मन्त्री पाण्डे तथा मा. काफ्लेद्वारा भौतिक संरचनाको संयुक्त निरीक्षण
नेपालगन्ज, ४ बैशाख - प्रदेश युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डे तथा प्रदेश सभा सदस्य अम्बिका काफ्लेले साबिक मध्य–पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको नेपालगन्जस्थित भौतिक संरचनाको संयुक्त रूपमा निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा खेलकुद पूर्वाधारको वर्तमान अवस्था, आवश्यक सुधार तथा दीर्घकालीन विकास योजनाबारे विस्तृत छलफल गरिएको थियो। मन्त्री पाण्डेले प्रदेशमा खेलकुद क्षेत्रको समग्र विकासका लागि गुणस्तरीय संरचना निर्माण र प्रभावकारी व्यवस्थापन अत्यावश्यक रहेको बताए।
मन्त्री पाण्डेले खेलमैदान, प्रशिक्षण स्थल, कबर्ड हल, स्वीमिङ पूल तथा अन्य भौतिक संरचनाको अवस्था अवलोकन गर्दै आवश्यक सुधारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।
समितिका कार्यालय प्रमुख महेश चन्दले कर्मचारी समायोजन हुन नसक्दा खेलकुद क्षेत्रको बिकासमा अवरोध पुगेको धारणा राखे। खेलकुद क्षेत्रले अझसम्म पनि ग...









