Friday, May 16सत्यम खबर
Shadow

नेपाली कांग्रेस सय दिने, सुदृढिकरण अभियानमा

नेपालगन्ज २३ मंसिर – नेपाली कांग्रेस केन्द्रीय कार्यक्रम जेष्ठ नागरिक महिला र युवाको योगदान सय दिने पार्टी संगठन सुदृढिकरण देश ब्यापी अभियान अन्तर्गत शनिबार बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा बृहत वडा भेला सम्पन्न भएकोछ ।

नेपाली कांग्रेस बाँके जिल्लाबाट खटिएका सय दिने कार्यक्रमका संयोजक प्रमुख अतिथि पुर्व प्रदेश सभा सदस्य तथा नेपाल किसान महासंघका जिल्ला उपसभापति मो. याकुब अंसारीको उपस्थितमा नेपाली कांग्रेस पार्टी प्रति कार्यकर्तामा उत्तरदायित्व बोध सहित कसरी जनमुखी हुँदै संगठनलाई अझ शसक्त रुपमा सुदृण बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ बृहत चर्चा परिचर्चा गरिएको छ ।

नेपाली कांग्रेसको मुटु नै बुथ कमिटी, टोल समिति, नेपाल किसान महासंघ, तरुण दल, बिद्यार्थी संघ, महिला संघ लगायत भातृ संगठनका नेता कार्यकर्तालाई आ–आफ्नो भुमिकामा आउन र पार्टी र जनप्रतिनिधिहरुका बिचको सहज समाजस्य सहित पार्टी संगठन बलियो बनाउँदै नागरिक समाज प्रति उत्तरदायि हुन जोड दिदै नेपाली कांग्रेस ठुलो मास बेस पार्टी हो अहिलेको उप निर्वाचनको परिणामले नै संकेत दिदै छ नेपाली कांग्रेसको वडा नै मुल हो र वडा भनेकै रुखको जरा हो र यस जरोलाई बलियो बनाउन आसयका साथ वडाका सबै साथीलाई सकृयताका साथ लाग्नु पर्ने बताए ।

कार्यक्रमका बक्ताहरुमा लुम्बिनी प्रदेश सभा सदस्य मिना बोहरा सिद्दिकी, नगर कार्यवाहक सभापति, धनराज बर्मा, जिल्ला सदस्य अमृत आचार्य, पुर्व जि.सदस्य पुर्णसिंह ठकुरी, लगायतले आ–आफ्नो सांगठनिक बिचार राख्नु भएका थियो । भने कार्यक्रमा पुर्व महाधिवेशन प्रतिनिधि सुबोधराज अधिकारी, नेपाल प्रेस युनियन बाँकेका पुर्व उपाध्यक्ष केन्द्रीय पार्षद कुन्तलराज शर्मा, प्रदेश सहसचिव तथा वडा सदस्य राजकुमार वाल्मीकि, जिल्ला सदस्य शुशिला पन्त, किसान महासंघका जिल्ला सहयोगी सदस्य युवराज शाह, र अरुण बिक्रम शाह लगायत नेता कार्यकर्ताको उपस्थित रहेको थियो ।

नेपाली कांग्रेस बुथ कमिटी वडा १२ का सभापति रामु चिडीमारको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सुकराम चिडिमारले गर्नु भयो भने स्वागत मन्तब्य सचिव बिकाश बज्राचार्यले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *