Wednesday, March 12सत्यम खबर
Shadow

राजनीति

पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना

पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना

प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
पर्सा, ११ माघ – राष्ट्रिय एकता अभियानले पर्सा जिल्लामा आफ्नो नयाँ कार्यालय स्थापना गर्दै अभियानलाई थप सशक्त बनाउने घोषणा गरेको छ । अभियानले चिनियाँ विस्तारवाद, इस्लामिक अतिवाद, र संघीय हिन्दू गणतन्त्रको स्थापनालाई आफ्नो मुख्य उद्देश्य बनाएको छ । एक विशेष कार्यक्रममार्फत कार्यालय उद्घाटन अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले गर्नुभयो । उहाँले राष्ट्रिय स्वाभिमान र पहिचानको रक्षा अभियानको मुख्य ध्येय रहेको बताउँदै अभियानले सामाजिक एकता र राजनीतिक स्थायित्वका लागि महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा संरक्षक सेवक सौरभनाथ महाराजको उपस्थिति थियो । कार्यक्रममा केन्द्रीय सदस्य ओमबाबु यादव र अरविन्द त्रिपाठीले सम्बोधन गर्दै अभियानका उद्देश्य र महत्वलाई स्पष्ट पारे । नेताहरूले ओली सरकारले चीनसँग गरेको सहमतिहरूको आलोचना गर्दै चिनियाँ हस्तक्षेपलाई ख...
प्रहरी विरुद्ध नारावाजी पीडित परिवार सडकमा

प्रहरी विरुद्ध नारावाजी पीडित परिवार सडकमा

अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ माघ – न्यायको खोजी गर्दैै विगतमा भएको हत्या घटनामा संलग्नहरुलाई पक्राउ गरी कानुनी कठघरामा उभ्याउन नेपालगन्जमा प्रहरी विरुद्ध नारा लगाउँदै विशाल जुलुससहित विरोध प्रदर्शन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका–२१, विर्ताका २२ वर्षीय अरबी खाँको हत्यामा संलग्नहरुलाई पक्राउ गर्न माग गर्दै पीडित परिवारले मंगलवार नेपालगन्जमा बिरोध प्रदर्शन गरेका छन् । खाँको गत चैत १८ गते विभत्स तरिकाले हत्या गरिएको थियो । हत्या भएको १० महिना वित्न लाग्दा समेत प्रहरीले संलग्नहरुलाई पक्राउ गर्न नसकेपछि पीडित परिवारहरु न्याय खोज्न सडकमा उत्रिएको बताईएको छ । उनीहरुले नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ बिर्ताबाट प्रहरी बिरुद्ध नारा लगाउँदै नेपालगन्जको मुटु धम्बोझी चोकमा टायर बाली चक्काजाम गरी बिरोध प्रदर्शन गरेका छन् । विगत १० महिना अगाडी अरबी खाँको हत्या भएको घटनामा पीडित परिवारले प्रहरी विरुद...
क्रेसर उद्योगको दादागिरी !

क्रेसर उद्योगको दादागिरी !

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ माघ – बाँकेमा रहेका केही क्रेसर उद्योगको मनपरी । कोही मापदण्ड बिपरीत सञ्चालन गर्छन्, त कोही मनपरी भण्डार एवं बिक्री बितरण । यस अघि डुडुवा तथा राप्ती सोनारीमा गरिरहेको मनपरी, अहिले नेपालगन्ज उपमहानगरपालिकामा समेत देखा पर्न थालेको छ । डुडुवा गाउँपालिका वडा नं. ३ स्थित बाबा क्रेसर उद्योगको नामले सञ्चालन रहेको बाबा स्टोनले अहिले नेपालगन्ज वडा नं. २२ स्थिति रहेको हुलाकी सडक मार्ग नै कब्जा गरि खुल्ला रूपमा भण्डार गरी बिक्री बितरण गरिरहेको छ । त्यस क्षेत्रबाट हिड्ने सवारी साधनहरुले खुल्ला अवस्थामा राखिएको बलुवा, मोरंग, माटोबाट उड्ने धूलोले भोली दुर्घटना हुँदा जिम्मेदार को हुने ? यदि समय मैं सचेत नभई सम्बन्धित निकायले यस बिषयमा चासो नदिए बाँकेमा अहिले बढ्दो दुर्घटनालाई झन बढ्ने निश्चित छ । क्रेसर उद्योगको मनपरी वा दादागिरीको बिषयमा समाचार कुनै नौलों होइनन् तर अब नेपालगन्...
उद्योग वाणिज्य संघ कृष्णनगरका नव निर्वाचित पदाधिकारीहरूको सपथग्रहण सम्पन्न

