बहुविवाह सम्बन्धीको कानून स्वीकार्य छैन
नेपालगन्ज, २० श्रावण - बहुविवाह सम्बन्धी कानून संशोधन प्रस्तावप्रति अखिल नेपाल महिला संघ बाँकेले गम्भीर आपत्ति जनाएको अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज अछरी पोखरेलले बताइन ।
यसै विषयलाई लिएर अनेमसंघ बाँकेले जिल्ला प्रशासन कार्यालय बाँकेका सीडीयो धरमराज जोशीलाइ ज्ञापन पत्र बुझाएको पनि केन्द्रिय सदस्य पोखरेलले बताइन । विशेष गरी मुलुकी अपराध संहिता २०७४ लाई संशोधन गरी निर्धारित परिस्थितिमा बहुविवाहलाई वैधानिकता दिने सरकारको तयारीप्रति संघले कडा आपत्ति जनाएको पनि पोखरेलको भनाइ रहेको छ ।
२०७५ भाद्र १गते देखि पूर्णतया निषेध गरिएको मुलुकी अपराध संहिता २०७४ लाई संशोधन गरी निश्चित परिस्थितिमा बहुबिबाह गर्न पाउने कानुन ल्याउन लागेकोमा अनेमसंघको घोर आपत्ती छ घरमा श्रीमती हुदा हुदै बाहिरको अनैतीक सम्बन्धबाट जन्मेका सन्तानको अधिकारको बहानामा ल्याउन लागेको कानुन कदापी स्वीक...









