मौलाना मशहूद

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कपिलवस्तु, ५ कार्तिक – आज बसेको लुम्बिनी प्रदेश सरकारको कार्य विभाजन नियमावली हेरफेर गरेको छ तथा मन्त्री परिषद बैठकले आज लुम्बिनी प्रदेश मदरसा शिक्षा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली लाई पदमुक्त गर्ने निर्णय समेत गरेको छ । मौलाना मशहूद खां नेपाली करिब २६ महिना देखि लुम्बिनी प्रदेश मदरसा शिक्षा व्यवस्थापन समिति उपाध्यक्ष भएर काम गर्दै मदरसा शिक्षा व्यवस्थापनमा राम्रो पहल गर्दै आएको मदरसाका मौलाना हरू बताउछन् । हाम्रो टीमले उपाध्यक्ष मौलाना मशहूद खां संग कुरा गर्दा उहाँले मलाई नेकपा माओवादी केन्द्र पार्टी सरकारमा हुँदा मदरसाको व्यवस्थापन जिम्मेदारी दिएको प्रति धन्यवाद दिंदै अहिलेसम्म मलाई तथा मदरसा व्यवस्थापनमा साथ र सहकार्य गरेका केन्द्रीय सरकार, लुम्बिनी प्रदेशका विभिन्न मुख्यमन्त्री ज्यू, सामाजिक विकास मन्त्रीहरू, कर्मचारी लगायत सहयोग गर्ने सम्पूर्ण प्रति हार्दिक आ...
नेपालगन्ज उपमहानगरपालिकामा लिफ्ट सञ्चालन

नेपालगन्ज उपमहानगरपालिकामा लिफ्ट सञ्चालन

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ कार्तिक – नेपालगन्ज उपमहानगरपालिकाले अपांगमैत्री संरचना विकास गर्ने क्रममा लिफ्ट निर्माण गरेको छ । अपांगता भएका ब्यक्ति र ज्येष्ठ नागरिकको सहजताका लागि लिफ्ट निर्माण गरी आजदेखि सञ्चालनमा ल्याइएको छ । नगर प्रमुख प्रशान्त विष्टले लिफ्ट सेवाको उद्घाटन गर्नुभएको हो । आफू निर्वाचित हुने बित्तिकै अपांगमैत्री संरचना विकास गर्ने प्रतिबद्धतासहित लिफ्ट संचालन गर्ने पहिलो निर्णय गर्नुभएका नगर प्रमुख विष्टले अब अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई सेवा लिन निकै सहज हुने बताउनुभयो । विष्टले अपांगता र ज्येष्ठ नागरिकमैत्री सेवा प्रवाहका लागि लिफ्ट निकै लाभदायी र उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल मल्टी इन्जिनियरिङ कन्सर्न कोटेश्वर काठमाडौंले १९ लाख ५० हजार लागतमा लिफ्ट निर्माण गरेको नेपालगन्ज उपमहानगरपालिकाका योजना अधिकृत तेजेन्द्र रोकायले जानकारी दिनुभयो । डेढ वर्षमा ...
पाकिस्तानमा चर्कियो विद्यार्थीको प्रदर्शन

पाकिस्तानमा चर्कियो विद्यार्थीको प्रदर्शन

राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३ कार्तिक – पाकिस्तानको पञ्जाब प्रान्तमा विद्यार्थीहरूको प्रदर्शन चर्किएपछि शैक्षिक संस्थाहरू बन्द गरिएको छ । प्रदर्शन चर्केसँगै पञ्जाब प्रान्तका अधिकारीहरूले शुक्रबार र शनिबार सार्वजनिक स्थानमा भेला हुनसमेत रोक लगाएका छन् । विद्यालय बन्द गरिएसँगै पञ्जाब प्रान्तका करिब २ करोड ६० लाख बालबालिको पठनपाठन प्रभावित भएको जनाइएको छ । प्रान्तीय राजधानी लाहोरमा ‘पञ्जाब कलेज फर वुमेन’ को भवनको पार्किङस्थलमा एक छात्रामाथि बलात्कार भएको समाचार सामाजिक सञ्जालमा फैलिएपछि विद्यार्थीहरूको विरोध प्रदर्शन सुरु भएको हो । तर प्रहरी, कलेज र प्रान्तीय सरकारले कुनै पनि पीडित नभेटिएको र सामाजिक सञ्जालमा फैलिएको सूचना गलत भएको बताएका छन् । अधिकारीहहरूले सर्वसाधारणलाई आन्दोलित नहुन आग्रह गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । लाहोरस्थित पञ्जाब ग्रुप अफ कलेजका निर्देशक आरिफ चौधरीले ...
हमासका शीर्ष नेता सिनवार मारिएपछि के इजरायलले युद्ध रोक्ला ?

हमासका शीर्ष नेता सिनवार मारिएपछि के इजरायलले युद्ध रोक्ला ?

राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३ कार्तिक – इजरायली सेनाले दक्षिणी गाजामा गरेको आक्रमणमा हमास समूहका नेता याह्या सिनवार मारिएका छन् । इजरायल, अमेरिका र युकेले उनी एक वर्षअघि दक्षिणी इजरायलमा गरिएको आक्रमणको मुख्य योजनाकार भएको बताउँदै आएका थिए । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार सिनवार गत बुधबार गरिएको आक्रमणमा मारिएका हुन् । ‘याह्या सिनवार कमाण्डार हुन् र उनी मारिएका छन्,’ आईडीएफका प्रवक्ता डानियल हगारीले बीबीसीसँग भनेका छन् । गत जुलाई ३१ मा इरानको तेहरानमा इस्माइल हानिया मारिएपछि सिनवारले हमासको नेतृत्व गर्दै आएका थिए । हमासले भने सिनवारको मृत्युबारे कुनै प्रतिक्रया जनाएको छैन । सन् २०२३ अक्टुबर ७ मा दक्षिणी इजरायलमा गरिएको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो । आक्रमणपछि हमासले २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो । तीमध्ये एक नेपालीसहित १ सय १ जना अझै हमासको नियन्त्रणमा रहेका छन् । इजरायली ...
चार महिनामा दोस्रोपटक रुस जाँदै मोदी

चार महिनामा दोस्रोपटक रुस जाँदै मोदी

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३ कार्तिक – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी साता हुने ब्रिक्स सम्मेलनमा भाग लिन रुस जाने भएका छन् । अक्टुबर २२ देखि २४ मा रुसको कजान सहरमा हुने सम्मेलनमा विश्वव्यापी मुद्दा र सदस्य राष्ट्रहरूबीचको सहयोगबारे छलफल हुने जनाइएको छ । विश्वका पाँच प्रमुख उदीयमान अर्थतन्त्र भएका मुलुक ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाले स्थापना गरेको ब्रिक्समा इरान, इजिप्ट र संयुक्त अरब इमिरेट्स पनि सदस्य छन् । आधिकारिक रूपमा आबद्ध भइनसकेको भए पनि साउदी अरबले ब्रिक्समा भाग लिँदै आएको छ । वासिङ्टन र अन्य पश्चिमी सहयोगीहरूसँग नजिकको सुरक्षा साझेदारीका बाबजुद भारतको रुससँग लामो समयदेखि सुमधुर सम्बन्ध रहँदै आएको छ । मस्को र पश्चिमा मुलुकहरूसँगको सन्तुलित सम्बन्धका कारण भारतले युक्रेनमा रूसी युद्धको पनि विरोध गरेको छैन । दुई देशबीचको युद्धको शान्तिपूर्ण समाधानका लागि मध्यस्थता गर्नसमेत...
भारत-पाक सम्बन्ध : एससीओमा सहकार्य, सार्कमा ‘पानी बाराबार’

भारत-पाक सम्बन्ध : एससीओमा सहकार्य, सार्कमा ‘पानी बाराबार’

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३ कार्तिक – मुख्यतः क्षेत्रीय सुरक्षा मुद्दा, आतंकवाद, जातीय पृथकतावाद र धार्मिक अतिवादविरुद्धको लडाइँदेखि क्षेत्रीय विकासमा केन्द्रित भई गठित एससीओमा चीन, रुसजस्ता शक्तिशाली राष्ट्र पनि भएकाले भारत र पाकिस्तानको द्वन्द्वको असर न्यून भए पनि सार्कमा यी दुई देशको ‘जुागाको लडाइँ’ ले गर्दा एक दशकदेखि बैठकसम्म बस्न सकेको छैन काठमाडौँ — भारतीय वायु सेनाको विमानबाट विदेशमन्त्री एस जयशंकर मंगलबार बिहान पाकिस्तानको राजधानी इस्लामाबाद उत्रिए । दुई देशबीच लामो समयदेखि कायम तनावकै बीच भारतीय विदेशमन्त्रीबाट पाकिस्तानको भ्रमण भएको हो । भ्रमणको उद्देश्य द्विपक्षीय नभई क्षेत्रीय संगठनको बैठकमा सहभागिता मात्र रहेको भारतीय विदेशमन्त्री जयशंकरले इस्लामाबाद उड्नुअघि नै जनाउ दिएका थिए । ‘यो भ्रमणमा कुनै पनि द्विपक्षीय विषयमा कुराकानी हुँदैन,’ नयाँदिल्लीबाट इस्लामाबाद उड्नुअघि जयशंकरले भनेका थिए...
रास्वपा कार्यकर्ताको प्रदर्शन पोखरामा

रास्वपा कार्यकर्ताको प्रदर्शन पोखरामा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
पोखरा, ३ कार्तिक – सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा पोखरामा रास्वपाका कार्यकर्ताले प्रदर्शन सुरु गरेका छन् । रास्वपा नेता, कार्यकर्ताले मानव अधिकार चोक चिप्लेढुंगामा शनिबार बिहान साढे ११ बजेपछि प्रदर्शन सुरु गरेका हुन् । प्लेकार्ड, व्यानर लिएर सडकमा उत्रिएका उनीहरुले सरकारविरुद्ध चर्काे नाराबाजी गरिरहेका छन् । प्रदर्शनमा जिल्ला तहका नेताले भाषण गरिरहेका छन् । सूर्यदर्शन लगायतका सहकारी ठगी र संगठित अपराधको अभियोगमा लामिछानेलाई शुक्रबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाटै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको थियो । लगत्तै लामिछानेलाई स्थलमार्गबाट यहाँ ल्याएर जिल्ला प्रहरी कार्यालय कास्कीलाई जिम्मा लगाइएको हो । लामिछानेलाई संसद...
इजरायली आक्रमणमा गाजामा ३३ जना मारिए

इजरायली आक्रमणमा गाजामा ३३ जना मारिए

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ३ कार्तिक – इजरायली सेनाले गाजास्थित शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा कम्तीमा ३३ जनाको ज्यान गएको छ । गाजास्थित हमास प्रशासनका अनुसार मारिनेमा २१ जना महिला छन् । ८५ जनाभन्दा बढी घाइते भएको जनाइएको छ ।   मानिसहरू भग्नावशेषमा पुरिएकाले मृतकको संख्या बढी भएको हमासले जनाएको छ । पछिल्ला आक्रमणका कारण उत्तरी गाजामा दूरसञ्चार र इन्टरनेट सेवा अवरुद्ध भएको जनाइएको छ । बाक्लो जनघनत्व रहेको जबलिया क्षेत्रलाई केही सातादेखि इजरायली फौजले घेराबन्दी गरिरहेको छ । करिब दुई साताका लागि पुग्ने खाना र पानीसहित करिब चार लाख मानिस शिविरभित्र थुनिएको बताइएको छ । पछिल्लो आक्रमणमबारे इजरायलले भने कुनै प्रतिक्रिया जनाएको छैन । इजरायली आक्रमणमा केही दिनअघि हमास प्रमुख याह्या सिनवार मारिएपछि गाजामा युद्ध रोकिने अनुमान गरिएको थियो । तर हमासका उपनेताले इजरायललाई कडा जवाफ दिने बताएका छन्...
मानवीय सहयोगको वातावरण बनाउन इजरायललाई अमेरिकाको चेतावनी