उद्योग वाणिज्य संघ कृष्णनगरका नव निर्वाचित पदाधिकारीहरूको सपथग्रहण सम्पन्न

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कपिलवस्तु , ४ माघ – जिल्लाको कृष्णनगर उद्योग वाणिज्य संघमा निर्वाचित नयाँ पदाधिकारीहरुले एक कार्यक्रमका बिच शपथग्रहण गरेका छन । उद्योग वाणिज्य संघ कृष्णनगरको पुस १९ गते भएको निर्वाचनमा निर्वाचित पदाधिकारीहरुलाई आज मुख्य निर्वाचन अधिकृतले पद तथा गोपनियताको शपथ दिलाएका छन् । लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री भुमिश्वर ढकालको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन संचारकर्मी सनिउल्लह धोबीले गर्नुभएको थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य सेराज अहमद फारुकी, पुर्व राज्यमन्त्रीद्वय इश्वर दयाल मिश्र, विरेन्द्रकुमार कानोडिया, पुर्व सांसद एवं संविधान सभा सदस्य अभिषेक प्रताप शाह, पुर्वप्रदेश मन्त्रीद्वय जानकी प्रसाद यादव, अर्जुन केसी, प्रहरी नायब महानिरिक्षक दान बहादुर कार्की, मुस्लिम आयोग का सदस्य अरसद मिर्जा, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, प्रहरी उप...
डुडुवा–६ मा सामाजिक सुरक्षा भत्ता वितरण

डुडुवा–६ मा सामाजिक सुरक्षा भत्ता वितरण

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, ४ माघ – बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । आर्थिक बर्ष २०८१÷०८२ को प्रथम र दोस्रो त्रेमासिक अन्तर्गत साउनदेखि पुससम्मको भत्ता वितरण गरिरहेको हो । विहीबार वार्ड नं. ६ स्थित इलाका प्रहरी कार्यालय हिरिमिनियामा सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरिएको छ । भत्ता वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले चिसोको मौसममा नागरिकलाई सहजकताका लागि बैंकका कर्मचारीहरु गाउँमै आएर भत्ता वितरण गरिरहेको बताउनुभयो । अध्यक्ष चौधरीले भत्ता वितरण प्रक्रियामा बैंिकङ लगायत प्राविधिक समस्याले स्थानीयको घर घरमै पुगेर वितरण गर्न नसक्नु दुखद कुरा भएको भन्दै त्यसको विकल्पमा बैंकलाई बस्ती मै बोलाएर वितरण गर्न लागेको बताउनुभयो । यस अघि गाउँपालिकाको वडा नं. ३ र ४ का ज्येष्ठ नागरिकलाई भत्ता वितरण गरिसकिएको र बाँकी वडामा पनि वितरण शुरु हुने वडा सचिव शिवकुमार मौर्...
साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवाः वडा दिएको जग्गामा भवन बनाउन डा. पुकारको आनाकानी

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवाः वडा दिएको जग्गामा भवन बनाउन डा. पुकारको आनाकानी

आस्था, कला/साहित्य, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
भक्तपुर, ४ माघ – भक्तपुरको दुधपाटीमा रहेको शहिद धर्मभक्त राष्टिूय प्रत्यारोपण केन्द्रले जग्गाको अभावलाई बहाना मात्र बनाएको जनप्रतिनिधीहरुले आरोप लगाएका छन् । विगतमा जग्गा दिनुहोस् भन्दै आएका अस्पतालका तात्कानिल निर्देशक डाक्टर प्रेम ज्ञवाली भएपनि हालका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ अहिले ३१ रोपनी जमिन दिइसेकेपछि अस्पतालको भवन बनाउन आनाकानी गरेको चाँुनारायण नगरपालिकाको आरोप छ । प्रत्यारोपण केन्द्रले विभिन्न स्थानको जग्गा अवलोकन गरिसकेपछि अन्तिममा गएर चाँगुनारायण नगरपालिका ३ मा रहेको थानाको पाखा भन्ने स्थानको जग्गामा आवश्यक पूर्वाधार निर्माणका लागि उत्तम हुने निष्र्कष निकालेको थियो । आफ्नै नाममा पर्याप्त जग्गा हुँदाहुँदै पनि भक्तपुर अस्पतालको नजिकै सानो ठाउँबाट सञ्चालन भइरहेको चाँगुनारायण नगरपालिकाको ३ नं वडाध्यक्ष श्याम सुन्दर धिमालले बताए । वडाअध्यक्ष धिमालले भने “अस्पतालकै ना...
नरैनापुरमा फेरी १५ वर्षिय बालिका ‘लभ–जिहाद’ को शिकार भई अपहरित

