
नेपाल किसान महासंघकाे संगठन बिस्तार
के आर शर्मा
नेपालगन्ज २९ माघ - नेपाली कांग्रेसको भातृसंगठन नेपाल किसान महासंघले बृहत कार्यक्रम बिच नेपालगन्ज नगर कार्य समितिको महासंघले संगठन बिस्तार गरेको छ । नव गठित नेपाल किसान महासंघको नगर अध्यक्षमा लोक बहादुर शाहको नेतृत्वमा १७ सदस्यीय कार्यसमितिको गठन प्रकृया बिधिवत कार्यक्रम बीच सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभासदस्य मिना बोहराको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमका अतिथिहरुमा नेपाली कांग्रेस बाँके पुर्व जिल्ला उपाध्यक्ष महाधिवेशन प्रतिनिधि सुनिल नरसिंह राणा, पुर्व प्रदेश सभा सदस्य तथा नेपाल किसान महासंघ जिल्ला उपाध्यक्ष मो.याकुब अन्सारी, महासमिति सदस्य राजकुमार बर्मा, महाधिवेशन प्रतिनिधि सुदिपनरसिंह राणा, नेपाली कांग्रेस बाँके जिल्ला सचिव युवा नेता द्वय शुधान्सु कोइराला, बिनोद थारु, नेपाल तरुण दल बाँकेका जिल्ला सचिव बिनोद रिजाल नेपाल किसान ...