मानवीय सहयोगको वातावरण बनाउन इजरायललाई अमेरिकाको चेतावनी

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १ कार्तिक – अमेरिकाले इजरायललाई गाजामा मानवीय सहयोगको वातावरण सिर्जना गर्न ३० दिनको समय दिएर पत्र लेखेको छ। अमेरिकाले लेखेको चेतावनी युक्त पत्रमा गाजामा मानवीय अवस्था अत्यन्त खराब भएका कारण यसलाई इजरायलले बेवास्ता गरे नीतिमा परिवर्तन हुनसक्नेसमेत जनाएको छ। अमेरिकाले लेखेको पत्रमा इजरायलले पछिल्लो महिना उत्तर तथा दक्षिणी क्षेत्रमा नै मानवीय संवेदनाको विषयलाई बेवास्ता गरेको उल्लेख गरेको छ। इजरायली अधिकारीले सो पत्रलाई गम्भीरतापूर्वक लिएको जनाएका छन्। आइतबार अमेरिकाले प्रेषित गरेको पत्रमा यूएस सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लिन्केट र सेक्रेटरी अफ डिफेन्स लायड अस्टिनले हस्ताक्षर गरेका छन्। चेतावनी युक्त पत्रका बाबजुद इजरायललाई अमेरिकाको सैन्य सहयोग भने यथावत नै राखेको छ। अमेरिकी रक्षा अधिकारीले सो पत्रले इजरायललाई केही असर पक्कै गर्नेछ।   तस्बिरः बीबीसी य...
हिजबुल्लाहका वरिष्ठ युएभी कमान्डरको मृत्यु भएको इजरायली दाबी

हिजबुल्लाहका वरिष्ठ युएभी कमान्डरको मृत्यु भएको इजरायली दाबी

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १ कार्तिक – इजरायलले मङ्गलबार हिजबुल्लाहका एक वरिष्ठ युएभी कमान्डरको मृत्यु भएको दाबी गरेको छ । इजरायली रक्षा बलले हिजबुल्लाहको युनिट १२७ लाई नष्ट गर्ने बताएको केही घण्टापछि युएभी कमान्डरको मृत्यु भएको हो । युएभी एकाईले हिजबुल्लाह समूहको मानवरहित विमानको अनुगमन गर्दछ । मृतक हिजबुल्लाह कमान्डरलाई खादर अल–अबेद बाहजाका रूपमा पहिचान गरिएको थियो, जसले लिटानी नदीको उत्तरमा हिजबुल्लाहको एरियल युनिटको गतिविधि हेर्ने जिम्मेवारी तोकिएको थियो । इजरायलद्वारा दिइएको जानकारीमा बाहजाको हत्या कहाँ र कहिले भएको थियो भन्नेबारे स्पष्ट उल्लेख गरिएको छैन । ‘बाहजाको कमान्डमा इजरायली नागरिक र सेना विरुद्धको हवाई आक्रमण यूएभी, निगरानी विमान र विस्फोटक विमानको प्रयोग गरेर गरिएको सेनाले जनाएको छ । इजरायली सैन्य अधिकारीहरूले आइतबार राति मध्य बिन्यामिन क्षेत्रमा रहेको सेनाको आधारको भोजन ...