Friday, March 14सत्यम खबर
Shadow

नेपाल पत्रकार महासंघ, बाँके शाखा विरुद्ध रिट दायर

नेपालगन्ज, २६ मंसिर – नेपाल पत्रकार महासंघ बाँके शाखा चुनावको संघारमा रहेको समय सदस्यता नविकरणबाट पीडित पत्रकार आजको सामना साप्ताहिकका सम्पादक अजयकुमार गुप्ताले बुधवार उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा महासंघ विरुद्ध रिट दायर गरेका छन् ।

आजको सामना साप्ताहिक विगत २६ वर्षदेखि नियमित रुपमा प्रकाशित हुँदै प्रेस काउन्सिलबाट हुने वर्गीकरणमा वर्तमान समय ख वर्गमा रहेको छ । पत्रकार गुप्ता यसबीच सत्यमखबर डटकम र समाचार रेखा न्यूजडटकमबाट डिबेट कार्यक्रम चलाउँदै गत वर्षसम्म त्रिभुवनचोकमा ‘त्रिभुवनचोक बोल्दछ’ डिजिटल प्रविधिबाट जनताको आवाज उठाउँदै आएका थिए ।

पत्रकार महासंघमा उनी २०५६ सालबाट साधारण सदस्यको रुपमा कार्य गर्दै उपसभापति र कैयन पटक केन्द्रिय पार्षदमा कार्यरत रहे । केही वर्षदेखि नेपाल पत्रकार महासंघमा सदस्यता शुद्धिकरण हुनुपर्ने माग उठ्दा महासंघले गुप्ता लगायत पचासौं जना पत्रकारको नाम सदस्यता सूचिबाट हटाएको थियो ।

यसरी अहिले महासंघको सदस्यमा नाम थप्दै १९८ जनाको सदस्यता मतदाता नामावली सार्वजनिक भएको छ । यसमा पत्रकार गुप्ताको नाम पुनः नथपिँदा उनी अहिले न्याय पाउन अदालतमा पुगेका छन् । भोलि बिहीवारको दिन बिहान १० बजे पेशी रहेको कुरा जानकारीमा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *