Sunday, August 2सत्यम खबर
Shadow

राजनीति

गाजामा एक हप्तामा ४०० प्यालेस्टिनी मारिए, सयौँ घाइते

गाजामा एक हप्तामा ४०० प्यालेस्टिनी मारिए, सयौँ घाइते

राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १ कार्तिक – गाजामा एक हप्तामा करिब ४०० प्यालेस्टिनी मृत्यु हुनुका साथै करिब एक हजार ५०० घाइते भएको मानवीय मामिला तथा आपतकालीन राहतका लागि राष्ट्रसङ्घका कार्यवाहक उपमहासचिव जोयस सुयाले बताएका छन्। गाजाको मानवीय अवस्थाबारे राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई जानकारी दिँदै सुयाले अक्टोबर ९ पछि इजरायली हवाई आक्रमणका कारण गाजामा सयौँ व्यक्ति हताहत भएको बताएका छन् । अल अक्सा अस्पताल नजिकै शरण लिइरहेका बिरामी र विस्थापितहरूको तस्बिरले विश्वलाई विचलित बनाएको जनाउदै महिला तथा बालबालिका सहित धेरै व्यक्तिहरूले कठिन जीवनको सामना गरिरहेको उनले उल्लेख गरेका छन् । यदि यस्तो आतंकले मानवताको भावना हराउने र मानवतावादीहरूलाई काम गर्न उत्प्रेरित नगर्ने बताउँदै उनले इजरायलको सैन्य आक्रमण तीव्र हुँदै गएकाले ५५ हजार भन्दा बढी मानिसहरू जबलिया क्षेत्रबाट विस्थापित भएको बताएका छन् । उनले अक्ट...
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ कार्तिक – बङ्गलादेशको एक अदालतले निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी गरेको छ । अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्व महासचिव ओबैदुल कादिर र अन्य ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । विद्यार्थी समूहको नेतृत्वको आन्दोलनको उत्कर्षमा हसिना गत अगस्टमा भारत पलायन भएकी थिइन् । उनको नेतृत्वको सरकारविरुद्धको विद्रोहमा ज्यान गुमाएका सयौँमध्ये एकका आफन्तले आफूहरू मुद्दाको सुनुवाइको प्रतीक्षामा रहेको बताएका छन्। हसिनाविरूद्धको मुद्दाको पक्षमा बहस तथा पैरवी गरिरहेका अभियोजक मोहम्मद ताजुल इस्लामले हसिना पदच्युत भएको दिनलाई ‘उल्लेखनीय दिन’ का रूपमा उल्लेख गरे। हसिनाको १५ वर्षे शासनकालमा व्यापक रूपमा मानव अधिकार उल्लङ्घन, राजनीतिक विरोधीहरूलाई सामूहिक हिरासतमा राख्ने र गैरन्यायिक हत्याहरू गर्नेजस्ता काम भएको आरोप हसिना प्रशासनलाई लागेको छ। ...
क्यानडाको पछिल्लो क्रियाकलापप्रति भारत आक्रोशित, कडा कदम चाल्ने तयारी!

क्यानडाको पछिल्लो क्रियाकलापप्रति भारत आक्रोशित, कडा कदम चाल्ने तयारी!

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ कार्तिक – गत वर्ष एक सिख पृथकतावादी नेताको हत्यापछि ओटावाले आफ्ना राजदूत र अन्य कूटनीतिज्ञमाथि अनुसन्धान गरिरहेको भन्दै भारतले सोमबार क्यानडाको आलोचना गरेको छ। सन् २०२३ मा क्यानडाका नागरिक हरदीप सिंह निज्जरको हत्यापछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतीय गुप्तचर निकायलाई अपराधसँग जोड्ने ‘विश्वसनीय आरोप’ लागेको बताएपछि भारतसँगको कूटनीतिक सम्बन्ध बिग्रिएको थियो। भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'क्यानडाबाट जारी अनुसन्धानमा भारतीय उच्चायुक्त र अन्य कूटनीतिज्ञहरू घटनामा संलग्न रहेको आशंकाको घेरामा राखिएको भनेर कूटनीतिक पत्र प्राप्त भएको छ।' सन् १९९७ मा क्यानडामा बसाइँ सरेर सन् २०१५ मा नागरिकता लिएका निज्जरले भारतबाट अलग्गिएर खालिस्तान नामको छुट्टै सिख राज्य हुनुपर्ने पक्षमा वकालत गरेका थिए। उनलाई भारतीय अधिकारीहरूले आतंकवाद र हत्याको षड...
ताइवानमा चीनको घेराबन्दी, १२५ विमानसहित सैन्य अभ्यास

ताइवानमा चीनको घेराबन्दी, १२५ विमानसहित सैन्य अभ्यास

राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १ कार्तिक – चीनले सोमबार ताइवान र यसको वरपरका टापुहरूमा ठूलो मात्रामा सैन्य अभ्यास गरेको छ । यस अभ्यासमा १२५ विमान, विमानवाहक ‘लियानिङ’ र अन्य जहाजले भाग लिएका थिए । अभ्यासमा, प्रमुख बन्दरगाहहरू घेराबन्दी गरिएको थियो । जसका कारण ताइवानमा तनाव बढेको छ । बेइजिङले ताइवानमाथि चीनको सार्वभौमसत्ताको दाबी स्वीकार गर्न अस्वीकार गरेकोमा ताइवानका राष्ट्रपति लाइ चिङ-टे विरुद्ध सैन्य अभ्यासलाई दण्डात्मक कारबाही भएको बेइजिङले बताएको छ । यो अभ्यास ताइवानको राष्ट्रिय दिवसको चार दिनपछि भएको थियो । राष्ट्रिय दिवसमा आफ्नो सम्बोधनमा राष्ट्रपति लाइ चिङ-तेले चीनलाई ताइवानको प्रतिनिधित्व गर्ने अधिकार नभएको बताए । उनले मर्जर वा अतिक्रमणको सधैं विरोध गर्ने बताए । चीनको ताइवान मामिला कार्यालयले एक विज्ञप्तिमा लाइ चिङ-टेको स्वतन्त्र ताइवानको झुटो दाबीको लागि यो कडा सजाय भएको बताएको छ । उही समयमा, त...
भारतद्वारा क्यानडाका ६ कूटनीतिज्ञ निष्काशित

भारतद्वारा क्यानडाका ६ कूटनीतिज्ञ निष्काशित

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ कार्तिक – क्यानडासँगको सम्बन्धमा तनावका बीच भारतले सोमबार कार्यवाहक राजदुत स्टेवार्ट रस ह्वीलरसहित ६ क्यानाडाली कूटनीतिज्ञलाई देशबाट निष्कासन गरेको छ । उनीहरुलाई असोज १९ गते राति १२ बजेसम्मको समय दिइएको छ । अर्कोतर्फ क्यानडाले पनि भारतका ६ कूटनीतिज्ञलाई देश छाड्न भनेको छ । यसअघि भारतीय विदेश मन्त्रालयले क्यानडास्थित आफ्ना उच्चायुक्त सञ्जय कुमार वर्मालाई पनि फिर्ता बोलाएको थियो । ट्रुडो सरकारले आइतवार पठाएको पत्रपछि यो कारबाही भएको हो । यसमा भारतीय उच्चायुक्त र केही अन्य कूटनीतिज्ञलाई क्यानडेली नागरिकको हत्यामा शंकास्पद नाम दिइएको थियो । क्यानेडियन नागरिकको बारेमा जानकारी दिइएको छैन, तर यसलाई खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको हत्यासँग जोडिएको छ । त्यसको एक दिनपछि सोमबार साँझ ६ बजे भारतले कडा आलोचना गर्दै क्यानडाका राजदूतलाई बोलाएर ‘क्यानडाले लगाएको आरोप निराधार भएको...
भारतको महाराष्ट्र र झारखण्डको विधानसभाको चुनाव मिति घोषणा

भारतको महाराष्ट्र र झारखण्डको विधानसभाको चुनाव मिति घोषणा

राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १ कार्तिक – भारतको महाराष्ट्र र झारखण्डको विधानसभाको चुनावको मिति घोषणा गरिएको छ । भारतीय निर्वाचन आयोगले मंगलबार दुई राज्यको चुनावको मिति घोषणा गरेको हो । पत्रकार सम्मेलन गर्दै मुख्य निर्वाचन आयुक्त राजीव कुमारले महाराष्ट्रमा एकै चरणमा नोभेम्बर २० मा चुनाव हुने जानकारी दिएका छन् भने अर्को राज्य झारखण्डमा दुई चरणमा चुनाव हुने छ । झारखण्डमा पहिलो चरणको मतदान नोभेम्बर १३ मा हुनेछ र दोस्रो चरणको मतदान नोभेम्बर २० मा हुनेछ । दुवै राज्यको मतगणना नोभेम्बर २३ मा हुने आयोगले जानकारी दिएको छ । महाराष्ट्र विधानसभाको कार्यकाल २६ नोभेम्बरमा समाप्त हुदै छ भने झारखण्ड विधानसभाको कार्यकाल जनवरी ५, २०२५ मा समाप्त हुदै छ । २८८ सदस्यीय महाराष्ट्र विधान सभामा अहिले भारतीय जनता पार्टी, एकनाथ सिंधे नेतृत्वको शिव सेना र अजित पावर नेतृत्वको एनसिपीको गठबन्धनको सरकार रहेको छ । त्यस्तै ८१ सद...
भारतीय विदेशमन्त्री जयशंकर पाकिस्तानमा

भारतीय विदेशमन्त्री जयशंकर पाकिस्तानमा

आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ कार्तिक – भारतीय विदेशमन्त्री एस जयशंकर पाकिस्तान पुगेका छन् । शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन विदेशमन्त्री जयशंकर केहीबेरअघि पाकिस्तानको इस्लामावाद पुगेको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ । जयशंकरले पाकिस्तानको राजधानी इस्लामावादमा अक्टोबर १५ र १६ मा हुने एससीओ शिखर सम्मेलनमा भाग लिनेछन् । दुई देशबीचको सम्बन्धमा विगत केही वर्षदेखि देखिएको तनावका बीच भारतबाट पाकिस्तानको यो पहिलो उच्चस्तरीय भ्रमण हुनेछ । दुवै पक्षले शिखर सम्मेलनको अवसरमा जयशंकर र उनका पाकिस्तानी समकक्ष इशाक दारबीच कुनै द्विपक्षीय वार्तालाई अस्वीकार गरेका छन् । करिब नौ वर्षपछि भारतीय विदेशमन्त्रीले पाकिस्तान भ्रमण गरेको यो पहिलो पटक हो । कश्मीर मुद्दा र सीमापार आतंकवादलाई लिएर दुई देशबीचको सम्बन्ध अझै चिसो छ । २००१ को जुन १५ मा स्थापना भएको शाङ्घाई सहयोग संगठनमा १० ...
ट्रम्पको चुनावी अभियानलाई मस्कको अहिलेसम्म ७५ मिलियन डलर सहयोग

ट्रम्पको चुनावी अभियानलाई मस्कको अहिलेसम्म ७५ मिलियन डलर सहयोग

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ कार्तिक – एलन मस्कले तीन महिनामा डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई ७५ मिलियन डलर सहयोग गरेका छन् । विश्वका सबैभन्दा धनी व्यक्ति मध्ये एक एलोन मस्कले रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा ७ करोड ५० लाख डलर दान गरेका छन् । सरकारी अनुसन्धानमा यो कुरा बाहिर आएको हो । मस्कले डोनाल्ड ट्रम्पको सहयोगी अभियान समूह अमेरिका पीएसीलाई तीन महिनामा करिब ७५ मिलियन डलर दिएका हुन् । मस्कले जुलाईमा आक्रमणपछि ट्रम्पलाई औपचारिक रूपमा समर्थन गरेका थिए । तर, यसअघि पनि मस्कले ट्रम्पलाई धेरै मुद्दामा समर्थन गरेको देखिएको छ । हालै पेन्सिलभेनियाको बटलरमा ट्रम्पको र्‍यालीमा मस्क पनि सहभागी थिए । यो त्यही ठाउँ हो जहाँ ट्रम्पमाथि आक्रमण भएको थियो । अमेरिकी चुनाव नोभेम्बरमा हुन लागेको छ, जहाँ वर्तमान उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट उम्मे...
‘चीनले तिब्बती बालबालिकाहरूलाई औपनिवेशिक बोर्डिङ स्कूलमा भर्ना गर्न बाध्य पार्दैछ’

‘चीनले तिब्बती बालबालिकाहरूलाई औपनिवेशिक बोर्डिङ स्कूलमा भर्ना गर्न बाध्य पार्दैछ’

राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २८ असोज – चीनले तिब्बतमा बोर्डिङ स्कूलहरूको विशाल नेटवर्क स्थापना गरेको छ । शिक्षा प्रणालीलाई प्रायः चिनियाँ भाषामा अत्याधिक राजनीतिकरण गरिएको छ र विद्यार्थीहरू आफ्नो परिवारबाट अलग बस्न बाध्य छन् । चिनियाँ कम्युनिष्ट पार्टी (CPC) ले यी संस्थाहरूलाई एक विरल र टाढाको जनसंख्यालाई शिक्षा प्रदान गर्ने माध्यमको रूपमा देखाउने गर्दछ तर वास्तविकतामा यो जातीय विभेदलाई हटाएर तिब्बतमा पार्टीको नियन्त्रण गर्न राष्ट्रपति सी जिनपिङ आफैंले अगाडि बढाएको आत्मसातवादी एजेन्डाको आधारशिला हो । तिब्बती संस्कृति र धार्मिक शिक्षालाई कमजोर पार्ने कदमको पछिल्लो उदाहरणमा चीनले पहिले बन्द गरिएको तिब्बती मठ विद्यालय, जोगे काउन्टीको ल्हामो कीर्ति मठ विद्यालयका २०० भन्दा बढी तिब्बती विद्यार्थीहरूलाई राज्यद्वारा सञ्चालित बोर्डिङमा लगेको छ। मे २०२४ मा, चिनियॅा अधिकारीहरूले कीर्ति गुम्बा विद्यालयलाई पुन: खोल्न...
लामो समयदेखिको चिनियाँ अर्थतन्त्रको मन्दीलाई रोक्न बेइजिङ असफल

लामो समयदेखिको चिनियाँ अर्थतन्त्रको मन्दीलाई रोक्न बेइजिङ असफल

आर्थिक, राजनीति, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २८ असोज – बेइजिङले लामो समयदेखिको मन्दीलाई रोक्न धेरै उपायहरू गरे पनि चीनको अर्थतन्त्र पुनर्जीवित हुन सकेको छैन । ब्याजदर कटौतीदेखि सरकारी खर्च बढाउने र पुराना गाडी बदल्न जनतालाई प्रोत्साहन गर्न विद्युतीय सवारीमा दोब्बर अनुदान दिने जस्ता उपभोक्ताको विश्वास जगाउने प्रयास गरिएको छ । बरु डम्पिङको प्रयासलाई रोक्न धेरै देशहरूले विद्युतीय सवारीसाधन जस्ता चिनियाँ उत्पादनहरूमा आयात शुल्क लगाएकोले बेइजिङको परिदृश्यलाई थप जटिल बनाएको छ। अक्टोबर १ मा चीनको ७५ औँ राष्ट्रिय दिवस मनाउने क्रममा राष्ट्रपति सी जिनपिङले देशको लागि अगाडिको बाटो आँधीबेहरी हुनसक्छ भनेर चेतावनी दिनु अचम्मको कुरा होइन। चिनियाँ अर्थतन्त्रको दोहोरो अंकको वृद्धिको कथा अहिले लोककथा बनेको छ। सन् २०२४ को दोस्रो त्रैमासिकमा चिनियाँ अर्थतन्त्र ४.७ प्रतिशतले वृद्धि भएको छ भने पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि भएको छ। अ...