बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं
काठमाण्डौ, ८ मंसिर – नेपाली कांग्रेसले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) अन्तर्गतका परियोजनाहरु ऋणमा लिन नहुने स्पष्ट गरेको छ ।
शुक्रबार कांग्रेसले आयोजना गरेको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरुबारे छलफलमा चीनको बीआरआई अन्तर्गतका परियोजना लिने तर ऋणमा भने लिन नसकिने स्पष्ट गरेको हो । छलफलपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बीआरआईको समझदारी पत्रमा आफैंले हस्ताक्षर गरेको बताउँदै समझदारीमा लगानी, कनेक्टिभिटी र प्राविधिक सहयोगको कुराहरु उल्लेख भएपनि अहिलेसम्म कार्यान्वयन नभएको बताए ।
डा. महतले नेपाललाई अहिले ऋणको भार धेरै रहेको भन्दै र अब ऋण कुनै पनि मुलुकसँग थप्न नहुने कांग्रेसको धारणा रहेको स्पष्ट गरेका हुन् । उनले भने- ‘हामीले बीआरआई हुँदैन भनेको छैनौं । मैले नै त्यसबेला समझदारीपत्रमा हस्ताक्षर गरेको हो । त्यो हस्ताक्षरमा लगानी, कनेक्टिभिटी र ...