नरैनापुरमा फेरी १५ वर्षिय बालिका ‘लभ–जिहाद’ को शिकार भई अपहरित

अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ माघ – विगत १ वर्षदेखि ‘लभजिहाद’ बाट परिचित नरैनापुर गाउँपालिका भित्र पटक पटक गरी दर्जन बढी बलात्कार, अपहरण, शरीर बन्धक लगायत घटना घटिसकेको तथ्यले देखाईरहेको अवस्था हुँदा समेत प्रहरी प्रशासनले कडाईका साथ पीडितलाई न्याय दिन नसक्दा फेरी सोही प्राकृतिको घटना घटेको छ । बाँकेको नरैनापुर गाउँपालिकामा एक जना नाबालिकको अपहरण भएको छ । बाँके नरैनापुरको वडा नं. २ मा १५ वर्षिय निशा देवी (नाम परिवर्तन) को अपहरण भएको बताईएको छ । यही पौष २९ गते राती ८ बजे घर नजिकै रहेकोको खेतमा शौच गर्न गएको बेला उनको अपहरण भएको बताईएको छ । घरमा शौचालय नभएकोले खेतमा शौच गर्न गएकी नाबालिक छोरीको सोही ठाउँ बस्ने २० वर्षिय तपसीर खाँ, २५ वर्षिय रियाज खाँ, २५ वर्षिय सिराज खाँ, ३५ वर्षिय जाकिर खाँ र ५० वर्षिय निजामुद्दीन खाँको समूहले अपहरण गरी लगेको पीडितको परिवारले जनाएका छन् । पीडित परिवारले दिएको...
अक्बर अली खानद्वारा सरकारी जग्गाको ३८ लाख बढी च्वाँम, वडाअध्यक्षको मिलेमतो रहेको आरोप

अक्बर अली खानद्वारा सरकारी जग्गाको ३८ लाख बढी च्वाँम, वडाअध्यक्षको मिलेमतो रहेको आरोप

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ पुस – नेपालगन्ज उपमहानगरपालिका भित्र रहेको २३ वटै वडाहरुमा सरकारी जग्गा रहेको पाईन्छ भन्ने तथ्यांक विगतमा नगर प्रमुख डा. धवलशम्शेर राणाको पालामा नै सार्वजनिक गरिएको थियो । तर उक्त सार्वजनिक गरिएको सरकारी स्वामित्व रहेको जग्गामा कति पय वार्डहरुमा कब्जा गरिएको छ भने कतिपय वार्डका जनप्रतिनिधिहरुको सक्रियतामा कब्जा जग्गा छुटाई कतिपय योजनाहरु मा प्रयोग गरिएको तथ्य वार्ड नं. १८ बाट सहजै बुझ्न सकिन्छ । यसैगरी करीब २० वर्षदेखि नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ मा पर्ने सरकारी स्वामित्वमा रहेको जग्गा निहित एकजना व्यक्तिले मासिक १६ हजारका दरले भाडा खाँदै आईरहेको तथ्य सार्वजनिक भएको छ । उक्त सरकारी स्वामित्वमा रहेको जग्गाबारे सम्बन्धित वडा नं. ४ का वडा अध्यक्ष गोपाल पुनले भने त्यो हामी निर्वाचित भएर आउनु अगाडीदेखि नै भोगचलन गरिआएका छन् । त्यसबारे हामी कानुनी सल्लाह गरेर नि...
१७औ गाउँसभाद्धारा प्रगति समिक्षा तथा कार्यक्रम संशोधन

१७औ गाउँसभाद्धारा प्रगति समिक्षा तथा कार्यक्रम संशोधन

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, २८ पुस – बाँके डुडुवा गाउँपालिकाको १७औँ गाउँसभा बसेको छ । शनिबार बसेको गाउँसभाले अर्धवार्षिक प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन गरेको छ । सभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले अर्धवार्षिक प्रगति र चालु आर्थिक वर्षको संशोधन बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । पालिकाले बेतहनी स्वास्थ्य चौकीमा निमार्ण गरिएको नयाँ भवनबाट विशेषज्ञ स्वास्थ्य सेवा संचालन, हिरिमिनियामा निमार्णाधिन कोल्ड स्टोरको संचालन, वार्ड नं. २ स्थित विउ भण्डारण केन्द्रको संचालन गरिने अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले पालिकामा संचालित अन्य कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिने बताउनुभयो । सभामा सेवा निबृत्त कर्मचारीहरु धनबहादुर बुढा, नरेश काँदु, शेरबहादुर केसी र जोगीसिंह सिख्खलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरि विदाई गरिएको थियो । सभामा उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु ...
डुडुवाको बृहत रक्तदानमा २११ पिन्ट रगत संकलन

डुडुवाको बृहत रक्तदानमा २११ पिन्ट रगत संकलन

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २२ पुस – बाँके डुडुवा गाउँपालिकाले रक्तदान महादान अभियान अन्र्तगत आज बृहत रुपमा रक्तदान कार्यक्रम गरेको छ । मानवको जिवन रक्षा तथा सामाजिक उत्तरदायित्वको भावनाका लागि यो अभियानलाई निरन्तरता दिएको गाउँपलिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीले भन्नुभयो– ‘मधेशी समुदायमा रगत दिनुनपर्ने सचेतना अभिबृद्धिका लागि पनि रक्तदान अभियान शुरु गरिएको हो ।’ गाउँ बस्तीमा रक्तदान गर्ने जागरुकता अभिबृद्धिका लागि यो अभियान शुरु गरिएको उहाँले बताउनुभयो । आज आईतबार आयोजिक बृहत रक्तदान कार्यक्रममा रगत दिनेहरुको ठुलो उत्साह देखिएको थियो । विहान ११ बजेदेखि शुरु भएको रक्तदान कार्यक्रम साँझ ४ बजेसम्म रगत दिनेहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रममा गाउँपालिकाका कर्मचारी, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, युवा, महिलालगायत सर्बसाधारण गरि २ सय ११ जनाले र...