Sunday, September 28सत्यम खबर
Shadow

पीडित किसानहरुको समस्या कहिले समाधान हुन्छ ? लक्ष्मणपुरमा किसानहरु खाद्यको लागि बिहानैदेखि लाईनमा….

नेपालगन्ज, ३० श्रावण – बाँकेको विकट क्षेत्र मानिएको नरैनापुर गाउँपालिकामा हाल किसानहरु मलखाद्यको लागि लाईनमा लाग्ने गरेको दृश्य देख्न पाईन्छ । यसैक्रममा नरैनापुर–२, लक्ष्मणपुरका किसानहरु आज शुक्रबार बिहानदेखि नै श्री जय दुर्गा कृषि सहकारी संस्था लिमिटेडमा खाद्यको लागि लाईन मा बसेको छन् ।

किसानहरुको भनाई अनुसार उक्त सहकारीमा ३ सय ९१ बोरा मल खाद्य भएपनि वडाअध्यक्ष मसुद अहमद शाहको निर्देशनमा खाद्य वितरणमा रोक लगाईएको छ । त्यति मात्र नभई किसानले अध्यक्ष कै निर्देशनमा सहकारीले उनको आफ्नो मान्छेलाई राती खाद्य वितरण गरेको आरोप समेत लगाएका छन् ।

‘हामी लाईनमा बस्दा समेत खाद्य पाई रहेका छैनौं तर अध्यक्षको मान्छेले सानो पर्चा लिएर खाद्य लगिरहेको बताउँछन्’ स्थानीय किसानहरुले ।

यसबारे वडाअध्यक्ष शाहलाई सम्पर्क गर्दा उनले सम्बन्धित सहकारीमा खाद्य कम भएको हुँदा तत्काललाई रोक लगाईएको तथा थप खाद्य नेपालगन्जबाट आज नै ढुवानी गरी ल्याउने र भोलि शनिबार वितरण गरिने बताए ।

हाल किसानहरुको खाद्य समस्या नरैनापुर पालिकामा मात्र नभई बाँके जिल्ला भर देखिएको छ । नरैनापुर कै अन्य वडाहरुमा समेत यस खाले समस्याबाट किसानहरु पीडित रहेका छन् भने सम्बन्धित जनप्रतिनिधिहरुको लापरवाहीले यस्तो समस्या आउने गरेको किसानहरुको आरोप रहेको छ ।

खाद्यको कारोबार कृषि सामग्री संस्थान र साल्ट ट्रेडि· लिमिटेडले गर्दै आईरहेको छ । जसमा ७० प्रतिशत मल खाद्यको व्यवस्थापन जिम्मेवारी कृषि सामग्री संस्थालाई रहेको छ भने ३० प्रतिशत जिम्मेवारी साल्ट टे«डि·लाई रहेको छ । सोही अनुसार एक वर्ष अगावै टेण्डर आव्हान गर्नुपर्ने तथा देश बाहिरबाट खाद्य ढुवानी गर्नुपर्ने प्रावधान रहेको सम्बन्धित पक्षको भनाई रहेको छ । तर प्रश्न यो छ १ वर्षको समय हुँदा समेत किसानहरुलाई मल खाद्य किन उपलब्ध गराउन सकिएको छैन । कृषि प्रधान भनिएको देशमा किसानलाई मल खाद्यको लागि लाईनमा बस्नु पर्ने बाध्यता रहेको किन ? भन्ने प्रश्न किसानहरुको रहेको छ ।

नरैनापुर–२, लक्ष्मणपुरका किसानहरुका अनुसार श्री जय दुर्गा कृषि सहकारी संस्था लिमिटेडमा ३ सय ९१ बोरा खाद्य तथा घुरे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा १ सय २० बोरा खाद्य हाल रहेको भएपनि किसानहरुलाई वितरण नगरिएको बताउँछन् ।

भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *