Thursday, February 13सत्यम खबर
Shadow

नेपाल निजामती कर्मचारी संगठन नरैनापुरमा मिश्राको नेतृत्व

नेपालगन्ज, १२ पुस – नेपाल निजामती कर्मचारी संगठन, नरैनापुर कार्यको दोस्रो पालिका अधिवेशन सम्पन्न भएको छ । नरैनापुर सामुदायिक भवनमा सम्पन्न अधिवेशनले लक्ष्मीकान्त मिश्राको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

सर्वसहमति रूपमा चयन भएको समितिको अध्यक्षमा लक्ष्मीकान्त मिश्रा, उपाध्यक्षमा जीवनलाल यादव, कोषाध्यक्षमा कमल के सी तथा सचिवमा विनोद चौधरी चयन भएका छन् ।

यस्तै गरि अविधेशनले समितिको सदस्यहरुमा सदस्य हुश्न बानो दर्जी, घनश्याम थारू, मनबहादुर थापा, अब्दुल हकिम गुजर, टेकबहादुर धोबी, अफरोज खाँ र राम निवास बाहुनलाई चयन गरेको छ ।

नेकपा एमाले निकट जिल्ला पेशागत ईञ्चार्ज कृष्ण थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य गणेश रिजाल र जिल्ला अध्यक्ष देबीलाल चौलागाई लयायतले आ–आफना मन्तब्य राखेका थिए ।

नवनिर्वाचित पदाधिकारीहरुलाई जिल्ला अध्यक्ष चौलागाँईले सपथ ग्रहण गराउँदै संगठन प्रति कर्तब्यनिष्ठ भई काम गर्न सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *